Tag: नविन्द्रराज जोशी

  • कांग्रेस नेता नविन्द्रराज जोशी रहेनन्

    कांग्रेस नेता नविन्द्रराज जोशी रहेनन्

    काठमाडौंं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । आज बेलुकी ८ बजेर २४ मिनेटमा उनको निधन भएको नर्भिक अस्पतालले जनाएको छ । मस्तिस्कघात भइ अस्पताल पुर्याइएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    अस्पतालद्वारा जारी विज्ञप्तिका अनुसार शुक्रबार विहानदेखि उनको मुटुले काम गर्न छोडेको थियो । जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाले श्रद्धान्जली दिएका छन् ।

  • कांग्रेस नेता जोशीको उपचारमा सरकारको १० लाख सहयोग

    कांग्रेस नेता जोशीको उपचारमा सरकारको १० लाख सहयोग

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको उपचारमा खर्च भएको १० लाख रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको छ । विहीवार साँझ बसेको मन्त्रिपरिषद बैठकले याे निर्णय गरेको ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज विहान नर्भिक अस्पतालमा पुगेर सो निर्णयको जानकारी परिवारलाई गराएका छन् । जोशीलाई भेन्टिलेटरमा राखिएको छ र उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।

    पोखरेलले अस्पताल पुगेर जोशीको अवस्थाका बारेमा जानकारी लिएको प्रमुख स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले नेपालप्रेसलाई बताए । जोशी परिवारले उपचारमा आर्थिक सहयोगका लागि सरकार समक्ष निवेदन दिएको थियो ।

     

  • काँग्रेस नेता जोशीको स्वास्थ्य अवस्था नाजुक

    काँग्रेस नेता जोशीको स्वास्थ्य अवस्था नाजुक

    काठमाडौं । मस्तिष्क घातको उपचार गराइरहेका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।

    फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । बिहान थप उपचारका लागि नर्भिक लगिएको हो ।

    नर्भिक अस्पताल स्रोतका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको बताएको थियो । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।

    करिब २० दिनको निरन्तर उपचारपछि आज उनको स्वास्थ्य अवस्था नाजुक देखिएको र सुधारकाे सम्भावना कम भएको अस्पताल स्रोतले बताएको छ । जोशीको उपचारमा खटिएका चिकित्सहरूले जोशीको परिवारसँग परामर्श गरेका छन् ।

  • जोशीको स्वास्थ्यमा झिनो सुधार, हातगोडा चल्मलाए

    जोशीको स्वास्थ्यमा झिनो सुधार, हातगोडा चल्मलाए

    काठमाडौं । मस्तिष्कघात भइ अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्यमा झिनो सुधार देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार जोशीका हातगोडा चल्मलाउन थालेका छन् ।

    नर्भिक अस्पतालद्वारा जारी विज्ञप्तिका अनुसार आज बिहान डेढ घन्टठाजति बेहोस पार्ने औषधि प्रयाग नगरी हेर्दा जोशीले दाहिने हात र खुट्टा चलाएका थिए । जोशीलाई हेरिरहेका न्यूरो सर्जन डा। राजीव झाले जोशीको अवस्था गम्भिर तर थोरै भए पनि सुधारोन्मुख देखिएको बताएका छन् ।

    अस्पतालको विज्ञप्तिमा भनिएको छ, ‘नर्भिकमा आएदेखि आज बिहानसम्म उहाँलाई लगातार बेहोस पार्ने औषधि राखेर उपचार जारी राखिएको थियो । डा। झा नेतृत्वको टिमले आज बिहान राउन्ड गर्ने क्रममा बेहोस पार्ने औषधि हटाएर हेर्दा नेता जोशीेले हात र खुट्टा चलाउनुभएको छ ।’

    जोशीलाई नर्भिक अस्पतालको सघन उपचार केन्द्रमा राखेर उपचार भइरहेको छ ।

  • कांग्रेस नेता जोशी भेन्टिलेटरमा, अवस्था नाजुक

    कांग्रेस नेता जोशी भेन्टिलेटरमा, अवस्था नाजुक

    काठमाडौं । मस्तिष्कघात भएर नर्भिक अस्पताल भर्ना गरिएका कांग्रेस नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था ‘अत्यन्त नाजुक’ बनेको छ । अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि सुधारको कुनै संकेत नदेखिएको अस्पताल स्रोतले बतायो ।

    ‘उहाँको स्वास्थ्यका सूचकहरु राम्रा छैनन्, जतिबेला जे पनि हुन सक्छ,’ स्रोतले नेपाल प्रेससँग भन्यो । स्रोतका अनुसार जोशी पूर्ण अचेत अवस्थामा नै छन् । अस्पतालले केही बेरमा उनको स्वास्थ्यबारे औपचारिक जानकारी गराउने तयारी गरेको छ ।

