Tag: टेनिस

  • १८ वर्षे इम्माले तोडिन बेलायतको ४४ वर्ष लामो प्रतीक्षा

    १८ वर्षे इम्माले तोडिन बेलायतको ४४ वर्ष लामो प्रतीक्षा

    एजेन्सी । बेलायतको ४४ वर्ष लामो प्रतीक्षा तोड्दै किशोरी खेलाडी इम्मा राडुकानुले वर्षको चौथो ग्राण्डस्लाम टेनिस युएस ओपनको उपाधि जितेकी छन् । गएराति सम्पन्न फाइनलमा उनले क्यानडाकी लेलाह फर्नान्डेजलाई २-० को सहज सेटमा पराजित गरिन् ।

    न्युयोर्कमा भएको २४ हजार दर्शकमाझ ब्रिटिस नम्बर एक इमाले फर्नान्डेजलाई छ चार र छ तीनको सोझो सेटमा हराइन । मानसिक र शारिरिक रुपमा पनि फर्नान्डेज भन्दा बलियो देखिएकी इमाले पहिलो सेट छ चारले जितिन भने दोस्रो सेटमा छ तीनले आफ्नो पक्षमा पारिन ।

    इमाले बेलायतका लागि ४४ वर्षपछि यूएस ओपनको उपाधि जितेकी हुन । यसअघि सन् १९७७ मा भर्जिनिया वाडेले यूएस ओपनको उपाधि जितेकी थिइन् । इम्माले छनोट चरण पार गरेर प्रतियोगिता खेलेकी थिइन् । छनोटबाट आएकै वर्ष प्रतियागिता जित्ने उनी पहिलो खेलाडी बनिन् । त्यतिमात्र होइन, छनोटदेखि फाइनल प्रतियोगितासम्म एउटा सेट पनि नहार्ने कीर्तिमानसमेत उनले बनाइन् ।

    यस संस्करणको युएस ओपन फाइनलमा दुवै वरीयताविहीन खेलाडी फाइनलमा पुगेका थिए । सेरेना विलियम्स र मार्टिना हिंगिजपछि किशोरी खेलाडीले उपाधि जितेको यो पहिलोपल्ट हो ।

    इम्मा पनि क्यानडाको टोरन्टोमा जन्मिएकी हुन् । रोमानियाली बुबा र चिनियाँ आमाबाट जन्मिएकी उनी २ वर्षको हुँदा परिवारसहित बेलायत सरेका थिए । ५ वर्षको उमेरदेखि उनले टेनिस खेल्न सुरु गरेकी हुन् ।

  • पाव्लुचेन्कोभालाई हराउँदै बेन्सिच सेमिफाइनलमा

    पाव्लुचेन्कोभालाई हराउँदै बेन्सिच सेमिफाइनलमा

    काठमाडौं । स्वीस टेनिस खेलाडी बेलिन्डा बेन्सिच रुसी खेलाडी एनेस्तेसिया पाव्लुचेन्कोभालाई २-१ सेटको नतिजामा पराजित गर्दै टोकियो ओलम्पिक- टेनिसको महिला सिङ्गलतर्फ सेमिफाइनलमा पुगेकी छन् ।

    बुधबार दिउँसो भएको क्वार्टरफाइनलमा पहिलो सेट ६-० ले जितेकी बेन्सिचले एनेस्तेसियाविरुद्धको दोस्रो सेट ३-६ ले गुमाएकी थिइन् ।

    निर्णायक तेस्रो सेटमा ६-३ कै जित निकालेसँगै २४ वर्षीया बेन्चिचले अन्तिम चारमा स्थान सुरक्षित गरिन् ।

  • मिडियासँग कुरा नगर्ने, बरु फ्रेन्च ओपन छाड्ने ओसाकाको निर्णय

    मिडियासँग कुरा नगर्ने, बरु फ्रेन्च ओपन छाड्ने ओसाकाको निर्णय

    एजेन्सी । विश्व नम्बर दुई टेनिस स्टार नामोमी ओसाकाले पत्रकारहरुसँग कुरा नगरेका कारण आयोजकबाट चेतावनी खेप्नु परेपछि जारी फ्रेन्च  ओपन बीचैमा छाड्ने निर्णय गरेकी छन् ।

