Tag: टी-२० सिरिज

  • जिम्बावे ‘ए’विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

    जिम्बावे ‘ए’विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

    काठमाडौं । जिम्बावे ‘ए’विरुद्ध टी–२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

    त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टीममा कुनै पनि परिवर्तन गरिएको छैन ।

    जिम्बावे ‘ए’विरुद्ध पहिलो टी–२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुुँदा अंक बाँडेको थियो ।

    आजको खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्न चाहन्छ ।

    नेपालको प्लेइङ ११ मा सन्दीप लामिछाने, आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, मोहमद आदिल आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा र बसिर अहमद छन् ।

  • टी-२० सिरिज: कतारसँग दोस्रो खेल खेल्दै नेपाल

    टी-२० सिरिज: कतारसँग दोस्रो खेल खेल्दै नेपाल

    काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले कतारसँग जारी टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आज दोस्रो खेल खेल्दैछन् । दोहाको वेस्टइन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसाे ३ः४५ बजे सुरु हुनेछ ।

    आइसीसी महिला टी-२० विश्वकप छनेट खेलको तयारी स्वरुप भइरहेको ३ खेलको सिरिजमा नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

    पहिलो खेलमा नेपालले कतारमाथि फराकिलो जित निकालेको थियो । कतारलाई १ सय १९ रनले पराजित गरेको नेपालका लागि ब्याटिङ्तर्फ इन्दु बर्माले ४७ बलमा ५ चौकासहित सर्वाधिक ५५ रन बनाउँदै उत्कृष्ट इनिङ खेलेकि थिइन् । त्यस्तै बलिङतर्फ कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिएकी थिइन ।

    नोभेम्बर २२ देखि २८ सम्म दुबईमा हुने विश्वकप छनोटका लागि नेपाली टोली नोभेम्बर १९ उतैबाट प्रस्थान गर्नेछ ।

  • ईन्दु वर्माको अर्धशतकमा कतारलाई नेपालले दियो १४७ रनको लक्ष्य

    ईन्दु वर्माको अर्धशतकमा कतारलाई नेपालले दियो १४७ रनको लक्ष्य

    काठमाडौं । ईन्दु वर्माको अर्धशतक प्रेरित पहिलो टी-२० सिरिजमा नेपालले कतारलाई १ सय ४७ रनको लक्ष्य दिएको छ ।

    दोहाको वेस्टइन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रनको योगफल तयार गरेको थियो ।

    नेपालका लागि ईन्दुले ४७ बलमा ५ चौकासहित सर्वाधिक ५५ रन बनाइन् । ओपनर सिता राना मगरले ३३ बलमा ५ चौका सहित ३९ रन, काजल श्रेष्ठले ३ बनाएर पेभिलेन फर्केका थिए । त्यस्तै सरिता मगर २१ बलमा २ चौकासहित २१ रन कप्तान रुबिना क्षेत्री २ बलमा कुनै पनि रन नजोडी आउट भइन । कविता कुँवर ८ रन र अप्सरी बेगम शून्यमा अविजित रहे ।

    कतारको बलिङ्मा एङ्लाइन मारे र साबेजा पानाएनले १/१ विकेट लिए ।