Tag: त्रिलाेचन ढकाल

  • पूर्वसचिव भीम उपाध्यायविरुद्ध कानूनी उपचारमा जाने पूर्वमन्त्री ढकालको चेतावनी

    पूर्वसचिव भीम उपाध्यायविरुद्ध कानूनी उपचारमा जाने पूर्वमन्त्री ढकालको चेतावनी

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री त्रिलोचन ढकालले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले आफ्नो चरित्र हत्या गरेको भन्दै कानूनी उपचारमा जाने चेतावनी दिएका छन् ।

    पूर्वसचिव उपाध्यायले मनमाहेन अधिकार सरकारको बेला सुकुम्बासी आयोगमार्फत जग्गा लिने एमाले नेताहरु भन्दै त्रिलोचन ढकालको पनि नाम राखेर सामाजिक सन्जालमा भाइरल बनाएपछि ढकालले प्रमाणित गर्न सात दिनको समय दिएका छन् ।

    उनले प्रमाणित नगरे साइबर अपराध हुने भन्दै आफू र आफ्नो परिवारले सुकुम्वासीको नाममा जग्गा लिएको प्रमाणित गर्न उपाध्यायलाई चुनौती दिएका हुन् ।

    एमालेका पूर्वकेन्द्रीय सदस्य ढकाल पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् । स्याङ्जाबाट २०५१ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका ढकाल २०५५ सालमा कृषि मन्त्री भएका थिए ।