Tag: ट्राफिक जरिबाना

  • ट्राफिक जरिवाना अब अनलाइनबाटै भुक्तानी गर्न सकिने

    ट्राफिक जरिवाना अब अनलाइनबाटै भुक्तानी गर्न सकिने

    काठमाडौं । ट्राफिक जरिवाना अब अनलाइनबाट नै भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारबाट अनलाइन जरिवाना भुक्तानीको औपचारिक शुरुवात गरेको हो ।

    ट्राफिक नियम उल्लङघन गर्दा पहिले ट्राफिकले लिने जरिवाना तिर्न बैंकमा जाने झन्झटलाई अनलाइन प्रणालीले सजिलो हुने बताइएको छ ।

    जरिबाना का लागि बैंकको निश्चित शाखामा जानुपर्ने र लामो समय लाइनमा बस्नु पर्ने भएकाले पनि अनलाइन                   मार्फत नै भुक्तानी गर्न सक्ने बनाइएको महाशाखाका प्रवत्ता एसपी स्याम कृष्ण अधिकारीले बताए ।

    उनका अनुसार यो सेवा आइपिएस, इसेवालगायतका विभिन्न एपहरुबाट पैसा तिर्न सकिनेछ ।