Tag: डोरमणि पौडेल

  • मुख्यमन्त्रीको साढे ३ वर्षे कालमा डोरमणिले खोलेका विकासका ढोका

    मुख्यमन्त्रीको साढे ३ वर्षे कालमा डोरमणिले खोलेका विकासका ढोका

    काठमाडौं । डोरमणी पौडेलले एमाले एकताको मार्ग प्रशस्त गर्न भन्दै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएर बिदा भएका छन् ।

    साढे ३ वर्ष वागमती प्रदेश सत्ताको बागडोर सम्हालेका पौडेलले केही महत्वपूर्ण विकासको ढोका खोलेका छन् । पौडेलले एशियाकै पुरानो सुरुङमार्ग पुनर्निर्माण, भिमफेदी-कुलेखानी सुरुङमार्गको ठेक्का र अनलाइबाटै यातायातसम्बन्धी कामले दीगो छाप छाडे ।

    १३ जिल्ला रहेको वागमती प्रदेशमा पौडेलले एक स्थानीय तह एक अस्पताल, एक स्थानीय तह एक प्रविधिक विश्वविद्यालय, पालिका जोड्न सडक निर्माण, स्थानीय तहलाई एम्बुलेन्स र वारुणयन्त्र, एक पालिका एक खेल मैदान, एकीकृत बस्ती विकास, विद्युतीय सवारीलाई प्रोत्साहन, गाउँपालिकामा कानूनी सहजकर्ता नियुक्ति, प्रदेशमा प्रहरी भवन निर्माण र क्लिन एण्ड ग्रीन सिटीको अवधारणा विकास गरेका छन् ।

    मुख्यमन्त्रीबाट राजीनामा दिँदै पौडेलले अब वागमती प्रदेशको विकासलाई कसैले पनि रोक्न नसक्ने बताएका छन् । उनले प्रदेशका सबै वर्गका जनतलाई लक्षित गरेर आफूले कार्यक्रम अघि बढाएको भन्दै नयाँ मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले त्यो पूरा गर्ने विश्वास जनाए ।

    वागमती प्रदेश तरकारी उत्पादनमा अगाडि छ । १३ जिल्लाको तरकारी तथा फलफूल भण्डार गर्न एक जिल्ला एक शीतभण्डार बनाइएको छ । यसले कृषकको लागि उत्पादन सुरक्षित राख्न सहज बनाउने छ ।

    युवालक्षित युवा वैज्ञानिक कोष तथा प्रयोगशाला निर्माण भएको छ । विश्व नै प्रविधिमा गइरहेको समयमा युवा वैज्ञानिक कोष तथा प्रयोगशालाको निर्माणले युवालाई आकर्षण गर्नेछ ।

    कोरोना महामारीको समयमा सबैलाई स्वास्थ्यमा पँहुच पुर्‍याउन वागमती प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गरी स्वास्थ्य क्षेत्रमा तत्काल सुविधाको शुरूआत गरेको छ । कोरोनालगायतका रोगको उपचारमा करारमा नियुक्त गरेका चिकित्सकहरुले उपचारमा सहयोग गरेका छन् ।

    विद्यालयबाट नै स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन र स्वास्थ्यमा सबैको समान सहभागिता गराउन वागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रदेश राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पताललाई मदन भण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नती कार्य शुरू भएको छ । अस्पतालको स्तरोन्नती भएपछि काठमाडौं वा चितवन उपचारका लागि जानुपर्दैन । मिनभवनस्थित निजामति अस्पतालमा प्रदेश सरकारकै सहयोगमा कोरोना संक्रमितको उपचारका लागि छुट्टै बेडहरू संचालनमा ल्याइएको थियो ।

    वागमती सरकारले प्रदेशको पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र निर्माण गरेको छ । लामो समयदेखि विवाद रहेका हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माणको ठेक्का प्रक्रिया शुरू भएको छ । भने प्रदेशको विकासका लागि अन्य पञ्चवर्षीय योजनाको आधारपत्र निर्माण भएको छ ।

    स्थानीय स्तरमा नै उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले एक पालिका एक उद्योग ग्राम स्थापनाको काम पनि अगाडि बढेको छ । स्थानीय तहका लागि आवश्यक पर्ने वस्तु र अन्य स्थानमा पनि पुर्‍याउन सकिने गरी उत्पादन वृद्धि गर्न लक्ष्यका साथ एक यसलाई अघि बढाइएको हो ।

    यस प्रदेशका सर्वसाधारणको उपचारको लागि शहीद गंगालाल अस्पतालसँग प्रदेश सरकारले सहकार्य गरेको छ । क्यान्सर तथा मिर्गौलालगायतका बिरामीलाई प्रदेश सरकारले उपचारमा सहयोग गर्ने उद्देश्यले ५० हजार सहायताको शुरू गरेको ५ ।

