Tag: दुर्घटना

  • विद्यार्थी लिएर कलेज आउँदै गरेको बस दुर्घटना, एकको मृत्यु

    विद्यार्थी लिएर कलेज आउँदै गरेको बस दुर्घटना, एकको मृत्यु

    दाङ । आज विहान कलेज बस दुर्घटना हुँदा एकजना बिद्यार्थीको मृत्युु भएको छ । पब्लिक ज्ञानज्योती कलेजको रा १ ख ४३३ नम्बरको बस तुलसीपुर–१५ सरैया डाँडामा दुर्घटना हुँदा १२ कक्षमा अध्यनरत सम्झना केसीको मृत्यु भएको हो ।

    जिप्रका दाङका अनुसार दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये किरण चौधरीको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कोहलपुर रेफर गरिएको छ ।

    अरू २१ जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । आज विहान ५ बजे विद्यार्थी लिएर कलेजतर्फ आउँदै गरेको बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको सबै विवरण आइसकेको छैन ।

  • ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

    ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

    चितवन । कालिका नगरपालिका-८ भोर्लाघारीस्थित सडकमा ‘अनटेष्ट’ लेखेको ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।

    शुक्रबार बिहान ना. २१ प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने २८ वर्षीया गंगा मगरको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    घटनालगत्तै फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।

  • मकवानपुरको मनहरीमा सवारी दुर्घटनाः चालकसहित तीनको मृत्यु, १० घाइते

    मकवानपुरको मनहरीमा सवारी दुर्घटनाः चालकसहित तीनको मृत्यु, १० घाइते

    काठमाडौं । झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बसमा सवार अभयलालको उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको र चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनामा गम्भीर भएका सुनिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको र चिकित्सकले मृत घोषणा गरेको हो ।

    सोही दुर्घटनामा परी ट्रक चालक, सहचालक गरी तीन र बसका सात गरी १० जना घाइते भएका छन् । घाइते सबैको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

    उक्त बसमा अन्दाजी ३५ यात्रु सवार थिए । तीमध्ये सातमात्रै घाइते रहेको जनाइएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

  • माइक्रो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

    माइक्रो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

    विराटनगर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा सडक खण्डमा आज विहान भएको सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

    सुन्दरहरैँचा नगरपालिका–८ र ७ को मध्याली पुलनजिक हायस माइक्रो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको हो ।

    दुर्घटनामा परी घाइते भएका उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा विहान मृत्यु भएको थियो । यस्तै दुर्घटनामा परी अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

    प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस माइक्रो र विपरीत दिशा आइरहेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

    तीव्र गतिमा रहेको मोटरसाइकल एक्कासि हायसको अगाडिको भागमा ठोकिएर मध्याली पुलनजिक ठोकिन पुगेको थियो ।मोटरसाइकल ठोक्किएपछि अनियन्त्रित बनेको हायसले सवार रहेका दुई जनासहित मोटरसाइकललाई घिसारेर दुई सय मिटर पर सडकको दक्षिणतर्फ सुन्दरहरैँचा–७ स्थित खेतमा पुर्याएको जानकारी एसपी शर्माले दिए ।

    दुर्घटनामा हायसका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका अन्दाजी १८ वर्षीय उत्सव गिरी घाइते भएका छन्। गम्भीर अवस्थाका दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • ट्रक जुध्दा दुवै चालकको मृत्यु, सह-चालक गम्भीर घाइते

    ट्रक जुध्दा दुवै चालकको मृत्यु, सह-चालक गम्भीर घाइते

    रासस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गएराति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो ।

    दुर्घटनामा ना ६ ख ३०११ नंकाे ट्रकका चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको उनले जानकारी दिए ।

    दुर्घटनामा परेर दुवै ट्रकका सहचालक गम्भीर घाइते भएका छन् । सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र दाङको बवही गाउँपालिका–६ का ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् ।

