Tag: थापाथली सुकुम्बासी वस्ती

  • वागमतीमा बाढी- थापाथलीको सुकुम्बासी वस्ती जलमग्न, बल्खुकाे तरकारी बजार अस्तव्यस्त (तस्बिर र भिडिओ)

    वागमतीमा बाढी- थापाथलीको सुकुम्बासी वस्ती जलमग्न, बल्खुकाे तरकारी बजार अस्तव्यस्त (तस्बिर र भिडिओ)

    काठमाडाैं । रातभरको भारी वर्षापछि काठमाडौं उपत्यकामा रहेका साना ठूला सबै नदी र खोलाहरुमा बाढी आएको छ । वागमती, विष्णुमती, धोवीखोला, मनोहरा लगायतका खोलाहरुमा बाढी आएको छ ।

    वागमतीमा आएको बाढीले तटीय क्षेत्र डुवानमा पारेको छ । थापाथलीस्थित सुकुम्बासी वस्तीमा चार फिटसम्म पानी जम्ने गरी बाढी पसेको छ ।
    मध्यरातमा चर्को मेघ गर्जनसहित परेको भीषण वर्षाले विहान ४ बजेदेखि नै वागमतीमा बाढी आउन सुरु भइसकेको थियो ।

    वागमती आसपासका सबै क्षेत्रहरुमा पानी पसेको छ । थापाथलीकै युएन पार्कमा पनि पानी पसेको छ । प्रहरीले वगमती आसपास कम उचाईका क्षेत्रमा बसेका सबै घरमा पानी पसेको जनाएको छ । विहानै जोखिममा परेका सयौंलाई प्रहरीले सुरक्षित स्थानमा सारिसकेको छ ।

     

     

    बंगालको खाडीबाट आएको जलवस्पयुक्त हावा र हिजो बेलुकाबाट विकास भएको स्थानीय वायुको मिश्रित प्रभावका कारण काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पानी पर्ने क्रम भोलि दिउँसोसम्म रहनेछ ।