    सडकले नजोडिएका स्थानीय तहको केन्द्रमा सडक सञ्जालको शुरू गरिएको छ । यातायातसँग सहज पँहुच पुग्योस् भनेर प्रदेश सरकारले स्थानीय तहको केन्द्रलाई सडक सञ्जालले जोड्ने काम शुरू गरेको हो । सडक सञ्जालले नजोडिएको महाभारत र रुबिभ्याली गाँउपालिकामा सडक सञ्चालनमा आएका छन् ।

    जनता आवास कार्यक्रममार्फत घरविहीनलाई घरबास, खरको छानामुक्त बनाउने अभियान पनि डोरमणिले शुरू गरे । मुसहर, माझी, गन्धर्व तथा आवासविहीनहरूलाई यसले राहत पुगेको छ ।

    कृषिका लागि उपयुक्त जग्गा प्लटिङ भएको भन्दै प्रदेश सरकराले एकीकृत चक्लाबन्दी कृषि उत्पादन सुरु गरेको छ । यसले कृषिको उत्पादन वृद्धि र रोजगारी सृजनाको गराउने छ । भने स्थानीय स्तरमा नै कृषिप्रतिको आकर्षणसमेत वृद्धि गर्नेछ ।

    प्रदेशलाई दूध, अण्डा र कुखुराको मासु आत्मनिर्भर बनाएको छ । केन्द्र सरकारले पनि केही समयअघि देशलाई दूध, अण्डा र कुखुराको मासुमा आत्मनिर्भर भएको घोषण गरेको थियो । पछिल्लो समय वागमती प्रदेशमा कुखुरापालन र गाई पालन बढेको छ । उत्पादन र रोजगारमूलक क्षेत्रमा सहुलियतपूर्ण ऋणमार्फत प्रदेश सरकारको प्रोत्साहन गरेका कारण विदेशबाट फर्केकाहरू र जान ठिक्क परेकाहरू आकर्षित भएका छन् ।

    पौडेल नेतृत्वको सरकारले विद्युतीय सवारीसाधन संचालनलाई उच्च प्राथमिकतामा राखेको थियो । सेवाग्राहीको भीडभाड हुने यातायात कार्यालयलाई अनलाइन प्रविधिबाट नै सबै काम हुने व्यवस्था भएको छ । घरबाट नै सवारीसाधनको कर तिर्ने, नवीकरण गर्ने र जरिवानासमेत तिर्न सकिने व्यवस्था मिलाइएको छ ।

  • वागमतीका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

    वागमतीका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रदेशसभाको अधिवेशन, कोभिड-१९ को रोकथाम तथा नियन्त्रण र ३० आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् ।

    आज अपरान्ह पाँच बजे बोलाइएको बैठक ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको भवनमा बस्ने छ ।

  • सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन

    सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन

    काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड संक्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका छन् ।

    उनले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग आइतबार साँझ भर्चुअल संवाद गर्दै प्रत्येक अस्पतालले उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर संक्रमित बिरामीलाई उपचार सेवा प्रदान गर्न स्थानीय प्रशासन र जिल्ला समन्वय समितिका प्रमुखबीच समन्वय तथा सहकार्यका साथ अघि बढ्न आग्रह गरे ।

    उनले अक्सिजन प्लान्टको जडान गर्न र अन्य आवश्यकीय व्यवस्थापन मिलाउन प्रदेश सरकारले बजेट विनियोजन गरिसकिएको र समुदायलाई आफ्नो व्यवहारलाई सुधार गरेर अनावश्यक भीडभाड नगर्न पनि स्थानीय निकायलाई जनशक्ति परिचालन गर्न आह्वान गरे ।

    भर्चुअल संवादमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रत्येक जिल्लाका गाउँ–टोलबीच जनचेतना फैलाउन र बिरामीलाई सम्भावपूर्ण व्यवहार गर्न स्थानीय निकायले घरदैलो अभियान सञ्चालन गर्न मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरेको उल्लेख गरे ।

    उनले प्रदेश सरकारको पहिलो प्राथमिकताका साथ कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर, आवश्यकीय चिकित्सक र स्वास्थ्यकर्मी तथा पिसिआर परीक्षणको दायरा बढाउनका लागि सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई बजेट निर्देशित गरिसकिएको पनि जानकारी दिए ।

