Tag: दूतावास

  • इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कँदै जाँदा नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह

    इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कँदै जाँदा नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह

    काठमाडौं, बैशाख २९ गते । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कँदै जाँदा त्यहाँ रहेका नेपालीको सुरक्षामा चासो व्यक्त भएको छ ।

    इजरायलमा रहेका नेपालीहरुलाई समस्या परे दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । तेलअभिभ नियोगले बुधबार सूचना जारी गर्दै इजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै गएकाले सुरक्षित रहन अपिल गरेको हो ।

    सोमबारदेखि प्यालेस्टाइन र इजरायलको गाजा क्षेत्रमा रकेट आक्रमण हुँदा दर्जनौं हताहत भएका छन् । हमास विद्रोही र इजरायली सेनाबीचको लडाइ मत्थर हुने संकेत मिलेको छैन ।

    जेरुसेलम र दक्षिण ईजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको दूतावासले जानकारी दिएको छ । मंगलबार मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएका दूतावासको सूचनामा उल्लेख छ ।

    यसले सबैलाई त्रसित तुल्याएको भन्दै यसबाट नआत्तिन तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरुको खोजी गर्नेतर्फ लाग्न ईजरायलमा रहेका नेपालीलाई दूतावासले सूचना जारी गर्दै अपिल गरेको छ ।

    साइरन बज्नासाथ हुनुहुन्छ भने बङ्कर, भर्‍याङ वा सुरक्षित क्षेत्रमा जान, झ्याल नजिक नजान, यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) भए नजिकैको बङ्करमा पुगिहाल्न र त्यो उपलब्ध नभएमा जहाँ रहेको हो त्यही सुरक्षित हुने उपाय अवलम्वन गर्न भनिएको छ ।

    कुनै समस्या परेमा दूतावास, साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अपिल गरिएको छ ।

  • भारतस्थित नेपालीलाई कोरोनाबाट सुरक्षित रहन दूतावासको अपिल

    भारतस्थित नेपालीलाई कोरोनाबाट सुरक्षित रहन दूतावासको अपिल

    दिल्ली । भारतस्थित नेपाली नागरिकहरुलाई कोभिड-१९ बाट सुरक्षित रहन दिल्लीस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

    दूतावासले शुक्रबार विज्ञप्ती जारी गर्दै भारतमा रोजगार, अध्ययन एवं पेशा व्यवसाय गरी बस्ने नेपाली नागरिकलाई धैर्य गर्न र विचलित नहुन दूतावासले आग्रह गरेको हो ।

    कोरोनाविरुद्धको लडाइमा दुबै मुलुक एकसाथ रहेको उल्लेख गर्दै राजदूत निलाम्बर आचार्यले एकापसमा सहयोग पु¥याउन पनि नेपालीलाई आग्रह गरेका छन् ।

    खोप लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेकोमा भारत सरकारलाई उनले धन्यवाद समेत दिएका छन् । उनले स्वास्थ्योपचारको सिलसिलामा सहजीकरण गर्न दूतावास तयार रहेको समेत उनले जनाएका छन् ।

    यसका लागि दूतावासमा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।