Tag: ट्राई नेसन्स सिरिज

  • वर्षाले प्रभावित बनेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल १३ ओभरमा घटाइयो

    वर्षाले प्रभावित बनेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल १३ ओभरमा घटाइयो

    काठमाडौं । वर्षाले प्रभावित बनेको ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजिमा मलेसिया र नेदरल्यान्ड्सबीचको खेल १३ ओभरमा घटाइएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १०.२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६८ रन बनाएपछि वर्षा सुरु भएको थियो ।

    वर्षाका कारण १ घण्टा भन्दा धेरै रोकिएको खेल पुन: सुरु भएको छ । नेदरल्यान्ड्सका लागि बेन कुपर २५ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा कप्तान पिटर सिलार २७ बलमा ३ चौकासहित २९ रन बनाएर खेलिरहेका छन् ।

    त्यसअघि, ओपनरद्वय विक्रामजित सिंह १ र टोभिएस भिसे शून्यमा पेभेलियन फर्केका थिए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका बस दी लिड शून्यमा पेभेलियन फर्केका थिए ।

    मलेसियाका लागि मुहम्मद वाफिकले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिएका थिए भने पवनद्वीप सिंहले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका थिए ।

  • मलेसियाविरुद्ध नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोज्यो

    मलेसियाविरुद्ध नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोज्यो

    काठमाडौं । ट्राई नेसन ट्वान्टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले मलेसियाविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेदरल्यान्ड्स पहिलो जितको खोजीमा हुनेछ ।

    शनिबार भएको पहिलो खेलमा घरेलु टोली नेपालसँग ९ विकेटले पराजित भएको नेदरल्यान्ड्सको यो दोस्रो खेल हो । शनिबार नेपालविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १३६ रनको योगफल तयार गरेको थियो ।

    ओपनरद्वय आशिफ शेख र कुशल भूर्तेलको विस्फोटक ब्याटिङ प्रेरित नेपालले १५ ओभरमा १ विकेट मात्र गुमाएर लक्ष्य पूरा गरेको थियो ।