काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिने बताएका छन् ।
दक्षिणकाली नगरपालिकास्थित सेतीदेवि माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आगामी वर्षदेखि यो अभियान शुरू गरिने बताए ।उनले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रध्यानध्यापक र शिक्षकको मुख्य भूमि हुने उल्लेख गरे ।
‘हाम्रो परिवारको कुनै सदस्य विरामी भएर अस्पताल लगौैं भने उसको जीवन डाक्टरको हातमा हुन्छ,’ मन्त्री पौडेलले भने,‘आज सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानध्यापक र शिक्षकको हातमा बढी छ ।’
उनले लोक सेवा आयोगको परीक्षा पास गरेका कर्मचारीको तलब र सेवासुविधा शिक्षक सेवा आयोगको परीक्षा पास गरेका शिक्षकको भन्दा भिन्न रहेको बताउँदै एकै किसिमको बनाउने गरी पहल भइरहेको बताए ।
‘विद्यालय र शिक्षा प्रणाली सुधारको उद्देश्यसहित शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने भनेका छौं’ उनले भने ।निजी शिक्षण संस्थाको उदाहरण दिँदै मन्त्री पौडेलले विद्यार्थी विद्यालयमा ल्याउन पढाइसँगै अभिभाककसँग नियमित छलफल र मिहिनत गर्नुपर्ने बताए ।
‘पढाउने र अभिभावको घर घरमा पुगी मिहिनत बढी गर्ने भएकाले निजी शिक्षण संस्थामा आकर्षण बढ्ेको देखिन्छ’ मन्त्री पौडेलले भन्नुभयो, ‘सार्वजनिक शिक्षा सुधारका लागि शिक्षकले होम भिजिट गर्दै पढाउने विषयमा मिहिनत गर्नुप¥यो ।’
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् ।
बुधबार बिहान नेपाल प्राध्यापक संघका पदाधिकारीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताएका हुन् ।
‘लोकतान्त्रिक मर्यादा अनुरूप माग प्रस्तुत पाइन्छ,’ मन्त्री पौडेलले भने,‘लामो समयसम्म पढाई अवरूद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नुप¥यो । प्राध्यापक संघले होमवर्क गरी समस्या बुझेर समाधानको निकाश निकाल्ने गरी पहल गर्नुहोस् ।’
उनले सबै विश्वविद्यालयका सेवा आयोगहरू एकै प्रकृतिको भएकाले एकरूपता कायम गरिने बताए । प्राध्यापकका सेवा सुविधा सम्बन्धमा सबै राष्ट्रसेवकलाई एउटै मापदण्ड बनाएर अघि बढ्ने योजनामा रहेको मन्त्री पौडेलले बताए ।
विश्वविद्यालयहरु समस्या परे मात्र मन्त्रालयमा आउने गरेको भन्दै नियमन संयन्त्र र स्वायत्तको स्पष्ट खाका तयार गर्नुपर्ने बताए ।
‘विश्वविद्यालयहरूले समस्या परेको बेला मन्त्रालयमा आउने तर अरू जिम्मेवारी, अनुशासन र नियमन सुधारका अवस्थामा स्वायत्त भएको भन्ने गरिएको ।’ मन्त्री पौडेलले भने,‘नियमन संयन्त्र र स्वायत्तताको स्पष्ट खाका तयार गर्नुपर्ने भएको छ ।’
छलफलमा नेपाल प्राध्यापक संघको तर्फबाट बुद्धबहादुर थापाले प्राध्यापकहरूको मर्यादा क्रमः २०७४ सालको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर राजपत्रमा निस्किसकेकाले कार्यान्वयका लागि पहल गरिदिन आग्रह गरे ।
प्राध्यापकहरुको तलबमानः सार्कस्तरीय बनाउने, त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूको निवत्तभरण उपलब्ध गराउने, स्वास्थ्य सुविधाः शिक्षक अस्पताल जस्तै प्राध्यापक र विश्वविद्यालयका शिक्षक कर्मचारीहरूलाई समेत निजामति अस्पताल भन्दा बेग्लै किसिमको स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्नेलगायतका माग राखेका थिए ।
लामोसमयदेखि आंशिक प्राध्यापक तथा विभिन्न विद्यार्थीसंगठनहरुले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्दै आइरहेका छन् ।
धादिङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुनअनसार कार्यान्वयन गर्ने बताएका छन् ।
धादिङको गंगाजमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दैं मन्त्री पौडेलले शिक्षक महासंघ सँग गरेको सहमति संघीयता विरोधी नभएको बताएका हुन् ।
‘शिक्षक महासंघसँग गरेको सहमतिको विषयमा विभिन्न सवालहरु उठेका छन्’ मन्त्री पौडेलले भने,‘संघीयताको मर्मअनुसार कानुनसँग नबाझिने तरिकाले कार्यान्वयन हुन्छ ।’
मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको बताउँदै आगामी वर्षमा बजेटको आकार बढ्ने बताए ।
‘शिक्षा सुधारका लागि योजना बनाएका छौं,’ मन्त्री पौडेलले भने, ‘आगामी वर्षको बजेटमा शिक्षामा बजेटका आकार बढ्छ ।’
बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरुसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन् । आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरुसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् ।