    उक्त बैठकमा प्रदेश सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीले प्रदेशका सबै जिल्ला अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गरिएअनुसार अस्पतालका चिकित्सकले पनि बिरामीलाई सद्भाव व्यवहार प्रदर्शन गरी उपचार सेवालाई निरन्तरता दिनुपर्ने र मन्त्रालयले आवश्यकीय स्रोतसाधन तथा बजेट उपलब्ध गराइएअनुरुप इमान्दारीसाथ काम गर्न आग्रह गरे ।

    उक्त संवादका क्रममा प्रदेशका समाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल र प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले प्रदेश सरकारले १३ वटै जिल्लाको अस्पताललाई अहिले अक्सिजन सिलिन्डर उपलब्ध गराइँदै आएको र ती अस्पतालमा आवश्यकीय चिकित्सक स्वास्थ्यकर्मी र औषधि उपलब्ध गराइसकिएको तथा स्थानीय तहहरुमा बिरामीको चापलाई दृष्टिगत गरी आइसोलेशन कक्ष र क्वारेन्टिनको व्यवस्था मिलाउन मन्त्रालयले निगरानीका साथ कदम अघि बढाएको चर्चा गरेका थिए ।

    प्रदेश सरकारले १३ वटै जिल्लाका अस्पतालमा आइसीयू कक्ष र भेन्टिलेटर कक्षको व्यवस्थापन मिलाइएको समेत सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सेढाईंले जानकारी दिए । उनका अनुसार १३ वटै जिल्लाका मेडिकल सुपरिटेन्डेन्ट र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसँग पनि मुख्यमन्त्री पौडेलले कोभिड अस्पतालमा बिरामीको उपचार भइरहेको विषयमा जानकारी लिएका थिए ।
    –रासस

  • मुख्यमन्त्री पौडेलद्धारा आइशोलेसन संख्या वृद्धि गर्न आग्रह

    मुख्यमन्त्री पौडेलद्धारा आइशोलेसन संख्या वृद्धि गर्न आग्रह

    काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका ११९ स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको संख्या वृद्धि गर्न आग्रह गरेका छन् ।

    कोभिड-१९ संक्रमितका बिरामी बढ्दै गएको अवस्थालाई ध्यान दिइ उनले सो आग्रह गरेका हुन् । प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी , जिल्ला समन्वय समितिका प्रमुख र महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखहरुसँग आज टेलिफोन सम्वादमा मुख्यमन्त्री पौडेलले प्रदेशका ११९ स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको संख्या वृद्धि गर्न आह्वान गरेका हुन् ।

    स्थानीय तहका प्रत्येक वडावडामा टोल विकास संस्थामार्फत कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने प्रयासको लागि प्रत्येक घरदैलोमा जनचेतना अभियान कार्यक्रम सञ्चालन गर्न उनले जोड दिएका छन् ।

    उनले प्रदेश सरकारले १३ जिल्ला अस्पताल तथा कोभिड अस्पताललाई आवश्यकीय अक्सिजन, आइसीयू कक्ष, भेन्टिलेटर, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले स्रोतसाधन र चिकित्सकको उपलब्ध गराइसकिएको उल्लेख गरे ।

    यसैबीच प्रदेशको काठमाडौैँ, ललितपुर, भक्तपुर, काभ्रे र नुवाकोटको विभिन्न स्थानीय तहका टोलमा आइशोलेसन कक्षको स्थापना गरिएको छ । सरकारले ती कक्षहरुलाई आवश्यक अक्सिजन, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले बताए । 

  • मुख्यमन्त्री पौडेलले भने- नराम्रा कुरा बिर्सेर अगाडि बढौं

    मुख्यमन्त्री पौडेलले भने- नराम्रा कुरा बिर्सेर अगाडि बढौं

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरुलाई विर्सेर अगाडी बढ्न आग्रह गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका पौडेलले विगतका सबै नराम्रा कुरालाई विर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरुलाई आग्रह गरेको हो ।

    विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने पनि उनले बताए । सकारात्मक भएर अगाडि बढ्न समेत सबैलाई आग्रह गरे । उनले भने ‘अब सबै विगतलाई राम्रा कुराहरुलाई मात्रै राखौ । जे जति भए ती सबै कुरालाई विर्सौं र त्यसरी जाने हो भने हामी सहज ढङ्गमा हामी गन्तव्यमा पुग्न सक्छौं । फेरी तिनै विषयलाई उठाउने हो भने फेरिपनि समस्या आउन सक्छ ।’

    नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्म समिक्षा गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बतएकी छन् । अहिलेको निशेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उहाँले बताइन् ।

