Tag: ठिमुरा पुल

  • ठिमुरा पुल भत्किनुको कारण खोज्न सरकारले बनायो छानविन समिति

    ठिमुरा पुल भत्किनुको कारण खोज्न सरकारले बनायो छानविन समिति

    चितवन । चितवनको ठिमुरा र देवघाट जोड्ने त्रिशुली नदीमाथि निर्माणाधिन पुल भत्किएको बारे सरकारले छानविन गर्ने भएको छ । छानविनका लागि समिति गठन गरिएको सडक विभागले जनायो ।

    सडक विभागको योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका सुपेरिटेन्डेन्ट इन्जिनियर कैलाशकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरिएको बिभागका प्रवक्ता शिवप्रसाद नेपालले नेपाल प्रेसलाई जानकारी दिए । छानविन समितिले रिपोर्ट दिएपछि त्यसको आधारमा थप कारवाही अगाडि बढाइने उनको भनाइ छ ।

    २२० मिटर लामो र करिव ८.५ मिटर चौडाइ भएको पुलको पिलरको काम अन्तिम अन्तिम चरणमा थियो । तर, अचानक करिव ८० मिटर भाग भत्किएको छ । तीन निर्माण कम्पनीहरु इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी मिलेर काम गरिरहेको यस पुलमा बिगत २१ दिनदेखी कालोपत्र गर्ने काम चलिरहेको थियो ।

    पुलको भत्किएको सम्पूर्ण लागत ठेकेदार कम्पनी र इन्स्योरेन्स कम्पनीले ब्यहोर्ने विभागको भनाइ छ । तर, पुल निर्माण सम्पन्न हुने समय अवधि भने लम्बिएको छ ।