‘अर्थमन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्देछ, मन्त्रीले भन्नुभयो, थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।’
तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभरीमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरुलाई निर्देशन दिए ।
‘स्थानीय तहको चुनाव हुनेभएपछि कार्यालय प्रमुख उतै लाग्दा विकास निर्माणको काममा विलम्ब हुन सक्छ ।’ मन्त्री पौडेलले भने,‘अल्झेका काम फुकाउँदै फागुनको अन्तिम सातासम्म धेरै योजनाहरुको काम सक्नुहोस् ।’
गलकोट मल्म जोड्ने पक्की पुल निर्माणमा ढिलाई भएको भन्दै त्यसको अनुगमन गरी कार्य अघि बढाउन निर्देशन दिए । जिल्लामा झलुङ्गे पुलको समस्या समाधान हुँदै गएकाले नयाँ बनाउनुपर्ने ठाउँको अध्ययन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिए ।
आलु, मकै तथा अन्य कृषि सम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउँन आग्रह गरे । नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेको भन्दै रणनीतिक योजनाहरु, विद्यालय, मोटरबाटोलगायतका पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्ने लिपिबद्ध गरी टिपाउन मन्त्रीले निर्देशन दिए ।
बुर्तिबाङ प्राथमिक अस्पताललाई जिल्ला अस्पताल बनाउने प्रक्रिया रहेको भन्दै आवश्यक प्रक्रिया जुटाउने काम भइरहेको बताए ।
‘बुर्तिबाङको अस्पताललाई जिल्ला अस्पताल घोषणा गर्न स्वास्थ्य मन्त्रीसँग छलफल गरी प्रदेशलाई निर्णय गराउन मैले भनेको छु’ मन्त्री पौडेलले भने, ‘त्यसका लागि स्वास्थ्य कार्यालयले आवश्यक समन्वय गरिदिनपर्यो ।’
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय सुधारका योजना मागेका छन् । सोमबार मन्त्रालयमा त्रिभुवन विश्विद्यालयका उपकुलपतिसहितको छलफलमा मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालय सुधारका योजना मागेका हुन् ।
‘मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छ,’ मन्त्री पौडेलले भने,‘देशका ८० प्रतिशत विद्यार्थी ओगटेको विश्वविद्यालयले नयाँ योजना दिनुुप¥यो हामी कार्यान्वयनको प्रक्रियामा लैजान्छौं ।’
मन्त्री पौडेलले वार्षिक १ खर्बभन्दा बढि रकम मेडिकल शिक्षाका लागि विदेश गइरहेको बताउँदै काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले त्यसलाई रोकेर नेपालमै विद्यार्थीलाई पढ्ने वातावरणको सृजना गर्नुृपर्ने बताए ।
‘काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्विद्यालयले मेडिकल कलेज पढ्ने विद्यार्थीको लागि सोच्नुपर्छ,’ मन्त्री पौडेलले भने,‘ काउन्सीलको परीक्षासहित अध्ययनको व्यवस्था यही गरौं विद्यार्थीले नेपालमै पढ्ने कुरामा हामीले खोलिदिनुपर्छ ।’
मन्त्री पौडेलले कोष र क्वालिटीमा मन्त्रालयले हस्तक्षेप नगर्ने भन्दै विद्यार्थीलाई नेपालमै पढ्ने वातावरणको सृर्जना गरी त्यसका लागि मन्त्रालयले गाठो फुकाउनेमा प्रतिबद्धता व्यक्त गरे ।
विश्विद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले विश्वविद्यालयको भौतिक पूर्वाधार सुधार, प्रविधि मैत्री विश्वविद्यालय, अनुसन्धानलाई प्राथमिकता शैक्षिक पात्रको व्यवस्था र त्यसको कडाइका साथ पालना गर्नुपर्ने विषयमा जानकारी गराए ।
उनले परीक्षा प्रणालीमा व्यापक सुधार तथा विकेन्द्रीकरण, बजारमुखी, स्वरोजगारमुलक तथा देशको आवश्यकतानुसारको जनशक्ति उत्पादन, आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुको प्रभावकारी नियमन, उच्च शिक्षा तर्फ अन्तर्राष्ट्रियकरण गर्दै लैजाने, सुशासनमा जोडलगायतका १५ सुत्रिय सुधार योजना सुनाए ।
उनले राजनीतिक आडमा विभिन्न संगठनले तालाबन्दी गर्दा विद्यार्थीको पढाई प्रभावित भएको बताए । ‘विभिन्न राजनीतिक दलका मान्छेहरुले १४९ दिन तालाबन्दी गरे,’ उहाँले भन्नुभयो,‘ हामी असुरक्षित छौं, गृहमन्त्रालयलाई सुरक्षाको माग गर्दा विश्वविद्यालयमा प्रहरी पठाउन मिल्दैन भन्नुहुन्छ ।’
४० वर्षअघिका भौतिक संरचना २०७२ सालको भुकम्पले क्षति भएर रातो स्टिकर लगाइसेकपनि त्यही बसेर विद्यार्थीहरुले अध्ययन गरी रहेको सुनाए ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्र्गतका विभागीय प्रमुखलाई १५-१५ दिनभित्रको कार्यसम्पादनको रिपाेर्ट बुझाउन निर्देशन दिएका छन् । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५-१५ दिनको कार्यसम्पादनको रिपाेर्ट बुझाउन निर्देशन दिएका हुन् ।
‘एक हप्तामा गर्न सक्ने काम के के हुन् टिर्पोट गर्नुहोस्’ मन्त्री पौडेलले भने, ‘अर्को हप्ता काम गरी नतिजा नस्किने गरी काम हुनपर्यो होइन भने कारण चाहियो ।’मन्त्री पौडेलले ५० औंं वर्षदेखि अड्किएका फाइलहरुको विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशन समेत दिए ।
‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु फेरिरहने हुन्छ, सेवा ग्राहीको पनि आशा हुन्छ,’ उनले भने, ‘हप्ता दिन अध्ययन गरेर हुने नहुने निर्णय दिनुहोस् ।’ शिक्षा मन्त्रालयबाट गरिब, जेहेन्दार तथा असाहय विद्यार्थीलाई दिने छात्रवृत्ति नरोक्न विभागीय प्रमुखलाई निर्देशन दिए ।
मन्त्रालयले बनाएको लक्ष्य पुरा गर्न कर्मचारीमा संकल्प, इच्छा शक्ति र सक्रियाता हुनपर्नेमा जोड दिँदै उनले देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो शिक्षा मन्त्रालय भएको बताए । ‘कमाण्ड कन्ट्रोल हुनुपर्छ, त्यसो भएन भने भद्रागोल हुन्छ,’ मन्त्री पौडेलले भने,‘समस्या छन् भने सचिवमार्फत ल्याउनुहोस् ।’
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को रााष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा आकांक्षी पनि बढ्दै गएका छन् । अध्यक्षबाहेकका पदमा आउन प्रभावशाली नेताहरूको सक्रियता बढेको छ ।
अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नभएको बताइरहेका उनीहरूमध्ये धेरैको नजर त्यसपछिको शक्तिशाली पद महासचिवमा देखिन्छ ।
यस्तैमा पर्छन् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य देवेन्द्र पौडेल ।
पौडेलनिकट स्रोतकाअनुसार महासचिवका दाबी रहेको र त्यसबाट पछि हट्न परे उपाध्यक्षमा रहनेछ । ‘उहाँको पहिलो दाबी महासचिवमा रहन्छ,’ उनीनिकट स्रोतले भन्यो, ‘महासचिव त्याग्नुपरेमा उपाध्यक्षको स्वतः हकदार हौं ।’
पौडेल पञ्चायतकालमा तीन वर्ष र माओवादी जनयुद्धका क्रममा १० वर्ष भूमिगत भएका थिए । अखिल (क्रान्तिकारी) बाट विद्यार्थी राजनीति सुरू गरेका उनी संगठनको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षसम्म बनिसकेका छन् ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताएका छन् ।
फ्रान्सस्थित नेपाली जनप्रगतिशील मञ्चले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताएका हुन् ।
‘शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ’, मन्त्री पौंडेलले भने, ‘क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ ।’ युनेस्कोको ४१ औँ महासभामा भाग लिन गत साता त्यहाँ गएका उनी यही साता स्वदेश फर्कँदै छन् ।
काठमाडौं । महामारीको प्रतिकूल प्रभावका बाबजुद पनि शिक्षा क्यालेन्डरलाई निरन्तरता दिन आवश्यक निर्देशन र नियमावली बनाएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन् । वैकल्पिक शिक्षामा राम्रो अनुभवका लागि आफूहरू डिजिटल प्लेटफर्म डिजाइन र कार्यान्वयनको प्रयासमा रहेको उनको भनाइ छ ।
पौडेलले कोरोनाभाइरस (कोभिड–१९) महामारीको समयमा पनि नेपालले बालबालिकाको शिक्षालाई निरन्तरता दिएको बताएका छन् ।
फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४१औं महासभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले महामारीको समयमा कम प्रविधिको प्रयोग हुने टेलिभिजन, सामुदायिक रेडियो र घरमा आधारित सिकाइ सामग्रीको प्रयोग गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिएको जानकारी गराए । महामारीले आफूहरूलाई शिक्षामा डिजिटल डिभाइसको महत्त्वको बारेमा सोच्न बाध्य बनाएको उनको भनाइ छ ।
शिक्षा, स्वास्थ्य, लैंगिक समानता र महिला सशक्तिकरण जस्ता प्रमुख क्षेत्रहरूमा नेपालले महत्त्वपूर्ण सफलता हासिल गरिसकेको बताउँदै मन्त्री पौडेलले दिगो विकासका लक्ष्यहरूलाई अपनाएको जानकारी गराए । विकासका प्रयासहरूलाई निर्देशित गर्न सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय नारा बनाएको पनि उनले बताए ।
साथै, ‘सिकाइ कहिल्यै रोकिँदैन’ भन्ने दृढ प्रतिबद्धताका साथ सरकारले स्थानीय निकायहरूलाई उपयुक्त निर्णय लिन अनुमति दिने आवश्यक कानुनी प्रक्रियाहरू तयार गरिसकेको उनले बताए ।
विज्ञान र प्रविधिको विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री पौडेलले आविष्कार र अनुसन्धानलाई बढावा दिनुका साथै युवा वैज्ञानिकहरूलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा अर्को कदम चाल्न प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, हरितगृह ग्यास उत्सर्जनमा नगण्य हिस्सा भए पनि जलवायु परिवर्तनको प्रतिकूल असरबाट नेपाल नराम्ररी प्रभावित बनेको मन्त्री पौडेलले बताए । पेरिस सम्झौताको कार्यान्वयनमा प्रतिबद्ध रहेको जानकारी गराए ।
