Tag: टीकाराम भट्टराई

  • सहज बहिर्गमनले प्रधानन्यायाधीशलाई नै फाइदा हुन्छ : भट्टराई

    सहज बहिर्गमनले प्रधानन्यायाधीशलाई नै फाइदा हुन्छ : भट्टराई

    काठमाडौं । संविधानविद् टीकाराम भट्टराईले सडकबाट माग्दैमा राजीनामा दिन्न भन्ने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको भनाइ राजनीतिक नेताहरूको जस्तो भएको आरोप लगाएका छन् ।

    नेपाल बारले गरेको आन्दोलनमा भट्टराईले सहज बहिर्गमनले स्वयं राणा र न्यायालयको साख जोगिने बताए । ‘उहाँ राजनीतिज्ञको जस्तो पोजिसन लिएर बस्ने होइन,’ उनले भने, ‘एकजना नागरिकले प्रश्न उठाउँदैमा पनि त्यो नैतिकताको प्रश्न बन्छ । सहज बहिर्गमन गर्दा उहाँलाई पनि सहज हुन्छ । न्यायालको साख पनि बच्छ ।’

    बार र प्रधानन्याधीशका सहकर्मी न्यायाधीशहरूले उठाएका विषय गलत छन् भन्ने मान्छे कोही पनि नभएको उनले दाबी गरे । ‘बार र उहाँका सहकर्मी न्यायाधीशले उठाएका विषय गलत छन् भन्ने मान्छे कोही पनि छैन’ भट्टराईले भने, ‘हामीले उठाएका विषय पनि सही हुने तर राजीनामाको विषय चाहिँ गलत हुन्छ ? जुन विषय उठेका छन्, त्यसको उहाँले सम्बोधन गर्न सक्नुपर्छ ।’

  • बार सल्लाहकारको मत- प्रधानन्यायाधीशले अविलम्ब राजीनामा गर्नुपर्छ

    बार सल्लाहकारको मत- प्रधानन्यायाधीशले अविलम्ब राजीनामा गर्नुपर्छ

    काठमाडौं । नेपाल बार एसोसिएसनका सल्लाहकाहरूले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले अविलम्ब राजीनामा दिनुपर्ने मत राखेका छन् । बार सल्लाहकार समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशले राजीनामा नगरे आन्दोलनका कार्यक्रम घोषणा गर्न बारलाई सुझाव दिएको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए ।

    ‘सल्लाहकारको बैठकमा ९९.५ प्रतिशत सल्लाहाकारको मत उहाँले अविलम्ब राजीनामा गर्नुपर्छ भन्ने छ,’ बैठकका निर्णयबारे जानकारी गराउँदै उनले भने, ‘अब कार्य समिति बसेर निर्णय गर्छ र नेपाल बारको त्यो सुझावको आधारमा उहाँले अविलम्ब राजीनामा गर्नुभएन भने देशव्यवापी आन्दोलन गर्नुपर्छ भन्ने सल्लाह रहेको छ ।’

    कार्यपालिकामा भाग खोजेको भन्दै प्रधानन्यायाधीश राणा विवादमा परेका छन् । सर्वोच्चकै १५ प्रधानन्याधीशहरू राणाले राजीनामा दिनुपर्ने भन्दै अदालतको पूर्णबैठक र इजलास बहिष्कार गरिरहेका छन् ।

  • सभामुखले पनि संसद अधिवेशन आव्हानको सिफारिस गर्न सक्छन् : संविधानविद् भट्टराई

    सभामुखले पनि संसद अधिवेशन आव्हानको सिफारिस गर्न सक्छन् : संविधानविद् भट्टराई

    काठमाडौं । संविधानविद् टीकाराम भट्टराईले सभामुखले प्रतिनिधिसभा बैकक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नसक्ने बताएका छन् ।

    बिहीबार सभामुखसँगको छलफलको क्रममा भट्टराईले अधिवेशन आह्वान राष्ट्रपतिले मात्रै गर्न सक्ने भए पनि सिफारिस भने सभामुखले पनि गर्न सक्ने तर्क गरेका हुन् ।

    ‘सर्वोच्चको फैसलालाई उदृत गर्दै सम्माननीय सभामुखले राष्ट्रपतिलाई प्रतिनिधिसाको बैठक आह्वान गर्न सिफारिस गर्न सक्नुहुन्छ,’ भट्टराईले भने, ‘मन्त्रिपरिषदले मात्रै अधिवेशन आह्वान सिफारिस गर्न सक्दैन ।’

    अधिवेशनको आह्वान गर्ने अधिकार भने केवल राष्ट्रपतिलाई मात्रै भएको उनको भनाइ छ । उनले सर्वोच्चको फैसला बमोजिम संसद जीवितै भएको बताए। ‘अधिवेशनमात्रै नबसेको हो सर्वोच्चको फैसला बमोजिम प्रतिनिधिसभा जीवित छ,’ भट्टराईले भने।

    संविधानवाद, संसदीय व्यवस्था र संवैधानिक सर्वोच्चताको जगेर्ना गर्ने दायित्व सभामुखलाई पनि भएको बताउँदै भट्टराईले जेठ १५ मा बजेट ल्याउन संसद हुनै पर्ने दावी गरे ।

    उनले भने, ‘प्रत्येक वर्ष जेठ १५ गते हरहालतमा बजेट प्रतिनिधिसभामा पेस गर्नुपर्छ भनिएकाले प्रतिनिधिसभा मर्दैन ।’