Tag: नहकुल सुवेदी

  • उपेन्द्र पक्षले पदमुक्त गराएका जसपाका चार सांसद पुनर्वहाली गर्न सर्वोच्चको आदेश

    उपेन्द्र पक्षले पदमुक्त गराएका जसपाका चार सांसद पुनर्वहाली गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चारजना मन्त्रीलाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै पुनर्वहालीको आदेश दिएको हो ।

    जसपाको उपेन्द्र यादव पक्षले गरेको एकपक्षीय कारवाहीका आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट वैशाख १७ गते पदमुक्त गरेका थिए ।

    उनीहरू सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर आए पनि त्यसबेला अदालतमा बन्दी प्रत्यक्षीकरण र कोभिड सम्बन्धी बाहेक अरु रिट दर्ता नभएकाले फर्किएका थिए । आइतबारदेखि अदालतमा मौलिक हक र संवैधानिक व्याख्या लगायतका मुद्दामा पनि सुनुवाइ हुने भएपछि पहिलो दिनमै उनीहरुको रिट दर्ता भएको थियो ।

    चारैजना अहिले लुम्बिनी सरकारका मन्त्री छन् । उनीहरुलाई कारवाही गर्ने उपेन्द्र यादव पक्षको निर्णय अवैधानिक रहेको भन्दै सोही बेला महन्थ ठाकुरले प्रदेश सभास सचिवालयलाई पत्र पठाएका थिए । तर, सचिवालयले ठाकुरको पत्रलाई बेवास्ता गरेको थियो ।

    जसपाको संसदीय दलको विधान नै नबनेको र दलका ६ जनामध्ये ४ जना सदस्य एकातिर रहेको अवस्थामा अल्पमतले बहुमतलाई कारवाही गर्ने कुरा नै गलत रहेको जिकिर सुनुवाइका क्रममा गरिएको थियो ।

    निवेदकलाई निष्कासन गर्नुअघि सम्बन्धित दलले अनिवार्यरुपमा सफाइको मौका दिनुपर्ने कार्यविधिको पालना नगरेको देखिएकाले प्रथम दृष्टिमा नै उक्त प्रक्रिया गलत रहेको र लुम्बिनी प्रदेशका सभामुखबाट समेत सोही बमोजिम सूचना जारी भएको देखिएकाले सुविधा र सन्ख्तुलनको दृष्टिले समेत दुवै पक्षबीच छलफल हुनुपर्ने अदालतले ठहर गरेको छ ।
    सो सम्बन्धमा अन्तिम निर्णय नभएकोसम्मको अवधिका लागि उनीहरुलाई सोही पदमा बहाल गर्न र यसअघि प्रदुेश सभाले गरेको निर्णय कार्यन्वयन नगर्न अदालतले आदेश दिएको छ ।

  • पदमुक्त भएका जसपाका चार सांसदको रिटउपर सुनुवाइ जारी

    पदमुक्त भएका जसपाका चार सांसदको रिटउपर सुनुवाइ जारी

    काठमाडौं । जसपाको उपेन्द्र यादव पक्षको कारवाहीको आधारमा प्रदेशसभा सदस्यबाट पदमुक्त भएका लुम्बिनी प्रदेशका चार मन्त्रीको रिटउपर सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।

    आफूहरूलाई पदमुक्त गर्ने निर्णय बदरको माग गर्दै दायर रिट उपर न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ भइरहेको हो ।

    अविश्वास प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिई मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादव पक्षको कारवाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ मा पदमुक्त गरेका थिए ।

    पदमुक्त गर्नुअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले उनीहरूमाथि कारवाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी दिएका थिए ।

  • राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त

    राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त गरेकी छन् ।

    न्याय परिषद्ले सिफारिस गरेका मुख्य न्यायाधीशहरू झापाका कुमार चुँडाल र म्याग्दीका नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    न्यायपरिषद्को फागुन २८ को बैठकले दुवैजनालाई सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।

    यसअघि वैशाख ३ मा संसदीय सुनुवाइबाट दुवैको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको थियो ।

    नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दर्ता भएको रिट भने सर्वोच्चले चैत ३० मा खारेज गरेको थियो ।

    सर्वोच्चले राजपत्रांकित प्रथम श्रेणीको पददेखि सो भन्दा माथिल्लो पदमा अटुट रुपमा सुवेदीले १३ बर्ष ६ महिना २१ दिन कार्य गरेकाले योग्यतामा कुनै प्रश्न नै नरहेको समेत प्रष्ट्याएको थियो ।

     

     

  • सर्वोच्चको न्यायाधीशमा प्रस्तावित दुईजनामाथि संसदीय सुनुवाइ शुरू (भिडियो)

    सर्वोच्चको न्यायाधीशमा प्रस्तावित दुईजनामाथि संसदीय सुनुवाइ शुरू (भिडियो)

    काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुँडालमाथि संसदीय सुनुवाइ शुरू भएको छ ।

    संसदीय सुनुवाइ समितिले न्यायपरिषद्‍द्वारा प्रस्तावित दुवैजनालाई बोलाई सुनुवाइका लागि छलफल थालेको हो ।

    यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवैजनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो ।

    समितिमा प्रस्तावित न्यायाधीश कुमार चुँडालविरुद्ध दुई र नहकुल सुवेदीविरुद्ध पाँच वटा उजुरी परेको छ ।

    यसअघि नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दर्ता भएको रिट सर्वोच्च अदालतले चैत ३० मा खारेज गरिसकेको छ ।

    सर्वोच्च अदालतले राजपत्रांकित प्रथम श्रेणीको पददेखि सो भन्दा माथिल्लो पदमा अटुट रुपमा सुवेदीले १३ बर्ष ६ महिना २१ दिन कार्य गरेकाले योग्यतामा कुनै प्रश्न नै नरहेको समेत प्रष्ट्याएको थियो ।

  • सर्वोच्चको न्यायाधीशमा नहकुल सुवेदी र कुमार चुँडाल सिफारिस

    सर्वोच्चको न्यायाधीशमा नहकुल सुवेदी र कुमार चुँडाल सिफारिस

    काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नहकुल सुवेदी र कुमार चुँडाल सिफारिस भएका छन् । उच्च अदालतका मुख्य न्यायाधीशद्वय सुवेदी र चुँडाललाई आज बसेको न्यायपरिषद् बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

    सुवेदी उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश छन् भने चुँडाल वागमतीका मुख्य न्यायाधीश हुन् । सर्वोच्च अदालतमा दुई न्यायाधीश रिक्त थिए । यसपटक दुवै न्यायाधीश न्याय सेवाबाटै आएका छन् ।