Tag: देउसी-भैलो

  • बसको ठक्करबाट देउसी खेलिरहेका दुई पुरुषको मृत्यु, ८ घाइते

    बसको ठक्करबाट देउसी खेलिरहेका दुई पुरुषको मृत्यु, ८ घाइते

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी नजिकैको सडकखण्डमा शनिबार राति यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको र अन्य चार जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा हेटौंडा-१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।

    रौतहटको गौरबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख ०९३६ नम्बरको बसले देउसीभैलो खेलिरहेको समूहमा घुसेको थियो । शनिबार राति १०: ३० बस अनियन्त्रित भएर ‘रङ् साइड’मा गएर ठक्कर दिँदा दुई जनाको मृत्यु भएको र अन्य ८ जना घाइते भएको प्रहरीले बताएको छ ।

    त्यस्तै बसको ठक्करबाट सङ्गम नेपाली, निषा मोक्तान, तुलसा विष्ट र लक्ष्मी गुरुङ घाइते भएका र उनीहरूको हेटौँडा तथा भरतपुर अस्पतालमा उपचार भइरहेको रिमालले बताए ।

    ठक्कर दिने बसमा स्थानीयवासीले आगजनी गर्दा बस पूर्णरूपमा जलेर नष्ट भएको छ । सो बसका चालक फरार रहेको, उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल प्रेसको आँगनमा चर्चित कलाकारहरुको देउसी-भैलो, हेर्नूस् ४० तस्बिर

    नेपाल प्रेसको आँगनमा चर्चित कलाकारहरुको देउसी-भैलो, हेर्नूस् ४० तस्बिर

    काठमाडौं । कोरोनाका कारण गत वर्ष चाडवाडहरु खल्लो भए । यसपाली भने कोरोनाको प्रभाव मत्थर हुँदै गएकाले दशैं र तिहारको माहोल उल्लासमय बनेको छ । यही माहोलमा रौनक थप्न नेपाल प्रेसले देउसी–भैलोसहितको सांस्कृतिक कार्यक्रम मंगलबार साँझ आयोजना गर्‍यो ।

    देशका चर्चित कलाकारहरुले नेपाल प्रेसको मिनभवनस्थित प्रधान कार्यालयको प्रांगणमा देउसी–भैलो खेलेका थिए । कलाकार टोलीको नेतृत्व गरेका थिए प्रख्यात लोकगायक बद्री पंगेनीले । उनले देउसी भट्याए भने अन्य कलाकारहरुले साथ थिए ।

    कार्यक्रममा कलाकारहरुले विभिन्न गीत-संगीत, नृत्य तथा कमेडीसमेतको प्याकेज प्रस्तुत गरेका थिए । हास्यव्यंग्य कलाकार राजा राजेन्द्रले नेताहरुको क्यारिकेचरसहित प्यारोडी देउसी खेलेर पेट मिचिमिची हँसाए । उनको प्रस्तुतिमा राजनीतिक घोचेपेचका साथै सामाजिक सञ्जालमा भाइरल भएका विषयवस्तु पनि समावेश थिए ।

    कार्यक्रममा अहिलेका चर्चित गायिकाहरु एञ्जिला रेग्मी, अनिता चलाउने, सिर्जु अधिकारी, डिजराज पौडेल र सुरेश रावलले विभिन्न गीतसंगीत प्रस्तुत गरेका थिए । यसैगरी नृत्यांगना कविता नेपालीको कार्यक्रमको बेल्ली डान्स विशेष आकर्षण बन्यो ।

    कार्यक्रमको अन्त्यमा बद्री पंगेनी शिला आले र सिर्जु अधिकारीले दोहोरी गाएर कार्यक्रमलाई थप रमाइलो बनाए । कार्यक्रममा नेपाल प्रेसका संस्थापक निर्देशक ध्रुव शर्मा र प्रधान सम्पादक मात्रिका पौडेलले तिहारको शुभकामनासहित कलाकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।