Tag: दम्पतीको मृत्यु

  • ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

    ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

    झापा । पूर्व-पश्चिम राजमार्गको दमकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक झापा कन्काई-३ का ४३ बर्षीय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकै पत्नी ३६ वर्षीया भीमा विष्ट रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    गएराति सवा १० बजे पश्चिमतर्फ आउँदै गरेको ना. ४ ख ८७३० नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको प्रदेश २-०३-०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते विष्ट दम्पतीको उपचारको लागि दमक लाइफलाइन अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको हो ।

    दुर्घटना गराइ फरार ट्रक र चालक मोरङ विराटनगर-४ का ४८ वर्षीय सुजन थापालाई अस्थाई प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा लिएको छ ।