Tag: नदी

  • वर्षाका कारण कन्काई, कोशी र कमला नदीमा बहाब बढ्नसक्ने

    वर्षाका कारण कन्काई, कोशी र कमला नदीमा बहाब बढ्नसक्ने

    काठमाडौं । नेपालमा विभिन्न स्थानमा भइरहेको वर्षाका कारण पहिरो तथा बाढीको जोखिम कायमै छ ।

    नदीहरूमा आकस्मिक बहाब हुन सक्ने बाढी पूर्वानुमान महाखाशाले जनाएको छ ।

    आज कन्काई, कोशी, कमला जलाधारका केही स-साना सहायक नदीमा वर्षाका कारण बहाब बढ्ने भएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

  • नदीमा डुबेर चार युवा बेपत्ता

    नदीमा डुबेर चार युवा बेपत्ता

    धादिङ । बूढीगण्डकी र त्रिशूली नदीमा डुबेर चार युवा बेपत्ता भएका छन् ।

    धादिङको ज्वालामुखी गाउँपालिकाका- २ का २२ वर्षीय सुवास नेपाली, दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली छन् । बूढीगण्डकी नदी किनारको पशुपति थानको घाटमा मलामी गएर फर्किँदा नुहाउने क्रममा उनीहरू डुबेर हराइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

    मंगलबार दिउँसो सवार ३ बजे नदीमा बेपत्ता भएका उनीहरूलाई प्रहरी, स्थानीयवासीको टोलीले खोजी गरिरहेको छ ।

    यसैगरी गजुरी गाउँपालिका वडा नम्बर १ स्थित त्रिशूली नदीमा माछा मार्न गएका सिद्धलेक-६ का २८ वर्षीय रामबहादुर विसंखे जाल हान्ने क्रममा लडेर नदीमा बेपत्ता भएका छन् ।