Tag: तटीय क्षेत्र

  • नदीहरूमा बहाब बढेका कारण तटीय क्षेत्रमा जोखिम

    नदीहरूमा बहाब बढेका कारण तटीय क्षेत्रमा जोखिम

    काठमाडौं । नेपालमा विभिन्न ठाउँमा भएको मध्यम तथा भारी वर्षाका कारण नदी आसपासका बस्तीमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    शनिबार कन्काई, कोशी, कमला, बागमती जलाधारका क्षेत्रमा वर्षाका कारण बहाब घटबढ हुने क्रम भइरहेका छन् ।

    ती स्थानहरूमा विशेष सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

  • बाढीको जोखिम भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह

    बाढीको जोखिम भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह

    काठमाडौं । नेपालका विभिन्न स्थानमा निरन्तर वर्षा भएसँगै बाढीको जोखिम पनि बढ्दो छ ।

    खोला तथा नदीमा बहाब बढेसँगै तटीय क्षेत्रहरूमा बसोबास गर्नेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ  ।

    पछिल्लो ३ घण्टामा नवलपुरस्थित अरूण बतासा वर्षामापन केन्द्रमा भारी वर्षामापन भएकाले अरूणखोला लगायतका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने जनाइएको छ ।

    त्यसैगरी इलामस्थित बरफल्याङ्ग वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी वर्षामापन भएकाले विरिङ्ग खोला लगायतका तटीय क्षेत्रहरूमा दिउँसो सम्मै सतर्कता अपनाउन महाशाले निर्देशन दिएको छ ।

    कन्काई,कोशी,कमला,बागमती जलाधारका केहि स-साना सहायक नदीमा  पनि वर्षाका कारण आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान समेत महाशाखाले गरेको छ ।