Tag: दाेलखा

  • थुनिएको रोङ्सीबाट पानी बग्न थालेपछि तामाकोशीको तटीय क्षेत्रमा जोखिमको खतरा टर्दै

    थुनिएको रोङ्सीबाट पानी बग्न थालेपछि तामाकोशीको तटीय क्षेत्रमा जोखिमको खतरा टर्दै

    काठमाडौं । तामाकोशी नदीको तल्लो तटीय क्षेत्रमा तत्काललै ठूलो जोखिम नरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । तामाकोशीको शाखा नदी रोङसी पहिरोले थुनिएपछि खतराको सूचना दिइएको थियो ।

    शनिवार दिनभर लगाएर चीनियाँ पक्षले रोङ्सीको वहावलाई केही खोल्न सफल भएको जिल्ला प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिए । विस्तारै पानी बग्न थालेपछि एकैपटक नदी फुट्ने खतरा टरेको छ ।

    यद्यपी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन रामेछाप जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । चीनको तिङ्ग्री काउन्टीतर्फबाट आउने रोङ्सीलाई पहिरोले थुनेपछि तामाकोशी क्षेत्रमा जोखिम बढेको थियो ।

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलाशयका चारवटा ढोका भने खोलिएको छ । अहिले तामाकोशीमा लेदोसहितको बाढी आएको छ ।

  • दोलखामा मध्यरातमा जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु, १७ घाइते

    दोलखामा मध्यरातमा जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु, १७ घाइते

    काठमाडौं । दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ मा गएराति ११ बजे भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै विगु गाउँपालिका वडा नम्बर ३ का बासिन्दा हुन् ।

    जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अन्जन कोइरालाका अनुसार सिंगटी बजार नजिकै लादुग गाउँमा घुमाउरो उकालो कच्ची सडकबाट प्रदेश–३, ०१, ०२३ च ७५८० नम्बरको जीप अनियन्त्रित भइ करिव १ सय मिटर तल खसेको थियो ।

    दुर्घटनामा बिगू गाउँपालिका–३ का चण्डिका थापा, रिता खत्री राधा खड्का र विनोद केसीको घटनास्थलमै मृत्यु भएको हो । जीपमा १० महिने शिशुसहित २२ जना सवार थिए । शिशुको अवस्था सामान्य रहेको र उनलाई परिवारको जिम्मा लगाइसकिएको इन्स्पेक्टर कोइरालाले जानकारी दिए ।

    १७ जना घाइतेमध्ये सामान्य अवस्थामा रहेका २ जना उपचारपछि घर फर्किसकेको, १ जनाको चरिकोट अस्पतालमा उपचार भइरहेको र बाँकी १४ जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको कोइरालाले जानकारी दिए ।

    मुढेबाट सिंगटीतर्फ जाँदै गरेको प्रहरी रेकर्डमा भेटिएको तर जीप कहाँ गएर आएको थियो भन्नेबारे जानकारी लिन बाँकी रहेको उनले बताए । ‘हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्दार हो । बिगू गाउँपालिकाकै स्थानीय जीप भएको र चालक तथा जीप धनी पनि दुर्घटनामा परेको भन्ने सुनेका छौं । सबै उपचाररत छन्,’ इन्स्पेक्टर कोइरालाले नेपालप्रेससँग भने, ‘दुर्घटनाकाे कारणबारे अनुसन्धान गर्दैछाैं ।’