मूर्त र अमूर्त सम्पदाको संरक्षण नेपालको राष्ट्रिय प्राथमिकता रहेको बताउँदै उनले सन् २०१५ को भूकम्पका कारण ध्वस्त भएका राष्ट्रिय तथा विश्व सम्पदाको सन् २०२२ सम्ममा पुनर्निर्माणका लागि नेपालले सबै प्रयास गरिरहेको जानकारी गराए । महासभामा शिक्षा सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी र युनेस्कोका लागि नेपालका सहायक महासचिव डा. बाबुराम अधिकारी सहभागी छन् ।
काठमाडौं । देवेन्द्र पौडेलका नाममा एउटा ट्याग थियो- मन्त्री नबनेका माओवादीका एकमात्र स्थायी कमिटी सदस्य । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा समेटिएसँगै उनमाथिको यो ट्याग मेटिएको छ।
शिक्षामन्त्रालयको नेतृत्व पाएका पौडेल शालीन नेता मानिन्छन् । बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य बनेका पौडेल २०२१ सालमा बागलुङको अमलाचौरमा जन्मिएका थिए।
पञ्चायतकालमा तीन वर्ष र जनयुद्धका क्रममा १० वर्ष भूमिगत भएका पौडेलको राजनीतिसँगै साहित्यमा पनि रुचि छ।
अखिल (क्रान्तिकारी)बाट विद्यार्थी राजनीति सुरू गरेका उनी उक्त संगठनको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बनेका थिए।
उनी २०७१ मा माओवादीको केन्द्रीय सदस्य भएका थिए । २०६२ मा पोलिटव्यूरो सदस्य भएका थिए । त्यस्तै २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य बनेका थिए।
माओवादी जनयुद्धमा सुरूआती चरणदेखि सहभागी भएका उनी २०४२ देखि ०४४ सम्म करिब १८ महिना धनगढी जेल बसेका थिए । त्यस्तै उनी ६ महिना सदरखोरमा थुनामा परेका थिए ।
राजनीति शास्त्रमा स्नाकोत्तर गरेका उनी २०६८ मा बाबुराम भट्टराई उनका प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहाकार बनेका थिए।
भट्टराईले तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरि नयाँ शक्ति बनाउँदा उनीसँगै गएका थिए । पछि उनी माओवादीमै फर्किएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट भएर काम गरिरहेका छन् ।
देवेन्द्र पौडेल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीबाट मन्त्री हुन बाँकी एकमात्रै सदस्य हुन् । माओवादी स्थायी कमिटीमा रहेका अधिकांश नेता मन्त्री भइसक्दा र कोही दोहोर्यार, तेह्रयाएर हुँदा पनि पौडल भने एकपटक पनि मन्त्री बनेका छैनन् । सत्ता साझेदारसमेत रहेको माओवादीले फेरि पनि मन्त्रीहरू पठाउँदैछ। यसपाली पौडेल मन्त्रीको सूचीमा अटाउने ठानिएको छ । आज भिडियो अन्तर्वार्तामा नेता पौडेलले माओवादी केन्द्रभित्र मन्त्री छान्नलाई कुनै सकस नभएको बताए । पार्टीले जिम्मेवारी दिएको खण्डमा आफू पनि मन्त्रिपरिषद्मा जान तयार रहेको उनको भनाइ छ । प्रस्तुत छ, पौडलसँगको कुराकानी नेपाल टकमा :
–तपाईँहरूले भने जस्तै ओली प्रवृत्तिलाई त फाल्नुभयो, तर एउटा संशय चाहीँ हामी राजनीतिक द्वन्द्वतिर पो फस्यौँ कि, यो गठबन्धनले राजनैतिक अस्थिरता ल्याउने हो कि भन्ने छ । यो गठबन्धनले देशलाई राजनीतिक स्थायित्व दिन सक्छ ?
खड्गप्रसाद ओली पूर्वप्रधानमन्त्री पनि हुनुहुन्छ, नेकपा (एमाले) को अध्यक्ष पनि हुनुहुन्छ । उहाँसँग हामी सबैले वृहत वामपन्थी एकतासहित त्यो एकता शक्तिशाली संगठन निर्माण गरेर देशमा एउटा समृद्ध समाजवाद निर्माण गर्ने उच्च अभिलाषासहित प्रधानमन्त्री बनायौँ । उहाँलाई नेता मान्यौँ । एकता बचाउन पहल गर्यौँ । त्यो सम्भव भएन । आफ्नो पार्टी, आफ्नो संसदीय दलको त कुरै छोडौँ, हिजो कसैले निकै मेहनत गरेर बनाएको संविधानका कतिपय धाराहरूलाई पनि अपव्याख्या गर्ने प्रकृतिका कामहरू भए । त्यसकारणले देश वाध्यतावश अर्को कोर्षमा प्रवेश गर्यो । त्यसको हामीले खण्डन गर्नुपर्यो । विरोध गर्नुपर्यो । र हामी सबै हिजो नसोचिएका, कल्पना नगरिएका शक्तिहरूसँग गठबन्धन गर्न हामी अगाडि बढ्यौँ।
गठबन्धनको चुनौती भनेको यही बीचबाट ओलीजीले बनाएको भद्रगोल राजनीतिक परिदृश्यलाई सम्हालेर देशको संविधान, लोकतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धलाई धेरै गुणात्मक रुपमा प्रगतिको पथमा लिएर जान नसकेपनि एउटा ‘ट्रयाक’मा लिएर जाने चुनौतीसहित गठबन्धन बनेको छ । मलाई जहाँसम्म लाग्छ- केही संशय, आशंका र ढिलासुस्तीहरू प्रकट भएका छन् । तर, त्यसका बाबजुद पनि अर्को कुनै विकल्प छैन । छिट्टै गठबन्धनले यो प्रक्रियाको सुनिश्चित भएर संविधान, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रका स्थापित मूल्य, मान्यताहरूको सुनिश्चितता नहुँदासम्म गठबन्धन कायम रहिरहन्छ ।
– गठबन्धनलाई बलियो बनाएर लैजाने अरु आधारहरू के-के हुन् ?
