Tag: देउवालाई विश्वासको मत

  • अदालतको आदेश आकर्षित नहुने भाषा राखेर एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

    अदालतको आदेश आकर्षित नहुने भाषा राखेर एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण

    काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर स्पष्टीकरण सोधेको छ ।

    साउन ५ गते पठाइएको २४ घण्टे स्पष्टीकरणमा शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका अभियोग लगाइएको छ ।

    अदालतले देउवालाई समर्थन गरेका सांसदलाई कारवाही नगर्न आदेश दिएकाले स्पष्टीकरणमा सो विषय उल्लेख गरिएको छैन । २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने ? भनी प्रश्न सोधिएको छ ।

  • महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत

    महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । आफूहरूले उठाएका राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता आएकोले विश्वासको मत दिन सकरात्मक भएको ठाकुर पक्षका नेता डा.सुरेन्द्र झाले जानकारी दिए ।

    प्रधानमन्त्री देउवाले ठाकुरलाई औपचारीक पत्र लेखी विश्वासको मत मागेका थिए । संसद भवनमै भएको छलफलमा देउवाले ठाकुरसँग मधेस आन्दोलनका माग पूरा गर्न तयार रहेको बताएपछि ठाकुर पक्ष विश्वासको मत दिन तयार भएको झाको भनाई छ । यसबारे निर्णय लिन ठाकुर पक्षका सांसदहरु छलफलमा छन् ।

  • देउवालाई विश्वासको मत दिनेबारे सामूहिक धारणा बनाउन माधव पक्ष आन्तरिक छलफलमा

    देउवालाई विश्वासको मत दिनेबारे सामूहिक धारणा बनाउन माधव पक्ष आन्तरिक छलफलमा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बारेमा सामूहिक धारणा बनाउन नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

    विघटित कार्यदलका नेताहरूले नेपाल निवास कोटेश्वरमा पुगेर माधव नेपालसँग वार्ता गरेलगत्तै नेपाल पक्षको आन्तरिक बैठक बसेको हो । नेपाल निवासबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत संस्थापन पक्षका नेताहरू बाहिरिएका छन् ।

    माधव नेपाल निवासनजिकै च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । यता नेपाल निवासमा देउवालाई विश्वासको मत दिनेबारे माधव समूहका नेता छलफलमा छन् ।

    माधव नेपाल लगायत २३ जनामध्ये अधिकांस सांसद विश्वासको मत दिनुपर्ने पक्षमा छन् । भीम रावल, सुरेन्द्र पाण्डेलगायत वार्ता टोलीमा रहेका नेताहरूले संस्थागत निर्णयमा जोड दिएका छन् ।

    माधव नेपाल पक्षका २३ मध्ये केही सांसदले मत नदिए पनि देउवालाई विश्वासको मत पुग्नेछ ।