Tag: धनगढीमाई नगरपालिका

  • धनगढीमाईको मेयरमा एमालेका शिवशंकर निर्वाचित, कांग्रेस जिल्ला सभापति पराजित

    धनगढीमाईको मेयरमा एमालेका शिवशंकर निर्वाचित, कांग्रेस जिल्ला सभापति पराजित

    सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली कांग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा एकालेका जिल्ला सचिवसमेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन्।

    महतो नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवलाई १५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी यादवले ६ हजार ९०१ मत ल्याउँदा निवर्तमान मेयर तथा माओवादी केन्द्रका उम्मेद्वारहरिनारायण चौधरीले ४ हजार ३६९ मत प्राप्त गरे । चौधरी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।

    उपमेयरमा कांग्रेसकी संगीताकुमारी चौधरी ६ हजार ६१३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धीहरु नेकपा एमालेका शोभा कुमारी बरालले ६ हजार ३७८ र निवर्तमान उपमेयर तथा नेकपा माओदी केन्द्रका फूलकुमारी श्रेष्ठले ४ हजार ३१४ मत प्राप्त गरे।

    जम्मा १४ वडा रहेको यस पालिकामा सबैभन्दा बढी नेपाली कांग्रेस ६ वटा, नेकपा माओवादी केन्द्रले ३ वटा, नेकपा एमालेले २ वटा, नेकपा एकीकृत समाजवादी १, जसपा १, जनमत १ वडामा विजयी भएका छन्।

  • पूर्वसांसद र निवर्तमान मेयरलाई हराउँदै धनगढीमाईको मेयरमा एमालेका महतो विजयी

    पूर्वसांसद र निवर्तमान मेयरलाई हराउँदै धनगढीमाईको मेयरमा एमालेका महतो विजयी

    जनकपुरधाम । सिरहाको धनगढीमाई नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    मेयरमा शिवशंकर महतो ७ हजार ५६ मत ल्याएर विजयी भएका छन् । उनले नेपाली कांग्रेस जिल्ला सभापति तथा पूर्वसांसद रामचन्द्र यादव र निवर्तमान मेयर हरिनारायण चौधरीलाई पराजित गरेका हुन् ।

    महतोको निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका यादव ७ हजार ५६ मत पाए । यस्तै निवर्तमान मेयर समेत रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिनारायण चौधरी मात्र ४ हजार ३६९ ल्याए ।

    मेयरमा विजयी महतो नेकपा एमालेका जिल्ला सचिव हुन् । २०७४ को निर्वाचनमा उनी माओवादीका चौधरीबाट पराजित भएका थिए ।

    यस्तै उपमेयरमा कांग्रेसकी संगिता कुमारी चौधरी ६ हजार ६१३ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी शोभा कुमारी वराल ६ हजार ३७८ मत पाइन्।