Tag: दसैँ २०७८

  • सडकमा बढ्न थाल्यो चहलपहल (तस्बिरहरू)

    सडकमा बढ्न थाल्यो चहलपहल (तस्बिरहरू)

    काठमाडौं । सुनसान बनेका सहरका सडकमा पुन: चहलपहल बढ्न थालेको छ । मान्यजनको हातबाट दसैँको टीका लगाउन आउजाउ गर्नेहरूको चाप बढेसँगै काठमाडौंमा पुनः चहलपहल बढेको हो ।

    शुभ साइतमा घरमा टीका लगाएर आफन्तकोमा जानेक्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक र निजी सवारीको संख्या बढेको छ । रातो टीका र पहेँलो जमरा लगाएर देशभर हर्षोल्लासका साथ विजया दशमी मनाउने चलन छ ।

    घटस्थापनाका दिन राखिएको जमरा आज दुर्गादेवीको प्रसादको रुपमा लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रुपमा विजया दशमी मनाउने चलन रहेको छ ।

    सर्वसाधारणहरू घरमा टीका लगाएर माइत, मावल ससुराली जान थालेसँगै महाष्टमीदेखि सुनसान रहेका काठमाडौंका सडक क्रमश: व्यस्त देखिएको छ ।

  • शुभ साइतमै लगाइयो बडा दसैँको टीका (तस्बिरहरू)

    शुभ साइतमै लगाइयो बडा दसैँको टीका (तस्बिरहरू)

    काठमाडौं । बडादसैँको शुभ साइतमा आज टीका ग्रहण गरिएको छ । पञ्चांग निर्णायक समितिले तय गरेको बिहान १० बजेर २ मिनेटपछिको शुभ साइतमा अधिकांश सर्वसाधारणले मान्यजन र अग्रजको हातबाट टीका लगाए ।

    आज दिनभर नै टीकाको लागि उत्तम साइत रहेको बताइएको छ ।

    विजया दशमी अन्तर्गत आज मुख्य दिन बडा दसैँ हो । आफूभन्दा ठूलाबडाको हातबाट टीका र आशीर्वाद ग्रहण गर्ने प्रचलन रही आएको छ । हेरौँ २०७८ को दसैँ टीकाका केही तस्बिरहरू :