    नर्भिक अस्पतालमा अहिलेसम्म कांग्रेसका केन्द्रीय नेताहरु देखिएका छैनन् । शरीरका अंगहरु नचलेपछि आज बिहान २:४० मा जोशीलाई उपचारका अस्पताल ल्याइएको थियो । उपचारका क्रममा तत्काल मस्तिष्कमा ड्रिल गरेर ड्रेन राखिएको छ । तर, त्यसले कुनै सुधार देखिएको छैन ।

  • सभापति देउवाले गरे कांग्रेस नेता जोशीको स्वास्थ्यलाभको कामना

    सभापति देउवाले गरे कांग्रेस नेता जोशीको स्वास्थ्यलाभको कामना

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत देउवाले स्वास्थ्यलाभको कामना गरेका हुन् ।

    शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि वीर अस्पताल पुर्‍याइरहेका जोशीलाई थप उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।

    नर्भिक अस्पताल स्रोतका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको छ । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।

    चिन्ताजनक अवस्थामा रहेका जोशीको अप्रेसन गरी मस्तिष्कमा ड्रेन राखेर प्रारम्भिक उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ ।

  • कांग्रेस नेता जोशीलाई मस्तिष्कघात, अवस्था चिन्ताजनक

    कांग्रेस नेता जोशीलाई मस्तिष्कघात, अवस्था चिन्ताजनक

    काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।

    शुक्रबार विहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । बिहान थप उपचारका लागि नर्भिक लगिएको हो ।

    नर्भिक अस्पताल स्रोतका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको छ । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।

    ‘टाउकोमा सामान्य शल्यक्रिया गरी ड्रेन राखिएको छ । चिन्ताजनक अवस्था रहेकाले अहिले नै केही भन्न सकिन्न,’ अस्पताल स्रोतले भन्याे ।

  • चुनाव हारेयता निरन्तर घरदैलोमा नविन्द्र

    चुनाव हारेयता निरन्तर घरदैलोमा नविन्द्र

    काठमाडौं । नेपालमा राजनीतिज्ञहरूलाई लाग्ने गरेको एउटा सदाबहार आरोप हो, चुनाव आउन लागेपछि उनीहरू मतदाता खोज्दै घर-घर आउँछन्, चुनावपछि तिनै मतदातालाई चिन्दैनन् । हुन पनि भोट माग्न आउँदा जनताको धान काट्नेदेखि भैसी दुहनसम्म पछि नपर्ने नेताहरूले जितेपछि नमस्कार फर्काउन पनि झिँजो मान्ने गरेको देखिन्छ ।

    चुनाव हार्नेसँग पनि आफ्नै कुण्ठा हुन्छ । आफूलाई भोट नदिने मतदाताको घरमा फर्केर किन जाने भन्ने मनोदशामा हुन्छन् प्राय । त्यसैले अर्को चुनाव नआउञ्जेल उनीहरूलाई पनि जनताको बीच्मा देख्न मुस्किल पर्छ । तर, कांग्रेस नेता नविन्द्रराज जोशी चाहिँ यो प्रवृत्तिमा अपवाद बन्न खोजिरहेका छन् । अघिल्लो संसदीय चुनावमा पराजित भएयता आफ्नो निर्वाचन क्षेत्रमा उनको निरन्तर घरदैलो चलिरहेको छ ।

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा जोशी बिजयी भएका थिए । संविधान निर्माणका लागि उनले भूमिका खेले । उद्योगमन्त्री छँदा बन्द रहेको सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड सुचारु गराए । लिमिटेडले जीवनजल र सिटामोलको उत्पादन सुरु गरेपछि मन्त्री जोशीको कामको प्रशंसा पनि भएको थियो ।

    तर, गत संसदीय निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाट पराजित भए जोशी । वाम गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसँग ४ सय ४४ मतान्तरले हारेका थिए उनी । तर, चुनाव हारे पनि जोशीले जनताको मन जित्ने प्रयास जारी राखेका छन् ।

    कतै घरमा रहेका मानिसको हालखबर सोधेर फर्कन्छन् कतै कुरा गर्न चाहनेसँग आँगनमै बसेर गफिन्छन् उनी । राजनीतिमा खास सरोकार नराख्ने युवादेखि राजनीतिबाट दिक्क मानेका ज्येष्ठ नागरिकसँग समेत उनले भलाकुसारी गर्ने गरेका छन्। सामाजिक विषयमा बोल्ने नेताप्रति जनताको सम्मान रहेको उनले बुझेका छन् ।

    जोशीले अहिले पनि आफ्नो निर्वाचन क्षेत्रमा नियमित घरदैलो गरिरहेका छन् । काठमाडौं रहँदा र महत्वपूर्ण राजनीतिक कार्यक्रम नहुँदा आफ्नो क्षेत्रका मतदाताको घर-घर पुग्ने गर्छन् । विपक्षीहरूले चाहिँ उनले आगामी निर्वाचनको तयारी गरिरहेको भनेर अर्थ्याएका छन् । जोशी चाहिँ आफू चुनाव जित्न नभएर जनताको विश्वास जित्न प्रयासरत रहेको बताउँछन् ।

