Tag: देवी ओली

  • कर्णालीमा देवी ओलीलाई मन्त्री बनाउन नेकपा एसका नेताको लबिङ, मन्त्रीमण्डल विस्तार प्रभावित हुनसक्ने

    कर्णालीमा देवी ओलीलाई मन्त्री बनाउन नेकपा एसका नेताको लबिङ, मन्त्रीमण्डल विस्तार प्रभावित हुनसक्ने

    सुर्खेत । नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र कर्णाली प्रदेश कमिटीका अध्यक्ष अम्मर थापाले आफ्नो पार्टीकी सांसद एवम् सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीलाई कर्णालीको मन्त्री बनाउन लबिङ थालेका छन् । उनीहरु शीर्ष नेतालाई दबाब दिन आज काठमाडौं जाँदैछन् ।

    कर्णाली सरकार विस्तारबारे प्रचण्ड, देउवा र नेपालबीच भएको भनिएको सहमतिविपरीत दुवै नेताहरु समाजवादीले कर्णालीमा तीन मनत्रालय पाउनुपर्ने र देवी ओलीलाई मन्त्री बनाउनुपर्ने माग लिएर काठमाडौं जान लागेका हुन् । यससँगै यहाँ भोलि हुने भनिएको मन्त्रीमण्डल विस्ता प्रभावित हुनसक्ने देखिएको छ ।

    रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद ओली, दलका नेता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, प्रदेश सांसद पदम रोकाया, उपमहासचिव ज्वाला र अध्यक्ष थापाबीच शुक्रबार बसेको बैठकले तीन मन्त्रालयको दाबी नछाड्ने निष्कर्ष निकालेको थियो ।

    ‘केन्द्रबाट कांग्रेसले तीन, माओवादीले तीन र समाजवादीले दुई मन्त्रालय पाउने पत्र आइसकेको छ ।

  • कर्णाली समाजवादीको सचेतकमा संसदीय समितिकी अध्यक्ष ओली, एमालेको आपत्ति

    कर्णाली समाजवादीको सचेतकमा संसदीय समितिकी अध्यक्ष ओली, एमालेको आपत्ति

    सुर्खेत । नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेससभामा अन्तरगतको सामाजिक विकास समितिकी अध्यक्ष रहेकी देवी ओलीलाई दलको सचेतक बनाएको छ । यसप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

    ‘समितिको अध्यक्ष भनेको साझा हो । त्यो पदको छुट्टै महत्व छ’, एमाले प्रमुख सचेतक गुलावजंग शाहले भने, ‘यो त सभामुखलाइ कुनै दलको प्रमुख सचेतक बनाएजस्तो भयो नि ! यस्ता काम पनि गर्न मिल्छ ?’

    उनले संसदीय समिति सबैको साझा भएको बताउँदै कुनै दलको सचेतक भए समितिबाट राजीनामा दिनु पर्नेमा जोड दिए ।

  • माधव नेपालको नयाँ पार्टीमा कर्णाली प्रदेशसभाबाट देवी ओली मात्रै

    माधव नेपालको नयाँ पार्टीमा कर्णाली प्रदेशसभाबाट देवी ओली मात्रै

    सुर्खेत । कर्णाली प्रदेशसभामा सभामुखसहित १६ जना सांसद रहेको एमालेबाट एकजना मात्रै सांसद माधव नेपालको नयाँ पार्टी एकीकृत समाजवादीमा लागेकी छिन् । समानुपातिकतर्फ रुकुम पश्चिमको प्रतिनिधित्व गर्दै प्रदेशसभा सदस्य बनेकी सांसद देवी ओली मात्रै एकीकृत समाजवादीमा लागेकी हुन् ।

    गत वैशाखमा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर उनले पछि आफ्नो मत सच्याएकी थिइन् ।

    उनले आफू एकीकृत समाजवादीप्रति प्रतिवद्ध रहेको प्रतिक्रिया दिएकी छन् । उनलाई उक्त दलले मन्त्री बनाउने आश्वासन दिएको बताइएको छ ।