दार्शनिक, वैचारिक हिसाबले आधारभूतरूपमा विचार मिल्ने अथवा दृष्टिकोण मिल्नेहरू बीचमा पार्टी एकता हुनसक्छ । यो गठबन्धन भनेको हामीले सहज र स्वभाविक रुपमा बुझ्ने कुरा के हो भने कुनै तात्कालीन कुनै उद्देश्यको निम्ति गरिने एकतालाई हामीले गठबन्धन भन्छौँ । यद्यपि यो शब्दले कहीँ न कहीँ तादाम्यता मिल्छ मिल्दैन त्यो पनि हामीमा छलफल हुने गरेको छ । तर फेरीपनि यो एक प्रकारको संयुक्त मोर्चाको रुपमा प्रकट भएको, तत्कालीन ओलीजीले गरेका क्रियाकलाप र गतिविधिहरूसँग असहमत प्रकट गर्नेहरू बीचको यो मोर्चा हो ।
पछिल्लो स्थितिमा महन्थ ठाकुरजीहरू पनि यो वा त्यो रुपमा प्रतिनिधिसभामा प्रकट हुनुभयो । त्यो अर्कै समीक्षाको विषय होला । तर, मूलरूपमा ओलीजीको क्रियाकलाप र गतिविधिसँग विमति राख्नेहरूको बीचको तत्कालीन कार्यगत एकताको रूपमा प्रकट भएको यो गठबन्धन हो ।
अब यो आधिकारिकरूपमा नै विचारको तहसम्म गएर समाजवाद ल्याउने बेलासम्म सँगै जान्छ, म भन्न सक्दिनँ । तर यसको नेतृत्वमा निकट भविष्यमा नै हुने चुनावहरू पनि छन् । निकट भविष्यमा हुने संयुक्त रुपमा हुने गतिविधि र क्रियाकलापहरू छन् । निकट भविष्यमा हामीले सम्हाल्नुपर्ने, सुधार्नुपर्ने अन्तर्राष्ट्रिय चुनौतीहरू छन् । सम्बन्धका कुराहरू छन् । यी सबै कुराहरूलाई एउटा ट्रयाकमा ल्याउने अवधिसम्म गठबन्धन सकुशल जान्छ । जानुपर्छ र लैजानु पनि पर्छ । अन्यथा फेरी राजनीतिक अस्थिरताको चक्र प्रकट हुन्छ र झन अस्थिरतातिर देश जान्छ ।
त्यसकारणले मैले बुझे अनुसार केही समयसम्म यो गठबन्धनले विचारमा विविधताका बाबजुद पनि आधारभूतरूपमा मिल्ने उद्देश्यहरू खोज्दै, साझा विन्दू खोज्दै अगाडि बढ्ने चुनौती ग्रहण गरेको छ । अगाडि बढ्छ ।
– संसदमा हेर्दा तपाईहरूसँग बहुमत छ, तर संख्यात्मक हिसाबले ठूलो प्रतिपक्ष छ । यसले सडक र सदनमा असर गर्न सक्छ । यसलाई हामीले कसरी हेर्नुभएको छ ?