    जोशीको क्षेत्रमा नागार्जुन नगरपालिकाको ४ र ५ नम्बर वडासँगै काठमाडौं महानगरपालिकाको १३, १५, १९, २०, २३ र २४ नम्बर वडा पर्छन् । पचास हजारभन्दा बढी मतदाता रहेको सो क्षेत्रका सबै घरमा पुग्ने उनको ईच्छा छ । कोरोना महामारीभन्दा अगाडि कहिलेकाहीँ मात्रै घरदैलो गर्दै आएका जोशीले लकडाउनपछि घरदैलोलाई तीव्रता दिएका हुन्

    ‘कोरोनाका कारण जनता घरबाट बाहिर निस्कने अवस्था थिएन । त्यसैले म आफैं जनताको घरमा जानुपर्छ भन्ने लागेर हिडेंको हुँ,’उनले भने ।

    निर्वाचन हारेको व्यक्ति जनताकोमा जाँदा के सन्देश लिएर जानुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘कोरोनाको बेलामा अलि-अलि हिम्मत लिएर गएँ । कोरोनाबारे सन्देश लेखिएको पर्चा बनाएँ र मास्कको पोको पनि बोक्थेँ ।’

    पछिल्लो समय हप्तामा ३-४ दिन उनी घरदैलोमै व्यस्त हुन थालेका छन् । कतै घरमा रहेका मानिसको हालखबर सोधेर फर्कन्छन् कतै कुरा गर्न चाहनेसँग आँगनमै बसेर गफिन्छन् । राजनीतिमा खास सरोकार नराख्ने युवादेखि राजनीतिबाट दिक्क मानेका ज्येष्ठ नागरिकसँग समेत उनले भलाकुसारी गर्ने गरेका छन्। सामाजिक विषयमा बोल्ने नेताप्रति जनताको सम्मान रहेको उनले बुझेका छन् ।

    ‘मलाई राजनीतिमा रुची छैन तर जनतालाई परेको समस्यामा हजुरले बोलेको नोटिस गरेको छु, चुनाव हारे पनि जनताको विषयमा बोल्न नछोड्नुहोला,’ घरदैलोका क्रममा बायो मेडिकल पढ्दै गरेकी एक विद्यार्थी जोशीलाई भन्दै थिइन् । आफूलाई कुनै राजनीतिक दलको कार्यकर्ता नठान्न आग्रह गर्दै ती युवतीले गरेको कुराले नवीन्द्रको हौसला बढेको छ ।

    घरदैलोकै क्रममा कतिपयले ‘कांग्रेसले पनि गतिलो गरेन’ भनेर हकार्छन् भने कतिपयले ‘अब अन्याय गर्दैनौं’ भनेर हौस्याउँछन् । जनताको घरदैलोमा पुग्ने अभियानलाई उनले राजनीतिक रंग दिएका छैनन् । कांग्रेस, कम्युनिष्ट, राजावादी सबैको घर छिर्छन् । घरदैलो गरेको वडामा घरबेटी बाहिर गएको बाहेक अवस्थामा घर नछुटाएको उनको दावी छ ।

    अहिले फेरि निर्वाचनको चर्चा सुरु भएको छ । तर, जोशी भने संसद विघटनपछि पार्टीले निर्वाचनमा जान हतारो नगरी आन्दोलनमा जोड दिनुपर्ने पक्षमा छन् ।

    त्यसोभए उनले घरदैलोलाई किन तीव्रता दिइरहेका छन् त ?

    ‘राजनीति गर्नेका लागि त हरेक दिन चुनाव हो नि । भोट हाल्ने दिन मात्रै जनता खोज्नुहुँदैन भन्ने लागेकोले सधै घरदैलो गरेको हुँ”, उनी भन्छन् ।

    २२ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको महामन्त्री बनेका जोशी २०४९ सालको स्थानीय चुनाव जितेर काठमाडौं महानगरपालिकाको उपमेयर बनेका थिए । तत्कालीन एमालेका उम्मेदवारलाई हराएर काठमाडौंको उपमेयर बन्दा जोशीको उमेर २८ वर्षको मात्रै थियो ।

    पहिलो र दोस्रो संविधानसभामा जितको माला पहिरिएका जोशीले २०७४ को निर्वाचनमा हारको स्वाद चाखे । यसलाई सामान्य राजनीतिक घटना ठानेका छन् उनले ।

    ‘जनताको दुःखसुख बुझ्न पाइएको छ । आफूले सकेको सहयोग गर्न पाइएकै छ । चुनाव जित्ने कुरा मेरा लागि महत्वपूर्ण होइन, जनताले खोज्दा भेटिने कुरा महत्वपूर्ण हो,’ उनले भने ।