Tag: डा. रवीन्द्र समीर

  • डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

    डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

    काठमाडौं । साहित्यकार डा. रवीन्द्र समीर (रवीन्द्र पाण्डे) लाई ‘साहित्य सन्ध्या पुरस्कार’ दिइने भएको छ ।

    साहित्य सन्ध्या नेपालले २०७६ को साहित्य सन्ध्या पुरस्कार डा. समीरलाई दिने निर्णय गरेको हो । नेपाली साहित्य खास गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा लामो समयदेखि पुर्‍याएको योगदानको कदरसहित उनलाई पुरस्कार दिन लागिएको हो ।

    १५ हजार नगर राशीसहितको सो पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा साहित्यकार प्रा.डा. जीवेन्द्र गिरीको विशिष्ट आतिथ्यमा एक समारोहका बीच प्रदान गरिने साहित्य सन्ध्या नेपालले जनाएको छ ।

    डा. समीरका बहुचर्चित मृत्युको आयुलगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् । उनी जनस्वास्थ्यविद् पनि हुन् ।