Tag: टेस्ला

  • टेस्लाले कारमा टिडाल एप थप्यो

    टेस्लाले कारमा टिडाल एप थप्यो

    काठमाडौं । स्पोटिफाइको सट्टा अर्को एप चाहने प्रयोगकर्तालाई टेस्लाले अब सन्तुष्ट पार्ने भएको छ । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले अब प्रयोगकर्तालाई स्पोटिफाइ र टिडालमध्ये एउटा एप छान्न पाउने भएका हुन् ।

    टेस्लाको नयाँ फिर्मवेयर अपडेट २०२१.४० मा यो अपडेट उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

    ‘टिडाल स्ट्रमिङ अब टिडाल अकाउन्टसहित उपलब्ध हुनेछ,’ टेस्लाको रिलिज नोटमा भनिएको छ, ‘टिडालमा गुणस्तरीय प्लेलिस्ट वा एल्बमहरू वाइफाइमार्फत डाउनलोड गरेर आफूले चाहेको कन्टेन्ट सुन्न सकिने छ ।’

    टिडाल एप स्पोटिफाइको विकल्प मात्रै होइन । अमेरिकी प्रतिष्ठित कम्पनी स्क्वायरको स्वामित्वमा रहेको टिडालले स्पोटिफाइको तुलनामा गुणस्तरीय अडियो सामग्री उपलब्ध गराउँदै आएको छ ।

    टेस्ला कारको साउन्ड सिस्टम पनि उत्कृष्ट रहेकाले यसका प्रयोगकर्ता स्पोटिफाइले दिने गुणस्तरबाट पूर्ण सन्तुष्ट छैनन् । जसले गर्दा पनि पछिल्लो समय ‘हाइ डिमान्ड’मा रहेको टेस्लाका प्रयोगकर्ताले स्पोटिफाइभन्दा टिडाल छान्ने सम्भावना पनि धेरै छ ।

  • टेस्लाको नयाँ फिचरमा रिमोट कन्ट्रोलसहितको सुरक्षा क्यामेरा

    टेस्लाको नयाँ फिचरमा रिमोट कन्ट्रोलसहितको सुरक्षा क्यामेरा

    काठमाडौं । प्रसिद्ध अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाको नयाँ फिचरमा रिमोट कन्ट्रोलसहितको सुरक्षा क्यामेराको सुविधा प्रयोगकर्ताले पाउने भएका छन् । यसको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो पार्किङमा राखिएको कारको वरिपरी कोही आएको र सुरक्षाको प्रत्यक्ष निगरानी गर्न पाउने भएका छन् ।

    टेस्लाको नयाँ सफ्टवेर अपडेट २०२१.३६.८ मा थपिएको यो सुविधासँगै प्रयोगकर्ताले टेस्लाको आइओएस एपमार्फत कारको सेन्ट्री मोड अन गरेर निगरानी राख्न सक्नेछन् ।

    ‘अब तपाईँले पार्किङमा रहेको टेस्ला कारको वरिपरी हेरेर कारमा जानका लागि सुरक्षा सुनिश्चित गरेर जान सक्नुहुनेछ,’ कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘प्रत्यक्ष क्यामेरा इन्ड–टु–इन्ड इन्क्रिप्टेड भएकाले कम्पनीको पहुँच लाइभ भिडियोमा हुनेछैन ।’

    विद्युतीय कारमध्ये सबैभन्दा लोकप्रिय ब्रान्ड टेस्लाको यो फिचरले अझै प्रयोगकर्ता आकर्षित हुने अनुमान गर्न सकिन्छ । पार्किङमा राखेको आफ्नो कारको प्रत्यक्ष निगरानी गर्न र सुरक्षाको सुनिश्चितताका लागि पनि यो सुविधा निकै प्रभावकारी हुने निश्चित छ ।

  • उबरले ५० हजार टेस्लाका कार भाडामा दिने

    उबरले ५० हजार टेस्लाका कार भाडामा दिने

    काठमाडौं । अमेरिकी चर्चित मोबिलिटी सर्भिस प्रोभाइडर उबरले ५० हजार टेस्ला कार भाडामा दिने भएको छ । सन् २०२३ सम्ममा उबरले ५० हजार विद्युतीय कार भाडामा दिने लक्ष्य लिएको छ ।

