Tag: थारुवान-थारुहट

  • सरकार र थारुवान–थारुहटबीचको वार्ता सकियो, अर्को बैठक पर्सि

    सरकार र थारुवान–थारुहटबीचको वार्ता सकियो, अर्को बैठक पर्सि

    काठमाडौं । सरकार– थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त संघर्ष समिति बीचको वार्ता सकिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा सरकारी वार्ता टोलीलले आज उक्त समितिसँग पहिलो चरणको वार्ता गरेको हो ।

    वार्तामा दुवै पक्षले आ–आफ्नो धारणा राखेको र अर्को बैठक पर्सि (बिहीबार) बस्ने गरी टुंगिएको सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री बादलले जानकारी दिए ।

    सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पूर्वसासंद भगवती चौधरी सदस्य छन् ।

    थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी वार्ता टोली सदस्य छन् ।

    टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायतलाई लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरू आन्दोलनमा छन् ।

  • थारुवान-थारुहट संंघर्ष समिति र सरकारबीच वार्ता शुरू

    थारुवान-थारुहट संंघर्ष समिति र सरकारबीच वार्ता शुरू

    काठमाडौं । विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुवान-थारुहट संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता शुरू भएको छ ।

    सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य छन् ।