    ट्वीटरमार्फत ग्राण्डस्लाम छाड्ने घोषणासँगै उनले यो पनि भनेकी छन्, ‘सन् २०१८ मा पहिलोपल्ट ग्राण्डस्लाम जितेयता लामो समयदेखि डिप्रेसनकाे सामना गरिरहेकी छु ।’

    २३ वर्षीया ओसाकाले अघिल्लो साता आफ्नो मानसिक स्वास्थ्यका कारण रोनाल्ड ग्यारोसमा पत्रकार सम्मेलन गर्न नसकेको प्रष्ट पारेकी थिइन् । ‘म कहिल्यै पनि आफ्नो ध्यान बिकेन्द्रित गर्न चाहँदिन’ चारपल्टकी ग्राण्डस्लाम विजेताले भनिन् ।

    आइतबार रोमानियाकी प्याट्रिसिया मारियालाई सोझो सेटमा पराजित गरेपछि पत्रकार सम्मेलनमा अनुपस्थित भएकी उनलाई आयोजकले १५ हजार अमेरिकी डलर जरीवाना लगाएका थिए ।

    त्यसको एक दिनपछि चारै ग्राण्डस्लाम आयोजकले संयुक्त वक्तव्य जारी गरी सन्चारमाध्यमसँग कुरा गर्न नचाहनेलाई प्रतियोगिताबाट निष्कासन गर्ने तथा भविश्यका ग्राण्डस्लामबाट पनि निलम्बित गर्ने चेतावनी दिएका थिए ।

    यही कारण सोमबार ओसाकाले प्रतियोगिता छाडेको घोषणा गर्दै भनेकी छन्, ‘अबको केहि समय कोर्ट छाड्नुपर्नेछ । सबैकुरा सही भइदिएको भए म वास्तवमा टूर गरिरहन चाहन्छु । हामी खेलाडी, पत्रकार र समर्थकहरु मिलेर सबै कुरा परिवर्तन गर्ने प्रयासस्वरुप कुराकानी गर्नेछौं ।’

    फ्रेन्च टेनिस फेडेरेसनका अध्यक्ष जिलेस मोरेट्टोनले दोस्रो वरियताको खेलाडीले प्रतियोगिता छाड्नुलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । उनले ओसाकाको स्वास्थ्यलाभको कामनासमेत गरे ।

  • पत्रकारसँग कुरा गर्न अस्वीकार गर्ने ओशाकालाई ग्राण्डस्लामबाटै निष्कासन गर्ने चेतावनी

    पत्रकारसँग कुरा गर्न अस्वीकार गर्ने ओशाकालाई ग्राण्डस्लामबाटै निष्कासन गर्ने चेतावनी

    एजेन्सी । विश्व नम्बर २ टेनिस खेलाडी नाओमी ओसाकालाई पत्रकारहरुसँग कुराकानी गर्न अस्वीकार गरिरहे फ्रेन्च ओपन र भविश्य सबै ग्राण्डस्लामबाट निष्कासन गर्ने चेतावनी आयोजकले दिएको छ ।

    जापानी सुपरस्टार ओसाकाले गत साता फ्रेन्च ओपनको क्रममा रोनाल्ड ग्यारोसमा आफूले कुनै पनि पत्रकार सम्मेलनमा सहभागी नहुने घोषणा गरेकी थिइन् । त्यसको कारणको रुपमा उनले आफू मानसिक स्वास्थ्यको रक्षा गर्न चाहेको बताएकी थिइन् ।

    प्रतियोगिताको पहिलो चरणअन्तर्गत आइतबार रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई २–० को सेटमा पराजित गरेपछि पत्रकारसँग कुरा गर्न नमानेपछि उनलाई १५ हजार अमेरिकी डलर जरीवाना लगाईको छ ।