    घाइते दुवैको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको डीएसपी गिरीले जानकारी दिए ।

  • कञ्चनपुरमा सवारी दुर्घटना : दुईको मृत्यु

    कञ्चनपुरमा सवारी दुर्घटना : दुईको मृत्यु

    कञ्चनपुरमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ ।

    जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ वनहरा जङ्गलमा धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको हो ।

    ना४ ख १७६४ नंबरको बसले म ३ प १४८० नंबरको मोटरसाइकललाई ठक्कर दिँदा भीमदत्त नगरपालिका-४ का २४ वर्षीय दिनेश दमाई र २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरले जानकारी दिएको छ ।

    दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि महाकाली अस्पताल लगिएको थियो । उनीहरूको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए।
    अहिले ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • रुखको हाँगाले लागेर बृद्धको मृत्यु

    कैलाली । कञ्चनपुरमा रुखको हाँगाले लागेर बृद्धको मृत्यु भएको छ ।

    कृष्णपुर नगरपालिका–२ वाणी शिविरको खल्ला कोटस्थित जनहित महाकाली सामुदायिक वनमा रुखको हाँगाले लागेर करिब ६५ वर्षीय हिक्मत देउवाको मृत्यु भएको छ ।

    सामुदायिक बनका झाडी फडानी गर्ने क्रममा हाँगाले लागेर देउवा गम्भीर घाइते भएका थिए ।

    आइतबार दिउँसो धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

  • कैलालीमा ग्रेडरको ठक्करबाट एकको मृत्यु

    कैलालीमा ग्रेडरको ठक्करबाट एकको मृत्यु

    कैलाली । कैलालीमा ग्रेडरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

    चुरे गाउँपालिका–१ बजारीमा ग्रेडरको ठक्करबाट सोही ठाउँमा ४६ वर्षीय लक्ष्मण छेलालको मृत्यु भएको हो।

    बा २ क २१३५ नम्बरको ग्रेडरले ठक्कर दिएर गम्भीर घाइते भएका छेलालको उपचारको क्रममा शनिवार साझ धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

  • बिरामी बोकेको जिप दुर्घटना, बिरामीकै मृत्यु, चार घाइते

    बिरामी बोकेको जिप दुर्घटना, बिरामीकै मृत्यु, चार घाइते

    रासस । म्याग्दीको बेनी नगरपालिका-४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    मालिका गाउँपालिका-३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका-३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

    रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ ।

    यसैगरी मालिका-३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

    चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् । तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए ।

  • ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

    ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

    कैलाली । कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ।

    जिल्लाको घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा शनिवार राति म १ त ५४२ नम्बरको ट्याक्टर र बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको हो।

    दुर्घटनामा घोडाघोडी नगरपालिका- १० का २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

  • ट्रकको ठक्करबाट चितवनमा एकको मृत्यु

    ट्रकको ठक्करबाट चितवनमा एकको मृत्यु

    रासस । चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ ।

    बिहीबार साँझ चितवनको राप्ती नगरपालिका-१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ६ ख ६२८६ नंको ट्रकले सोही दिशाबाट आइरहेको प्रदेश नं २–०२–००१ प ५१०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक झाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार धनुषा जनकनन्दनी गाँउपालिका–५ का २२ वर्षीय श्वेता झाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • मोरङ र पूर्वी नवलपरासीमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

    मोरङ र पूर्वी नवलपरासीमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

    काठमाडौं । मोरङ र नवलपरासीका अलग-अलग ठाउँमा भएका सवारी दुर्घटनामा तीन जनाको मुत्यु भएको छ ।

