Tag: टि–२० विश्वकप

  • टि-२० विश्वकप क्वालिफायरः भेषावकरको स्थानमा कुशल

    टि-२० विश्वकप क्वालिफायरः भेषावकरको स्थानमा कुशल

    काठमाडौं। नेपाली टिमका ब्याट्सम्यान शरद भेषावकरले चोटका कारण टि–२० विश्वकप क्वालिफायर गुमाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार खुट्टामा लागेको चोटले गर्दा उनलाई टिमबाहिर राखिएको हो ।

    शरदको स्थानमा अलराउन्ड कुशल मल्ललाई टिममा समावेश गरिएको छ । मल्ल नेपालको रिजर्भ खेलाडीका रुपमा थिए । नेपालले आज फिलिपिन्ससँग आफ्नो दोस्रो म्याच खेल्दैछ ।

    हिजो भएको पहिलो म्याचमा नेपालले ओमानलाई पराजित गरेको थियो । खराब फर्मबाट गुज्रिरहेका भेषावकरले हिजोको म्याचमा टिममा स्थान पाएका थिएनन् ।

  • आरिफको संघर्षपूर्ण इनिङमा नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य

    आरिफको संघर्षपूर्ण इनिङमा नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य

    काठमाडौं । टि–२० विश्वकप छनोट अन्तरगत अहिले जारी म्याचमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको छ । प्रमुख ब्याट्सम्यानहरु चल्न नसक्दा मध्यक्रमका आरिफ शेखको संघर्षपूर्ण इनिङले नेपाललाई केही राहत दिएको थियो ।

    टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपालले खराब सुरुवात गर्दै १२ रनमै ओपनिङ जोडी गुमाएको थियो । कुशल भुर्तेल ५ र आरिफ शेख ५ रन बनाएर आउट भए । उनीहरु दुवैलाई बिलाल खानले खावर अलिको हातबाट क्याचआउट गराएका थिए ।

    त्यसपछि पनि ब्याटिङ पतनको क्रम रोकिएन । सबैभन्दा बढी आशा गरिएका दिपेन्द्र सिंह ऐरी आज चलेनन् । उनी ११ रन बनाएर आउट हुँदा अनुभवि ज्ञानेन्द्र मल्ल पनि १५ रन मात्रै बनाएरु पेभिलियन फर्केका थिए । लोकेश बमले १ छक्का सहित १६ रन बनाए ।

    नेपालका लागि आरिफले सर्वाधिक ३८ रन बनाएका थिए । ३७ बलको सामना गरेका उनले २ चौका प्रहार गरे । नवौं नम्बरमा आएका कप्तान सन्दिप लामिछानेले १ छक्का र १ चौका सहित ६ बलमा १६ रन बनाए ।

    ओमानका लागि खावर अलिले ३ र विलाल खानले २ विकेट लिएका छन् ।