तत्कालीन प्रधानमन्त्री केपी ओली निकै सकुशल अवस्थामा सदनभित्रको गणितमा पनि, मनोविज्ञानमा पनि, जनमतमा पनि एउटा शक्तिशाली प्रधानमन्त्रीका रूपमा उहाँ आउनुभएको हो । पछिल्लो स्थितिमा अघि भनेजस्तै उहाँका क्रियाकलाप र गतिविधिले परिस्थिति अर्का ठाउँमा पुग्यो । र फलस्वरुप नचाहदा नचाहदै पनि, नराम्रो हो भन्दाभन्दै पनि अध्यादेशको अध्यायमा प्रवेश गर्नुपर्यो । किनभने सदन चलाउनलाई, सरकार चलाउनलाई सदनमा बहुमत चाहिन्छ । सरकारले बिजनेश नदिइकन सदन चल्दैन । सदनमा सरकारको बहुमत भएन भनेदेखि त कुनै पनि बिल पेश हुँदैन । त्यसकारणले गर्दा पनि सरकारको बहुमत सदनमा कहीँ न कहीँ प्रकट हुनुपर्छ । त्यसो भएर अध्यादेशको बाटो लिनुपर्यो । किनभने प्रतिगमनलाई रोक्ने भनेको हुँदाखेरी प्रतिगमनलाई सच्याउने उद्देश्यसहित अध्यादेश आएर सदनमा बहुमत पुर्याइएको हो । त्यसको निम्ति तत्कालिन नेकपा (एमाले) को विभाजन अनिवार्य थियो । विभाजनको लागि सहज बनाउने उद्देश्यसहित अध्यादेश आयो । र अध्यादेशले कहीँ न कहीँ एउटा आकार लिइसकेपछि सदन भित्रपनि गठबन्धन बहुमतको रुपमा छ ।
हालको प्रतिपक्षी जसको संसदीय दलको नेता केपीजी हुनुहुन्छ । उहाँहरूको पनि गणितिय रुपमा उपस्थिति छ । तर झन्डैझन्डै प्रतिनिधिसभाको आयु भनेको डेढ वर्ष हो । डेढ वर्षसम्म यो गठबन्धन जान्छ । त्यसकारणले गठबन्धनका सहभागी पार्टीहरू डेढ वर्ष सँगै जाने एकप्रकारको प्रतिबद्धता प्रकट गरेको हुँदाखेरी जतिसुकै ठुलो संख्यामा प्रतिपक्षी रहेपनि सरकार आफ्ना क्रियाकलाप र गतिविधिलाई अब सकुशल भएर अगाडी बढ्छ । त्यो कुरा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयले एकप्रकारले इंकित गरिसकेको छ ।
–अध्यादेशले अरु पार्टी विभाजन त भए, तर माओवादी भित्रपनि त्यसको असर पर्नसक्छ नि । कतै माओवादी केन्द्र पनि विभाजन हुने त होइन ?
अहिले भर्खरै हामी केन्द्रीय समितिको बैठक बस्यौँ । केन्द्रीय समितिको बैठक बस्दाखेरी केन्द्रीय समितिको बैठकको एजेण्डा तयार गर्न स्थायी समितिको बैठक बस्यौँ । केन्द्रीय समितिको बैठक बसिसकेपछि फेरि स्थायी समितिको बैठक बस्यौँ र पुरै देशभरी कार्यविभाजन गरेर हामी गएका छौँ । अधिकाशं वडाहरूमा वडा सम्मेलन भइसकेको छ । मैले यो दृष्टान्त किन पेस गर्न खोजेको भने अहिले भएका पार्टीहरू मध्ये सबैभन्दा सकुशल पार्टी, आन्तरिक अन्र्तविरोध नभएको, विचार, नीति र नेतृत्वप्रति तादाम्यता मिलेको पार्टी भएको हुँदाखेरी यहाँले भनेजस्तै कतै त्यो २० प्रतिशत संख्याको निर्णयले माओवादी पार्टीलाई पनि प्रभाव पर्छ कि भन्ने जो बाहीर हल्ला गरेका छन्, त्यस्तो कुनैचाहीँ गुञ्जायस छैन । सबभन्दा सकुशल, सबभन्दा दृढतापूर्वक अगाडि बढ्ने स्थितिमा माओवादी छ र त्यसलाई चुनौतीको रुपमा ग्रहण गरेको छ । यो अवसरलाई पार्टी पुर्नगठनको चुनौतीको रुपमा हामीले प्रयोग गर्न सक्छौँ कि सक्दैनौँ भन्ने चुनौती चाहीँ छ । तर अब दायाँबायाँ हुने अवस्था छैन ।
–सरकारले कहिलेसम्म पूर्णता पाउला ?
मैले बुझे अनुसार एक, दुई दिनभित्रमा हुन्छ । यद्यपि कतिपयको अनुमान चाहीँ निर्वाचन आयोगले सम्बन्धित दलका जो अस्ति अध्यादेशबाट प्रभावित भएका दलहरूको निर्वाचित जनप्रतिनिधिहरूलाई २२ गतेसम्म समय दिइएको छ । त्यसो भएर २२ गतेसम्म पर्खिने कि भन्ने प्रसंगहरू पनि चलेका छन् । तर मैले बुझे अनुसार, हिजो र आज भएका गठबन्धनका भेटघाट, कुराकानी र छलफलले दुई, तीन दिन भित्रमा सरकारले पूर्णता प्राप्त गर्छ ।
– सरकारले गर्नुपर्ने कामहरू के-के र कस्तो हुनुपर्छ ?
