Tag: दिनेश थपलिया

  • ५ गतेभित्र मतगणना सक्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

    ५ गतेभित्र मतगणना सक्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

    विराटनगर । मतगणना सुस्त भएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मुलुकभरको मतगणना जेठ ५ गतेसम्म सकिसक्न निर्देशन दिएका छन् ।

    विराटनगरस्थित आर्दश विद्यालयको मतगणनास्थलको निरीक्षण गर्दै प्रमुख आयुक्त थपलियाले भने, ‘जेठ ५ गतेभित्र रिजल्ट निकाल्ने गरी काम हुनुपर्छ,
    व्यवस्थापनका लागि कर्मचारी दिन आयोग तयार छ । जसरी पनि परिणाम चाहियो ।’

    अहिले मतगणना गर्ने स्थानका कारण पनि समस्या भइरहेको उनको भनाइ छ ।