Tag: देशबासीलाई सम्बोधन

  • प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने

    प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने तयारी भएको छ । सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न लागेका हुन् ।

    सर्वोच्चको फैसला कानूनी र संवैधानिक नभई राजनीतिक ढंगले आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । उनले केपी ओलीलाई संसदीय र जनमतको प्रक्रियाबाट हटाउन नसकिएपछि अदालतको फैसला प्रयोग गरिएको बताए ।

    प्रधानमन्त्रीले आज फैसला तथा अहिलेसम्म सरकारका गरेका काम तथा आगामी विषयमा समेत आफ्नो धारणा देशवासीका नाममा राख्ने तयारी भइरहेको छ । सम्बोधनको तयारी भए पनि कति बजे भन्ने तय नभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले बताए ।
    आज बस्ने स्थायी कमिटी बैठक पनि सर्न सक्ने एमाले स्रोतले जनाएको छ ।

  • नयाँ वर्षमा सिंहदरबारबाट प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्ने

    नयाँ वर्षमा सिंहदरबारबाट प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर पछिल्लो राजनीतिक,आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट विहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने तय भएको हो । जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने कार्यक्रम छ ।

    देशको पछिल्लो राजनीतिक अवस्था र आफू तथा आफू नेतृत्वको सरकारलाई असफल पार्न पार्टीभित्रैबाट के कस्ता असहयोग भए भन्नेबारे पनि जनतालाई प्रष्ट पार्ने एक मन्त्रीले बताए ।