यो एभरेजको सरकारको रूपमा होला भन्ने म पूर्वानुमान गर्न सक्छु । राजनीतिक विश्लेषकको हिसाबले स्वतन्त्र रुपमा आफ्नो भनाई राख्दाखेरी कुनैपनि चुनावपछि प्राप्त भएको मतको आधारमा बन्ने सरकारको आयु र गति फरक प्रकारको हुन्छ । यो आकस्मिक रुपमा समयको मध्यावधिमा भएका राजनीतिक उतारचढावका बीचबाट प्रकट भएको, सिर्जना भएको, उम्रिएको यो सरकार हो ।
अघिल्लो सरकारले नीति, कार्यक्रम, बजेट ल्याइसकेको अवस्था छ । त्यो नीति, कार्यक्रम र बजेटलाई प्रक्रियागत हिसाबले कानूनी रुपमा अगाडि बढाइसक्नुपर्ने बाध्यात्मक परिस्थिति, त्यसका बीचबाट पनि केही सक्ने कामहरू गर्नसकिन्छ कि भनेर खोजिनीति गर्नुपर्ने अवस्था भएको हुँदाखेरी मैले जो एभरेज भने, एभरेजमा यसले काम गर्न सक्छ ।
यसका पहिलो चुनौती भनेको स्वास्थ्यको चुनौती हो । आम नेपाली नागरिकले सबैले खोप समयावधिभित्र प्राप्त गरिसक्नुपर्छ । त्यसको प्रक्रिया र त्यसको अध्याय विगतको सरकारले पनि केही गरेको थियो । सबै कुरा नेगेटिभ हामी भन्दैनौँ । त्यसलाई निरन्तरता दिदैँ थप आम नागरिकलाई, सबै नागरिकलाई खोप पु¥याउने गरी यसले आफ्नो प्रक्रियाको सुरुवात गरेको छ र गर्नुपर्छ । त्यो चुनौती स्वीकार गर्नुपर्छ । दोस्रो, खासगरी विदेशसित हाम्रा बिग्रेका सम्बन्धहरू न त हाम्रो चिन सँग सुमधुर सम्बन्ध बन्यो, न त हाम्रो भारतसँग सम्बन्ध बन्यो । न त हाम्रा लिम्पियाधुरा, लिपुलेक र कालापानीका मुद्दाहरू सहजीकरण भए, टेबुल भएर अगाडी बढे, न त हामीले व्यापार, पारवहान, ट्रेड लगायतका कुराहरूलाई ठोस रुपमा अगाडि बढाउन सकेनौँ । गफै गफमा हाम्रो विगत वित्यो । त्यसकारणले धेरै गर्न नसकेपनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्ने दोस्रो चुनौती हो ।
यो गठबन्धन विचारको तहसम्म गएर समाजवाद ल्याउने बेलासम्म सँगै जान्छ, भन्न म सक्दिनँ । तर यसको नेतृत्वमा निकट भविष्यमा नै हुने चुनावहरू पनि छन् । चुनावसम्म हामीसँगै जान्छौं ।
तेस्रो चुनौती भनेको जनताले बढी उठाएको प्रश्न भनेको सुशासनको प्रश्न हो, भ्रष्टाचारको कुरा हो । भ्रष्टाचारलाई न्यूनिकरण गर्ने । शुन्य सहनशिलतामा पुर्याउने, जिरोमा पुर्याउने भन्ने कुरा गफै होला । तर कमसेकम थप हुन नदिने र नियन्त्रण गर्नको निम्ति यो सरकारले भुमिका खेल्यो भने त्यो सरकारको तेस्रो चुनौती हो ।
चौथो भनेको चालु योजनाहरू निरन्तरता दिने र सम्भव भएका विकास निर्माणका कामहरूलाई पनि निरन्तर गरेर अलिकता तंग्रिन लागिरहेको कोरोना पछिको अर्थप्रणालीलाई । अस्ति प्रस्तुत भएको आर्थिक प्रतिवेदनले पनि देशको आर्थिक चित्र कस्तो छ भन्नेकुरा प्रकट गरेको छ । त्यसलाई सुधार गर्ने र विकास निर्माणका कामलाई नियमित चालु बजेटको साथसाथै निरन्तरता दिने कुरा चाहीँ चौथो यो सरकारका चुनौतीहरू हुन् । यी कुराहरू मोटामोटी रुपमा पुरा गर्यो भनेदेखि यसको आयु अब डेढ वर्ष छ । यो सरकारलाई सफल सरकारको रूपमा मान्न सकिन्छ ।
–मन्त्रिपरिषद्मा जाने नेताहरू छान्न पार्टीलाई सकस परेको हो ? आकांक्षी धेरै भएका हुन् मन्त्रिपरिषद्मा जानका लागि ?
यो सिस्टममा गइसकेपछि कसैले आकांक्षा प्रकट गर्नु उसको अधिकारको कुरा हो । संघीय संसदको कुनैपनि सदस्यले, चाहे राष्ट्रियसभामा होस् वा प्रतिनिधिसभामा होस् । उसले जिम्मेवारी प्राप्त गरेर थप भुमिकाको निम्ति कतै माग गर्नु, भनसुन गर्नु, उसको अधिकारको कुरा हो र हामीले संविधानमा पनि त्यो व्यवस्था गरेका छौँ । त्यसकारणले आकांक्षा र सीमित सिटको सन्तुलन कसरी मिलाउने भन्ने कुरा लिडरशिपको कुरा हो ।
