Tag: नयाँ शैक्षिक सत्र

  • आजदेखि नयाँ शैक्षिक सत्र शुरु

    आजदेखि नयाँ शैक्षिक सत्र शुरु

    काठमाडौं । आजदेखि विद्यालयहरुमा नयाँ शैक्षिक सत्र शुरु भएको छ । नयाँ शैक्षिक सत्र २०७८ शुरु भएसँगै आजैदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान पनि शुरु भएको छ ।

    यसअघि बैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान शुरु हुने गरेको भएतापनि कोभिडको कारण गत वर्ष देखिनै नयाँ शैक्षिक भर्ना अभियान प्रभावित भएको छ ।

    गत वर्षकै वार्षिक परीक्षा सम्पन्न हुन नपाउँदै कोरोना महामारी फैलिएपछि तोकिएको परीक्षाहरु स्थगित गरिएको थियो । विद्यालयहरुले नै विद्यार्थीको आन्तरिक मुल्याङकन गरेर नतिजा सार्वजनिक गरेका थिए ।

    भर्ना अभियान शुरु भएतापनि विद्यायलयहरुमा भौतिक रुपमा उपस्थित भई पठनपाठन निरन्तर नहुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट भने पठनपाठन शुरु गरिने मन्त्रालयले जनाएको छ ।

    विद्यालयहरुले कोरोना महामारीको कारण ७५ वटै जिल्लामा निषेधाज्ञा जारी रहेकाले अभिभावकहरु फोन, अनलाइनबाट, म्यासन्जेर, भाइबर तथा शिक्षक शिक्षिकाहरु घरघरमा पुगेर पनि पनि भर्ना गर्न सकिने व्यवस्था मिलाएको छ ।

  • नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुन्छ: शिक्षामन्त्री श्रेष्ठ

    नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुन्छ: शिक्षामन्त्री श्रेष्ठ

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताएका छन् ।

    मंगलबार सफलता एच. आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि शुरु हुने बताएका हुन् ।

    यस निम्ति मन्त्रालयले तयारी गरीसकेको उनको भनाई छ । त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाईएको र छिट्टै टुंगो लाग्ने जानकारी दिए ।

    आगामी दिनमा एच.आई.भी. संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट बिनियोजन गर्ने समेत मन्त्री श्रेष्ठले बताए ।

    मन्त्री श्रेष्ठले समाजमा चेतनाको कमीले एच.आई.भी. संक्रमितहरुले अपहेलित र उपेच्छित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरुको कदर र सम्मान हुनुपर्ने बताए ।

    सबै विद्यालयहरुमा सामाजिक रुपान्तरण रहेको उनको भनाई छ । मन्त्री श्रेष्ठले सफलता एच.आई.भी. सक्रमित बालबालिकासँग सरस्वती पूजा मनाएका छन् ।

    मन्त्रीसँगै कार्यक्रममा पुगेका विभिन्न समाजसेवी व्यक्तिहरुले सफलता एच.आई.भी. शिक्षा सदनलाई आर्थिक सहयोग पनि गरेका थिए ।