    उनले भनिन्, ‘तपाई हाम्रै कारणले गर्दाखेरी हामी भित्रकै कारणले गर्दाखेरी आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एक अर्कामा निशेधको राजनीति गरिरहेका छों । कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाएर होइन आफै आफै लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं । त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्म समिक्षा गर्ने की नगर्ने र हामीले यस्तो कुरा सच्याउने की नसच्याउने ?  हामीले निषेधको राजनीति गुटको राजनीति गर्न हुँदैन ।’

    नेतृ शाक्यले पार्टी अध्यक्ष सच्चिनुको विकल्प नरहेको पनि बताइन् । पार्टीमा निशेधको राजनीतिले कसैलाई हित नगर्ने भएकाले पार्टी अध्यक्षबाटै सच्चिएर एकताको थालनी गर्नुपर्ने उनको भनाइ छ ।

  • डोरमणिले बोलाए संसदीय दलको बैठक, अविश्वास प्रस्ताव फिर्ता लिन लिखित निर्देशन दिइने

    डोरमणिले बोलाए संसदीय दलको बैठक, अविश्वास प्रस्ताव फिर्ता लिन लिखित निर्देशन दिइने

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले चैत १८ गते प्रदेशसभा संसदीय दलको बैठक बोलाएका छन् ।

    करिव चार महिनाअघिदेखि आफ्नै पार्टीका सांसदहरूका अविश्वास प्रस्ताव प्रदेशसभामा विचाराधीन रहेका बेला पौडेलले दलको बैठक बोलाएका हुन् ।

    सो बैठकले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन अष्टलक्ष्मी शाक्य पक्षलाई औपचारिक रूपमा निर्देशन दिने बताइएको छ । तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्षधर सांसदहरूले शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास लगेका थिए ।

    सो प्रस्तावमाथि छलफल हुन सकेको छैन । अब नेकपा एमाले पुनःस्थापित भइसकेको अवस्थामा अविश्वास प्रस्ताव फिर्ता लिनेबारे माधव नेपाल पक्षले छलफल गरिरहेको छ । यसअघि प्रचण्ड-माधव पक्षले संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर शाक्यलाई चयन गरेको थियो ।

    संसदीय दलको बैठकमा माधव नेपाल पक्षको सहभागिता निश्चित भइसकेको छैन । वागमती प्रदेशको ११० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको एकल बहुमत छ । दलको बैठकपछि प्रदेश सरकारमा नयाँ मन्त्रीहरू नियुक्त हुने भएका छन् ।

    यसअघि तीनजना मन्त्रीहरु शालिकराज जमरकट्टेल,युवराज दुलाल र अरुण नेपालले राजिनामा दिएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव अरुण नेपाल एमालेका नेता हुन् ।

    हाल वागमती प्रदेश सरकारमा अर्थमन्त्री कैलाश ढुंगेल, भौतिक पुर्वाधारमन्त्री रामेश्वर फुयाल र उद्योग पर्यटनमन्त्री दावादोर्जे लामा मात्रै छन् । अबको मन्त्रिपरिषद् विस्तारमा महिलासहित कम्तीमा ५ जना नयाँ मन्त्री थप्ने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।

    यसअघि प्रदेश १ मा अविश्वास प्रस्ताव कायम रहेकै अवस्थामा मुख्यन्त्री शेरधन राईले मन्त्रिपरिषद् पुनर्गठन गरेर माओवादी र माधव नेपाल गुटबाट प्रवेश गरेकाहरूलाई मन्त्री बनाइएको थियो ।

  • प्रहरी समायोजन पूरा नहुँदा काम गर्न सकिएन: मुख्यमन्त्री पौडेल

    प्रहरी समायोजन पूरा नहुँदा काम गर्न सकिएन: मुख्यमन्त्री पौडेल

    हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी समायोजन पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा आवश्यकता पूरा गर्न प्रदेश सरकारले पर्याप्त काम गर्न नसकेको बताएका छन् ।

    उनले आज वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा वाग्मती प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यसम्पादन समीक्षा एवम् आगमी रणनीति निर्धारण कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै प्रहरी समायोजनको काम पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा आवश्यकतालाई पूरा गर्न प्रदेश सरकारले प्रर्याप्त काम गर्न नसकेको बताएका हुन् ।

    मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको सहयोगमा गत आर्थिक वर्षमा प्रहरी मुख्यालयसहित ४६ वटा भवन निर्माणकार्य सम्पन्न गरेको र चालू आर्थिक वर्षमा २१ वटा भवन निर्माण जारी रहेको जानकारी दिनुहुँदै प्रहरीको सङ्गठन र संरचानाको विकासका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने उल्लेख गरे ।

    सो अवसरमा वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले गत असारमा सम्पन्न गरेको कार्यसम्पादन गोष्ठीका कारण प्रहरीको काम अझ प्रभावकारी बनाउन सफल भएको बताए।