Tag: त्रिदेशीय शृंखला

  • करणको आक्रामक बलिङमा नेपालको राम्रो सुरुआत

    करणको आक्रामक बलिङमा नेपालको राम्रो सुरुआत

    काठमाडौं । विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा ओमानविरुद्ध नेपालले राम्रो सुरुआत गरेको छ । शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले अल अमेरत क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको थियो ।

    नेपालले ओमानका दुवै ओपनरसहित माथिल्लो क्रमका ब्याट्सम्यानलाई पेभेलियन फर्काइसकेको छ ।

    नेपालका लागि तीव्र गतिका बलर करण केसीले मात्रै ३ विकेट लिइसकेका छन् । ५ ओभर बलिङ गरेका करणले १२ रन खर्चेर १ मेडनसहित ३ विकेट लिएका हुन् ।

    ओमानका ओपनरद्वय जतिन्दर सिंह १३ र सुफियान महेमुद चार रन बनाएर पेभेलियन फर्किँदा वान् डाउनमा आएका आयान खान पनि ७ रन बनाएर आउट भए ।

    १० ओभरको खेल सकिँदा ओमान ३२/३ को अवस्थामा ब्याटिङ गरिरहेको छ । शृंखलाको दोस्रो खेलमा ओमानसँग नेपाल ५ विकेटले पराजित भएको थियो ।

    आजको खेल मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा अन्तिम रहेकाले नेपाली टोली उनलाई सुखद् विदाई दिने लक्ष्यमा छ ।

  • ओमानविरुद्ध नेपालले टस जितेर बलिङ गर्ने, टोलीमा दुई परिवर्तन

    ओमानविरुद्ध नेपालले टस जितेर बलिङ गर्ने, टोलीमा दुई परिवर्तन

    काठमाडौं । विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग पाँचै विकैटले हारेको थियो ।

    तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा नेपालले खेल्न लागेको यो अन्तिम खेल हो ।

    प्रशिक्षकलाई सुखद् बिदाई दिने लक्ष्यसहित अल अमेरत क्रिकेट मैदानमा अहिले ४:१५ बजे उत्रिने नेपाली टोलीमा २ परिवर्तन गरिएको छ । यसअघि शुक्रबार भएको अमेरिकाविरुद्धको खेलमा मौका पाएका तीव्र गतिका बलर गुल्शन झा र कुशल मल्ललाई आज टोलीमा राखिएको छैन ।

    उनीहरूको स्थानमा शरद भेसावकर र आरिफ शेखलाई प्लेइङ-११ मा राखिएको छ ।

    नेपाली टोली: आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, शरद भेसावकर, विनोद भण्डारी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र सुशन भारी ।

  • त्रिदेशीय ट्वान्टी-२० शृंखला खेल्न डच टोली नेपालमा

    त्रिदेशीय ट्वान्टी-२० शृंखला खेल्न डच टोली नेपालमा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि हुने त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्न नेदरल्यान्ड्सको टोली नेपाल आइपुगेको छ ।

    वैशाख ४ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

    डच टोलीले प्रतियोगिताको पहिलो खेलमा शनिबार नेपालको सामना गर्नेछ ।