    पूर्वी नवलपरासीको कावासोती–८ खर्कटामा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । खर्कटा जंगलको भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना २२ प ६५५५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा कावासोती नपा–३ का २४ वर्षीय हेमराज थापा र कावासोती नपा–८ का २६ वर्षीय सुनिल जैसवालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मोरङको लेटाङमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने घटनामा अन्य १६ जना घाइते भएका छन् । यसैबीच मोरङको लेटाङ नगरपालिका– १ अधेरीस्थित भित्री कच्चीसडक खण्डमा शुक्रबर साँझलेटाङबाट कुवापानीतर्फ जादै गरेको को १ ज ३२६२ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    बुलेरोमा सवार लेटाङ १ का ५९ वर्षीय नैनकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनामा परी घाइते १६ जनाको विराटनगका विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

    सडकबाट करिब तीन सय मिटर तल खसेको बुलेरोमा १७ जना सवार थिए।

  • प्रदेश २: दुर्घटनामा एकैदिन ४ को मृत्यु, २० जना  घाइते

    प्रदेश २: दुर्घटनामा एकैदिन ४ को मृत्यु, २० जना घाइते

    जनकपुरधाम । प्रदेश २ मा भएको छुट्टाछुट्टै दुर्घटनामा एकैदिन चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर छ ।

    सप्तरीको हुलाकी सडक अन्तर्गत खडक नगरपालिका ११ बनौलीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वतर्फ आउँदै गरेको तीन जना सवार प.२–०१–००१–६१४६ मोटरसाईकल अनियन्त्रित भएर मध्यराति दुर्घटना भएको हो ।

    दुर्घटनामा मोटरसाईकल चालक खडक नगरपालिका- ११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार सोही ठाउँका २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए । उनका अनुसार मोटरसाईकलमा पछाडी सवार स्थानीय २१ वर्षीय सुनीलकुमार चौधरी घाइते भएका छन् ।

    गम्भीर घाईते चौधरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

    यता, सर्लाहीमा यात्रुबाहक बस पल्टिदा २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका ४ मा ना ५ ख ४४८८ नम्बरको बस अनियन्त्रित भएर पल्टेको छ ।

    दाङबाट काँकडभिट्टातर्फ बस जाँदै गर्दा दुर्घटना भएको सर्लाहीका एसपी सन्तोष सिंह राठोरले जानकारी दिए ।

    उनका अनुसार बसमा सवार बसमा ३० यात्रु सवार थिए । जसमध्ये दाङको राप्ती गाउँपालिका ५ का ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी २३ वर्षीया रीता चौधरीको मृत्यु भएको छ ।

    घाइते १९ जनामध्ये बसका चालकसहित ५ जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका लागि वीरगञ्ज लगिएको छ ।

    दुर्घटना आज बिहान करिब ५ बजे भएको एसपी राठोरले जानकारी दिए । बसमा सवार ११ जनाको सकुशल उद्धार गरिएको छ । बस चालक निदाएर वा कुहिरोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

  • सुनसरीको दुहबीमा माइक्रो बस दुर्घटना: ३ जनाको मृत्यु, ८ घाइते

    सुनसरीको दुहबीमा माइक्रो बस दुर्घटना: ३ जनाको मृत्यु, ८ घाइते

    सुनसरी । सुनसरीको दुहबीबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ३८६८नम्बरको माईक्रोमा विपरीत दिशाबाट आउँदै गरेको ३४ प ४६९४ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा सप्तरी राजविराजका शंकर यादव, सुनसरी इनरुवा ३ का बर्खी मण्डलको पहिचान खुलेको ट्राफिक प्रहरी कार्यालय दुहबीका ईन्चार्ज गोपाल श्रेष्ठले जानकारी दिए ।

    घाइतेहरुको विराटनगर अस्पताल र दुहबीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • ट्रक दुर्घटनामा तीनको मृत्यु, एक घाइते

    ट्रक दुर्घटनामा तीनको मृत्यु, एक घाइते

    रासस । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भीरमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    आइतबार राति करिब साढे ११ बजे बा ४ ख ७९८० नम्बरको आइचर ट्रक दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए ।

    हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । दूधकोशी सोलुखोला (८६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको ट्रक भिरबाट करिब ३०० मिटर खसेको प्रहरीले जनाएको छ । सोलु जलविद्युत् आयोजना (२३.५ मेगावाट)मा निर्माण प्रयोग भएका सामग्री निमाणाधीन (८६ मेगावाट) दूधकोशी सोलु खोला जलविद्युत् आयोजनामा लैजाने क्रममा महादेव भीरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने मार्ग भए पनि सल्यानतर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन ।

  • बाग्लुङमा जीप दुर्घटना– एकको मृत्यु, सात घाइते

    बाग्लुङमा जीप दुर्घटना– एकको मृत्यु, सात घाइते

    बागलुङको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

    बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर विजय भण्डारीले बताए ।

    दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मण् िविक, २१ वर्षीया रतना सुनार, ६ वर्षीय योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार रहेको भण्डारीले जानकारी दिए ।

    कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

  • सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

    सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले  बुधबार दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

    ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    अदलीबदली गर्नका लागि सूर्य दल गण विराटनगरबाट भैरवदल गण ललितपुरका लागि ३२ जनासहितको टोली लिएर हिँडेको बा१ग १९८१ नंको नेपाली सेनाको वानटनले सोही दिशाबाट जाँदै गरेको स.५प ५०७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक साहले बताए ।

    सेनाको गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

  •  ट्रकको ठक्करबाट दुईको मृत्यु

     ट्रकको ठक्करबाट दुईको मृत्यु

  • सुमोको ठक्करबाट ललितपुरमा दुईको मृत्यु

    सुमोको ठक्करबाट ललितपुरमा दुईको मृत्यु

    काठमाडौं । ललितपुरको सातदोबाटोमा बिहीबार राति टाटा सुमोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बीएण्डबी अस्पतालका ती कर्मचारीकाे आफू कार्यरत अस्पतालमै उपचारका क्रममा निधन भएको हो ।

    बिहीबार बेलुका करीब ७ बजेतिर सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको प्रदेश-३-००१ च ०७१३ नम्बरको टाटा सुमोले ठक्कर दिंदा कार्यालय समय सकिएर घर फर्कन लागेका उनीहरु गम्भीर घाइते बनेका थिए ।

    बीएन्डबी अस्पताल अगाडिको आकाशेपुल नजिकैबाट बाटो काट्दै गरेका उनीहरू दुर्घटनामा परेका हुन् । मृत्यु हुनेमा तनहुँ घर भई ललितपुरको हरिसिद्धिमा बस्दै आएकी ३४ वर्षीया सुनिता सोती सापकोटा र ४५ वर्षीय कृष्णप्रसाद तिमल्सिना छन् ।

    प्रहरीले सुमो चालक ३१ वर्षीय मीनबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ।

  • नवलपरासीमा ट्रक दुर्घटना: तीन जनाको मृत्यु

    नवलपरासीमा ट्रक दुर्घटना: तीन जनाको मृत्यु

    नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका – ३ भोक्रोफाँटमा भीरबाट ट्रक खस्दा तीन जनाको मृत्यु भएको छ ।

    आज बिहान साढे ७ बजे बुलिङटारबाट गैंडाकोटतर्फ आउँदै गरेको ना ३ ख ५३३९ नम्बरको ट्रक सडकबाट १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

    दर्घटनामा ट्रक चालक मकवानपुरको हेटौंडा बस्ने ४५ वर्षीय सुरेश भुजेल र अन्य नाम थर ठेगाना नखुलेका दुई जना पुरुष गरी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनाको कारण बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • टिकटकले लियो ज्यान, झोलुंगे पूलबाट खसेका रमेशको उपचारका क्रममा निधन

    टिकटकले लियो ज्यान, झोलुंगे पूलबाट खसेका रमेशको उपचारका क्रममा निधन

    दाङ । दाङको पुरन्धाराको छहरामा पिकनिक गएको समयमा झोलुंगे पूलबाट खसेर शनिबार गम्भीर घाइते भएका रमेश थापाको उपचारका क्रममा आज निधन भएको छ ।

