Tag: टी-२०

  • टी–२० शृंखला: श्रीलंकाविरुद्धको खेलमा अस्ट्रलिया विजयी

    टी–२० शृंखला: श्रीलंकाविरुद्धको खेलमा अस्ट्रलिया विजयी

    काठमाडौं । श्रीलंकाविरुद्धको टी–२० शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया डिएलएस पद्धतिका आधारमा २० रनले विजयी भएको छ । शुक्रबार सिड्नी क्रिकेट रंगशालामा श्रीलंकाले सुरुमा १४९ रनको लक्ष्य पाएको थियो ।

    तर, १४.५ ओभरमा ८९ रन बनाएर खेलिरहँदा पानी परेपछि श्रीलंकाले डिएलएस पद्धतिमा १९ ओभरमा १४३ रनको लक्ष्य पाएको थियो । यद्यपि, पुनः निर्धारित १९ ओभरमा श्रीलंकाले आठ विकेट गुमाएर १२२ रनमात्र जोड्न सक्यो ।

    श्रीलंकाका ओपनर पथुम निसाङ्काले सर्वाधिक ३६ रन बनाए । यसबाहेक दीनेश चन्डिमलले २५, चरिथ असलङ्काले १६ र वनिन्दु हसरंगाले १३ रन जोडे ।

    यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो ।

    अस्ट्रेलियाका बेन म्याकडेरमोटले अर्धशतकीय इनिङ खेले । म्याकडेरमोटले ४१ बलमा दुई चौका र तीन छक्कासहित ५३ रन बनाए यस्तै मार्कुस स्टोइनिसले ३० रन जोड्दा जोस इङ्लिसले २३ रन बनाए ।

    श्रीलंकाका वनिन्दु हसरंगाले तीन विकेट लिए । यस्तै, दुस्मान्था चमिरा, बिनारा फर्नान्डो र चमिका करुणारत्नेले समान दुई विकेट हात पारे ।

  • कतारविरुद्ध कप्तान रुबिनाको अर्धशतकमा कतारलाई १ सय ३० रनको लक्ष्य

    कतारविरुद्ध कप्तान रुबिनाको अर्धशतकमा कतारलाई १ सय ३० रनको लक्ष्य

    काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा कतारविरुद्ध ब्याटिङ गरिरहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले अर्धशतक बनाएकी छन् । उनको अर्धशतकप्रेरित नेपालले कतारसामु १ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    दोस्रो टी-२० मा टस जितेर पनि पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रनको योगफल तयार पारेको हो ।कतारविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएकी रुबिनाले ४७ब लमा ४ चौका र १ छक्कासहित ५० रन पूरा गरेकी हुन् ।

    ४७ बलमा ५० रन पूरा गरेकी रुबिना ४८औं बलमा आउट हुँदै पेभेलियन फर्किएकी छन् । नेपालका लागि ओपनर कविता कुँवले ३० बलमा २ छक्कासहित ३१ तथा ज्योति पाण्डेले ६ रन बनाएका थिए । यस्तै, विकेटकिपर-ब्याटर काजल श्रेष्ठ ३, सरिता मगर ४ तथा डोली भट्ट शून्यमा पेभेलियन फर्किँदा अप्सरी बेगमले अविजित २३ रन बनाइन् ।

    टस हारेर फिल्डिङको निम्तो पाएको कतारका लागि एन्जेलिन मेरले २ तथा एलिना खान, सबीजा पनायन र साची ढड्वालले १/१ विकेट लिए ।मंगलबार भएको पहिलो टी-२० मा नेपालले कतारविरुद्ध १ सय १९ रनको फराकिलो जित निकालेको थियो ।

  • विश्वकपछि टी-२० को कप्तानी छोड्ने कोहलीको घोषणा

    विश्वकपछि टी-२० को कप्तानी छोड्ने कोहलीको घोषणा

    काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अक्टोबरमा दुबईमा हुने टी-२० विश्व कपपछि छोटो फर्म्याटको क्रिकेटमा भारतीय टोलीको कप्तानी छाड्ने निर्णय गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै कोहलीले यहाँसम्म आइपुग्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यो निर्णय लिएको बताएका छन् ।

    ‘लगातार ८-९ वर्ष लगातार तीन वटै फर्म्याट खेलिरहेको छु र निरन्तर ५-६ वर्षदेखि कप्तानी गरिरहेको छु,’ उनले भनेका छन्, ‘अब भारतीय टोलीलाई एकदिवसीय र टेस्टमा नेतृत्व गर्नका लागि आफूलाई ‘स्पेस’ दिनुपर्ने महसुस गरेको छु । मैले अहिलेसम्म टी-२० मा मेरो सबै थोक दिउको छु । अब टी-२० ब्याट्सम्यानको रूपमा अझै पनि उत्तिकै योगदान गर्नेछु ।’

    आफूले यो निर्णय लिनुअघि आफ्ना नजिकसँग सल्लाह गरेको बताएका छन् ।