    चारै ग्राण्डस्लाम आयोजकहरुको संयुक्त वक्तव्यमा पनि ओसाकाले मिडियालाई अस्वीकार गर्दै गए जरीवाना रकम बढ्ने र भविश्यमाद ग्राण्डस्लामबाट निलम्बनसम्म गर्नुपर्ने स्थिति आउने बताएका छन् ।

    यो वक्तव्यपछि ओसाकाले ट्वीटमार्फत भनेकी छन्, ‘मानिसहरुलाई परिवर्तन असहज लाग्छ ।’

     

  • आईएमई टेनिस: अजा रेग्मी र अदिृत नेपाल विजयी

    आईएमई टेनिस: अजा रेग्मी र अदिृत नेपाल विजयी

    काठमाडौं । अजा रेग्मी तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् । मन्डिखाटारको टेनिस कोर्टमा सोमबार भएको यु–१६ गर्ल्सतर्फको खेलमा अजाले निमिशालाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेकी हुन् ।

    पहिलो सेटमा ६–४ र दोस्रो सेटमा ६–३ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेकी हुन् । यु–१६ कै स्पर्धामा डोमा शेर्पाले रायाना शाहलाई ६–० र ६–० को सेटमा पराजित गर्दा अर्को खेलमा एलिसा गुरुङले त्रिशिमा शर्मालाई ६–२ र ६–३ को सेटमा पराजित गरे । दुबै विजेता पनि अन्तिम आठमा प्रवेश गरे ।

    प्रतियोगिता अन्तर्गत मंगलबारै सम्पन्न ब्वाइज यु–१२ तर्फको खेलमा अदिृत नेपालले जिवन सुनारलाई ६–१ र ६–१ को सेटमा पराजित गर्दा शास्वत ब्रर्जाचार्यले खेम गुरुङलाई ६–० र ६–१ तथा अविर श्रीवास्तवले स्प्रस तिमिल्सिनालाई ७–६ र ७–५ को सेटमा पराजित गरेर अन्तिम ८ मा प्रवेश गरे । गल्र्स यु–१२ तर्फ सिभाली गुरुङ वाक ओभर पाउँदै अघिल्लो चरण प्रवेश गरिन् ।

    उमेर समूहबाट नै टेनिस खेलमा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको टेनिस प्रतियोगितामा कुल १ सय ५ खेलाडीले सहभागिता जनाउँदैछन् ।

    डाक्टर भगवान कोइरालाले उद्घाटन गरेको प्रतियोगितामा ब्वाइज तर्फ ६५ जना र गल्र्सतर्फ ४० खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । आईटिएफ र नेपाल टेनिस संघको नियम अनुसार सञ्चालन भएको प्रतियोगितामा व्वाईज तर्फ ६ र गल्र्स तर्फ ५ विधामा प्रतिस्पर्धा हुँदैछ ।

  • साइना महिला सिंगल्सको सेमिफाइनलमा

    साइना महिला सिंगल्सको सेमिफाइनलमा

    काठमाडौं । भारतकी साइना देशपाण्डे आईटीएफ वर्ल्ड टेनिस टुर- जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

    सातदोबाटोस्थित टेनिस कोर्टमा साइनाले नेपालकी अभिलाषा विष्टलाई ६-३, ६-० को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धामा बेल्जियमकी रोमाने र मार्ते लाम्ब्रेज तथा भारतकी रुमा गाइकाइवारीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

    पुरुष सिंगल्समा भारतका युभान नन्दलाल, अमन दहिया र निशान्त दबस तथा स्पेनका तोमस क्युसदाले सेमिफाइनल यात्रा तय गरे ।

    पुरुष डबल्समा भारतका निशान्त दबस र अमन दहिया तथा भारतकै अनग्रह गांगुली र करण सिंहको जोडीले उपाधि भिडन्त पक्का गरे । उक्त स्पर्धाको महिलामा अमेरिकाकी रुतुजा छप्हल्कर र भारतकी रुदया शाह तथा बेल्जियमकी रोमाने र भारतकी रिया उबोभेजा फाइनलमा पुगेका छन् ।