Tag: धुलिखेल

  • कोरोना नियन्त्रण लागि धुलिखेलमा एक करोड कोषको व्यवस्था, बिरामीलाई निःशुल्क एम्बुलेन्स

    कोरोना नियन्त्रण लागि धुलिखेलमा एक करोड कोषको व्यवस्था, बिरामीलाई निःशुल्क एम्बुलेन्स

    काठमाडौं । धुलिखेल नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि १ करोड कोष र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले संक्रमण नियन्त्रणका लागि नगरवासीलाई अपील गर्दै सो व्यवस्थापन गरेको जानकारी दिए ।

    ‘कोभिड-१९ सँग सम्बन्धित गम्भीर प्रकारका लक्षण देखिएमा आवश्यक स्वास्थ्य सेवाका लागि तुरुन्त आफ्नो वडामा रहेका स्वास्थ्य संस्थामा वा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगपरपालिकाको अनुरोध छ,’ नगरप्रमुख व्याञ्जुले भने ।

    धुलिखेलमा हाल ३, ४, ५, ६ र ७ लगायतका वडामा अत्यधिक संक्रमण देखा परेकाले सचेत रही जनस्वास्थ्यका मापदण्ड अपनाउन नगर प्रमुख ब्याञ्जुको आग्रह छ ।

     

  • धुलिखेल मालपोत कार्यालयबाट बार अनुसार सेवा दिइने

    धुलिखेल मालपोत कार्यालयबाट बार अनुसार सेवा दिइने

    काभ्रे । मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले बुधवारदेखि बारअनुसारको सेवा दिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेका अवस्थामा सेवाग्राहीको बढी भीडभाड हुने भएकाले बारअनुसार सेवा दिने तयारी गरिएको कार्यालयले जनाएको छ ।

    मालपोत कार्यालय धुलिखेलका निमित्त प्रमुख टङ्प्रसाद चौलागाईँले कार्यालयबाट एकै पटक सेवा प्रवाह गर्दा कोभिड –१९ सङ्क्रमणको बढी जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखी सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टको समन्वयमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्न लागिएको बताए ।

    मालपोत अधिकृत चौलागाईँका अनुसार बनेपा र नमोबुद्ध नगरबासीले आइतबार र बुधबार, पनौती र मण्डनदेउपुर नगरबासीले सोमबार र बिहीबार तथा धुलिखेल र पाँचखाल नगरबासीले मङ्गलबार र शुक्रबार सेवा लिन पाउने व्यवस्था गरिएको छ ।

    गाउँपालिकाका सेवाग्राहीले भने हरेक दिन सेवा लिन पाउने व्यवस्था गरिएको चौलागाईँले बताए । यसअघि पनि कार्यालयले कोरोना सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै बारअनुसार सेवा प्रवाह गरेको थियो ।