Tag: डेभलपमेन्ट बैंकर्स एसोसियसन

  • डिजिटल बैंकिङको अधिकतम उपयोग गर्न डेभलपमेन्ट बैंकर्स एसोसियसनको आग्रह

    डिजिटल बैंकिङको अधिकतम उपयोग गर्न डेभलपमेन्ट बैंकर्स एसोसियसनको आग्रह

    काठमाडौं । कोरोना जोखिमलाई ध्यान दिँदै डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालले सुरक्षित कारोबार गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । सुरक्षित कारोबारको लागि डिजिटल बैकिङको उच्चतम उपयोग गर्न एसोसियसनको अनुरोध छ ।

    महामारीको दोस्रो लहरले बैंक तथा वित्तीय संस्थालाई सेवा प्रदान गर्न चुनौती थपेको भन्दै एसोसियसनले निषेधाज्ञा, विश्व स्वास्थ्य संघठन तथा नेपाल सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ ।

    बैंक सञ्चालन हुने दिन र समय वेबसाइट र शाखाको मूल ढोकामा प्रकाशित गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

    डिजिटल बैंकिङ कारोवारमा पनि संक्रमणको जोखिम न्यूनिकरणका उपाय अपनाउन एसोसियसनको आग्रह छ ।