लिडरशिपले कतिपय पार्टीभित्रका जिम्मेवार व्यक्ति र व्यक्तित्वहरूलाई कुन कुन भुमिकामा कसरी सेट गर्ने भन्ने कुरा कला पुर्याएर, सबैको भूमिका सुनिश्चित हुनेगरी, कतिपय पार्टीका जिम्मेवारीहरू पनि होलान् जस्तो अहिले सरकारको नेतृत्व गरेको पार्टी महाधिवेशनको प्रक्रियामा छ । माओवादी पार्टीले पनि सम्मेलनको घोषणा गरिरा’छ । अर्को पार्टी पुर्ननिर्माणको प्रक्रियामा छ । पार्टी र सरकारको कामको बीचको कार्यविभाजन सम्बन्धित पार्टीका लिडरले मिलाउने कुरा हो । मलाई जहाँसम्म लाग्छ, अरु पार्टीको पनि मिलाउलान् । हाम्रो पार्टी त्यस्तो ठुलो समस्यामा बाहीर प्रस्तुत भएजस्तो दिनदिनै मन्त्रिमण्डल छान्नको निम्ति बैठक, दिनदिनै रस्साकस्सी, दिनदिनै घेराबन्दी, दिनदिनै अप्ठ्यारोको स्थितिमा छ कि भन्ने अनुमान मात्रै हो त्यस्तो स्थिति छैन । दुईजना मन्त्री गइसक्नुभाछ । अब बाँडचुड गर्दाखेरी ४, ५ भन्दा बढी पक्कैपनि आउँदैन । चार, पाँचजना छान्ने कुरा दिनदिनै बहस गर्ने, मिटिङ गर्ने विषय होइन । प्रचण्ड पार्टीको अध्यक्ष भएको हुँदाखेरी उपयुक्त निर्णय गर्ने अधिकार उहाँलाई दिएका छौँ । सम्भवत्ः यो कारणले अल्झेको भन्दापनि विभिन्न दलहरू बीचका विभिन्न आन्तरिक कारणले र निर्वाचन आयोगसँग सम्बन्धित कारणले अल्झेको हुँदाखेरी यो विषय लामो भयो । लामो हुनुहुन्थेन । देशप्रति, जनताप्रति अली गम्भीर बनेर, अलि परिपक्व बनेर जान सक्नुपथ्र्यो । तर मान्छे छान्न नसकेर चाहीँ रस्साकस्सी परेर लामो भएको होइन । यो सहज रुपमा टुंगिन्छ ।
– मन्त्रीको लागि तपाईंको आफ्नो दाबेदारी चाहीँ छ कि छैन ?
मैले व्यक्तिगतरूपमा भन्ने विषय भन्दा पनि पार्टीले निर्णय गर्ने विषय हो । मन्त्री, प्रधानमन्त्रीको आशा र अपेक्षा गरेर हामी राजनीतिमा लागेको होइन । निकै कहालीलाग्दो स्थितिमा जनताको परिवर्तन र मुक्तिका निम्ति लागेको हो । विभिन्न साथीहरूले विभिन्न चरणमा यो प्रकृतिको जिम्मेवारीहरू पनि सम्हाल्दै आएको हुँदाखेरी त्यो प्रक्रियाको कहीँ न कहीँ जिम्मेवारी प्राप्त गर्ने इच्छा, आकांक्षा, चाहाना मेरो पनि होला । तर त्यो भन्दा ठुलो कुरो पार्टीको निर्णय हो । त्यसकारण पार्टीले जे निर्णय गर्छ त्यो निर्णयलाई दृढतापूर्वक पालना गरेर अब तपाईँ पार्टीको निम्ति राष्ट्रिय सम्मेलन छ यसमा काम गर्नुस् भने भने म त्यसैमा काम गर्छु ।
होइन, सरकारको नेतृत्व गरेर जानुस् भनेछ पार्टीले भनेपनि त्यसको निम्ति म एकप्रकारको उम्मेदवार हुँ । अरु भन्दा अब्बल हुँ मैले भन्दिनँ । एकप्रकारले त्यो पनि जिम्मेवारी प्राप्त गर्ने प्रतिनिधिसभा सदस्य भएको हुँदाखेरी उम्मेदवार हुँ । यही अर्थमा मलाई बुझ्दा हुन्छ तर हुने, नहुने कुराले मलाई कुनै मानसिक तनाव पनि दिदैन । केही पनि छैन । म आफ्नो काममा अगाडि बढ्छु ।
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव) पक्षका नेता देवेन्द्र पौडेलले अहिलेको संकटलाई निकास दिन संयुक्त आन्दोलनमा जानु पर्ने र त्यसपछि संयुक्त सरकार बनाउनुपर्ने बताएका छन्।
मंगलबार राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले बैशामा चुनाव नहुने र त्यसपछि सरकार आफ्नो आयु लम्ब्याउन संकटकाल वा राष्ट्रपति शासनतिर जाने भन्दै त्यसलाई रोक्न संयुक्त आन्दोलन गर्नुको विकल्प नरहेको बताए।
‘बैशाखपछि तोकिएको समयमा निर्वाचन भएन भने यो सरकार टिक्ने कुनै आधार छैन,’ उनको भनाइ छ, ‘सरकार लम्ब्याउने संकटकाल वा राष्ट्रपति शासन हो। त्यसकारण हामीले त्यहाँ पुग्न नदिन र हामीले प्राप्त गरेको लोकतन्त्रको रक्षा गर्नको निम्ति हामी संयुक्त आन्दोलनमा जानुको विकल्प छैन। यो राजनीतिक संकटको मोचन र यसलाई हल गर्ने भनेको संयुक्त जनआन्दोलन हो ।’
संयुक्त आन्दोलनपछिको अवस्थालाई निकास दिन संयुक्त सरकार बनाउनुपर्ने पौडेलको प्रस्ताव छ। उनी भन्छन्–संयुक्त जनआन्दोलको प्रक्रियाद्वारा यो प्रक्रियाको प्रतिवाद गरेर सहमतिको सरकार वा यसपछिको निकास दिने कुनै पनि प्रकारको नयाँ अध्यायको शुरुवात नगर्दासम्म यसले लिएर जाने भनेको अस्थिरतातिर हो।