Tag: ट्राफिक चेकिङ

  • कोरोना जोखिमपछि उपत्यकामा ट्राफिक चेकिङ कडाइ, अटेर गर्ने ५२ सवारी कारबाहीमा

    कोरोना जोखिमपछि उपत्यकामा ट्राफिक चेकिङ कडाइ, अटेर गर्ने ५२ सवारी कारबाहीमा

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गर्ने तयारी भएपछि ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको चेकिङमा पनि कडाइ गर्न गरेको छ ।

    स्वास्थ्य मापदण्ड पालना नगर्ने सार्वजनिक सवारी साधनमाथि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कडाइ गरेको हो ।

    सार्वजनिक सवारी साधनमा सिट भन्दा बढी यात्रु राखे नराखेको निगरानी गर्न, स्यानीटाइजरको व्यवस्था भए नभएको अनुगमन गर्न महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले सार्वजनिक सवारीसाधनमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गरे, नगरेको विषयलाई सुक्ष्म निगरानी गरिएको जानकारी दिए ।

    ‘सवारीसाधनलाई सेनिटाइज गर्ने, मास्क नलगाएका यात्रुहरूलाई गाडीबाट ओराल्ने गरिरहेका छौं, अधिकारीले नेपाल प्रेससँग भने, ‘अटेर गर्ने सवारीचालकलाई अनिवार्य जरिवाना गरिएको छ । निजी सवारीसाधनमा पनि चेकिङ बढाएका छौं ।’

    आज ५२ वटा सार्वजनिक सवारीलाई कारवाही गरिएको उनले बताए ।

    कोरोना जोखिमलाई नै ध्यान दिएर उपत्यकाका १७ ठाउँमा विशेष चेकिङ प्वाइन्ट राखिएको अधिकारीले बताए । उनका अनुसार दिउँसो १ बजेदेखि भने महानगर, प्रशासन कार्यालयलगायतका निकायसँग समन्वय गरेर अनुगमन गरिएको छ ।

    ट्राफिक प्रहरीले कोरोना महामारीलाई ध्यानमा राखेर सोमबार बिहानैदेखि सवारी चेकिङलाई कडाई गरेको उनले बताए ।

    उपत्यकाका चोकचोकमा ट्राफिक चेकिङ भइरहेको छ।  साथै, प्रहरीले मास्क नलगाई हिड्नेहरुलाई पनि होल्डिङ सेन्टरमा राख्न थालेको छ । उपत्यकाको चोकचोकमा प्रहरीले मास्क नलगाई हिड्नेहरुलाई राख्नको लागि होल्डिङ सेन्टर बनाएको छ ।

  • होलीमा ट्राफिक चेकिङमा कडाइ, मापसेसहित उपत्यकामा साढे ४ सय सवारी कारबाहीमा (भिडियो)

    होलीमा ट्राफिक चेकिङमा कडाइ, मापसेसहित उपत्यकामा साढे ४ सय सवारी कारबाहीमा (भिडियो)

    काठमाडौं । आज बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा ट्राफिक चेकिङ बढाइएको छ ।

    उपत्यका छिर्ने नाकासँगै काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य तथा भित्री सडकहरूमा चेकजाँच कडाइ गरिएको हो । यस्ता चेकिङ ९० ठाउँमा राखिएको ट्राफिक प्रहरीले बताएको छ ।

    होलीको दिन सम्भावित दुर्घटनालाई ध्यान दिएर चेकिङ बढाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

    बिहानदेखि दिउँसो १ बजेसम्म दुई र चार पाङ्ग्रे गरी १५० वटा सवारीसाधन कारबाहीमा परेका छन् । तीमध्ये १५ वटा मापसेमा परेको अधिकारीले जानकारी दिए ।

    ‘कागजात नबोकेका तीन सय सवारीलाई सडकमा होल्ड गरेर राखेका छौं । भरे साँझसम्म चेकिङ जारी रहन्छ’, प्रवक्ता अधिकारीले भने ।