    टिकटक बनाउन झोलुंगे पूलको लठ्ठामा झुन्डिएका रमेश फर्कन नसक्दा त्यहीँबाट बबई नदीको बगरमा खसेका थिए । तत्कालै उद्दार गरी प्रादेशिक अस्पताल तुलसीपुर  पुर्र्याइएको थियो । त्यहाँ उपचार संम्भव नभएपछी थप उपचारकालागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको थियो । उनको उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको हो ।

    बबई गाउँपालिका ५ स्थित पुरन्धारा झरना आन्तरिक पर्यटकको आर्कषक गन्तव्य हो । त्यहाँ देशका विभिन्न जिल्लाबाट छहरा हेर्न आउनेको भीड लाग्छ ।

    करिब ३५ किलोमिटरको दुरीमा रहेको बिजौरीका युवाको छहराले मन नलोभ्याउने कुरै भएन । त्यसैले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ बिजौरीका युवाहरु शनिवार बनाउन पुरान्धारा छहरा पुगेका थिए ।

    स्थानीय झुपु क्षेत्रीका अनुसार पिकनिक गएको बिजौरीको टोलीले दिउँसोको करिव २ बजे खाजा खाएको थियो । खाजा खाने बेला केहीले मदिरा समेत सेवन गरे । खाना खान बाँकी नै थियो ।

    खाजा खाएपछी केहीले खाना बनाउन व्यस्त रहे भने केही रमाइलो गर्न मस्त भए । रमाइलो गर्ने समुहमा थिए २४ वर्षीय रमेश थापा । पेशाले उनी यातायात व्यवसायी हुन् । उनको गाडी स्थानीय रुटमा चल्ने गर्छ ।

    नाँचगान गर्दागर्दै रमेशसहितका साथीहरु सहित नजिकै रहेको झोलुंगे पुलमा पुगे । यत्तिकैमा उनीहरुलाई टिकटक बनाउने ‘मुड’ चल्यो । अरुले पुलमै टिकटक बनाए भने रमेश पूलको सपोर्ट तारमा झुन्डिएर टिकटक बनाउन तम्सिए । साथीहरुले त्यसो नगर्न भनिरहेकै थिए ।

    मदिरा सेवन समेत गरेका रमेशको जिद्दीका अगाडी कसैको केही चलेन । उनी तारमा झुन्डिएर केहि तल पुगे, माथि फर्कन खोज्दा सकेनन् । केहिबेरको प्रयासपछि उनको हात गल्यो र करिव ५० मिटर तल बगरमा बजारिए ।

  • कोइला खानीमा परेर २३ जनाको मृत्यु

    कोइला खानीमा परेर २३ जनाको मृत्यु

    मङ्सिर (रासस÷एएनआई) चीनको कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो ।
    उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो । त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान गएको थियो ।

    त्यस दुर्घटनामा परेका अर्का एकजनालाई भने उद्धार गरेर बाहिर निकालिएको यहाँका उद्धारकर्मी तथा मजदुरहरुले जानकारी दिएका हुन् । चीनको समाचार समिति सिन्ह्वाले दिएको समाचारमा शुक्रबार अपरान्ह पाँच बजेतिर सो खानीमा उक्त दुर्घटना भएको थियो । त्यो कोइला खानी करिब दुई महिना अघिदेखि बन्द गरिएको थियो ।

    सरकारले तय गरेका सुरक्षाका मापदण्डहरु पूरा नगरेको भनेर उक्त कोइला खानी बन्द गरेकोमा हालैमात्र त्यसलाई सञ्चालनमा ल्याइएको थियो । चीनमा कोइला खानीमा यस्ता दुर्घटनाहरु बारम्बार हुने गरेका छन् । यस दुर्घटनापछि यस खानीको पनि अनुसन्धान गरिने भएको यहाँको प्रहरीले जानकारी दिएको छ ।