Tag: थुना आदेश

  • ज्वाला संग्रौलासहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनको अनुमति

    ज्वाला संग्रौलासहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनको अनुमति

    काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला भन्ने टीका संग्रौला सहित तीनजनालाई तीन दिन थुनामा राख्न प्रशासनले अनुमति दिएको छ।

    आइतबार पक्राउ परेका संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो ।

    महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहका अनुसार प्रशासनको अनुमतिसँगै उनीहरूमाथि थप अनुसन्धान शुरू गरिएको छ ।

    युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा प्रहरीले तीनजनालाई हिजो हिरासतमा लिएको थियो । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

    खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।