    नोभेम्बर १ देखि लागु हुने नयाँ योजनाअनुसार उबरले लस एन्जलस, सान फ्रान्सिस्को, सान डिएगो र वाशिङ्टन डिसीमा उबर ड्राइभरले कार भाडामा पाउने छन् । संयुक्त राज्य अमेरिकाभर त्यसपछिका हप्ताहरूमा पनि यो सुविधा उपलब्ध हुने मासबेलले लेखेको छ ।

    यो समाचार हर्ट्जको उत्तर अमेरिकामा १ लाख टेस्ला कार निर्माणको अर्डरबाट आएको मासबेलले उल्लेख गरेको छ । सम्पूर्ण कार सन् २०२२ को अन्त्यसम्म डेलिभरी हुने आशासमेत गरिकएको समाचारमा उल्लेख छ ।

    पछिल्लो समय विश्वभर नै विद्युतीय कारको क्रेज बढिरहँदा उबर पनि यसतर्फ आकर्षित भएको हो । नेपालमा पनि पछिल्लो समय विद्युतीय कारको लोकप्रियता बढिरहेको छ । यस्तै, नेपाली बजारमा पनि टेस्लाको बिक्री सुरु भइसकेको छ ।

  • टेस्लाको मुख्य कार्यालय क्यालिफोर्निया बाहिर सार्ने इलोन मस्कको घोषणा

    टेस्लाको मुख्य कार्यालय क्यालिफोर्निया बाहिर सार्ने इलोन मस्कको घोषणा

    काठमाडौं । इलोन मस्कले विश्व प्रसिद्ध इलेक्ट्रोनिक कार निर्माता कम्पनी टेस्लाको मुख्य कार्यालय क्यालिफोर्नियाबाट अस्टिन सार्ने घोषणा गरेका छन् ।

    विहीबार भएको सेयर होल्डरहरूबीचको बैठकमा मस्कले मुख्य कार्यालय स्थानान्तरण गर्ने बताएका हुन् । विहीबारको बैठक अस्टिनमा निर्माणधीन प्लान्टमा बसेको थियो । त्यो प्लान्टबाट वर्षको अन्तिमसम्म साइबरट्रक, सेमी ट्रक, मोडेल-३ र मोडेल वाई निर्माण गर्ने तयारी छ ।

    ‘मुख्य कार्यालय अस्टिन- टेक्सास सार्ने घोषणा गर्न पाउँदा म एकदमै उत्साहित छु,’ विहीबार अनलाइनमा लाइभ स्ट्रिमिङ गरिएको बैठकमा मस्कले भने ।

  • इलेक्ट्रिक कार उत्पादन कम्पनी टेस्लाका मालिक एलोन मस्क बने विश्वकै धनी

    इलेक्ट्रिक कार उत्पादन कम्पनी टेस्लाका मालिक एलोन मस्क बने विश्वकै धनी

    एजेन्सी । कुल सम्पत्ति १ सय ८५ बिलियन डलर नाघेपछि दक्षिण अफ्रिकी–अमेरिकी एलोन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् । बिहीबारु शेयर बजारमा उच्च मूल्य लागेपछि टेस्ला र स्पेस एक्सका उद्यमीलाई धनीको सूचिमा शीर्ष स्थानमा पुर्‍याएको हो ।

    उनले अमेजनका संस्थापक वेफ बेजोसलाई पछि पारेका हुन् । बेजोस सन् २०१७ देखि शीर्ष स्थानमा थिए ।

    बिहीबार इलेक्ट्रिक कार उत्पादन कम्पनी टेस्लाको ब्राण्ड मूल्य अहिलेसम्मकै उच्च ७ सय विलियन अमेरिकी डलर पुग्यो, जसले बजारमा उलटपुलट ल्याइदियो ।

    यो भनेको कार कम्पनीहरु टोयोटा, भल्क्सवागन, हुन्डाई, जीएफ र फोर्डको कुल ब्राण्डमूल्य भन्दा पनि बढी हो ।