Tag: टि–२० वल्र्डकप

  • फिलिपिन्सलाई नेपालले दियो २१९ रनको विशाल लक्ष्य, कुशल र दिपेन्द्रको उत्कृष्ट साझेदारी

    फिलिपिन्सलाई नेपालले दियो २१९ रनको विशाल लक्ष्य, कुशल र दिपेन्द्रको उत्कृष्ट साझेदारी

    काठमाडौं । टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्सविरुद्धको म्याचमा पहिलो ब्याटिङ गर्दै २१८ रनको विशाल स्कोर खडा गरेको छ । नेपालका लागि ओपनर कुशल भुर्तेलले आकर्षक शतक र दिपेन्द्र ऐरीले विष्फोटक अर्धशतक बनाए ।

    टस हारेर ब्याटिङमा निम्त्याइएको नेपालले खराब सुरुवात गरेको थियो । नेपालको खातामा ९ रन मात्रै हुँदा ओपनर आसिफ शेख शुन्यमा आउट भए । तेस्रो नम्बरमा पठाइएका कुशल मल्ल पनि चल्न सकेनन् । १० बलमा १२ रन बनाएर मल्ल आउट भएपछि नेपालको इनिङ कुशल भुर्तेल र दिपेन्द्र ऐरीले सम्हालेका थिए ।

    कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रन बनाउँदै अन्त्यसम्म अविजित रहे । यस्तै दिपेन्द्रले ४७ बलमा ८३ रन प्रहार गर्दा ४ छक्का र ६ चौका वर्षाए । १८ औं ओभरमा दिपेन्द्र आउट भएपछि क्रिजमा आएका लोकेश बमले ३ बलमा एक छक्का प्रहार गर्न सफ भए ।

    फिलिपिन्सका लागि डेनियल स्मिथ, गुरभुपिन्दर चोहान र मिगी पोडोस्कीले १–१ विकेट लिएका थिए ।

  • फिलिपिन्सविरुद्ध कुशल भुर्तेलको शतक, दिपेन्द्रसँग विशाल साझेदारी

    फिलिपिन्सविरुद्ध कुशल भुर्तेलको शतक, दिपेन्द्रसँग विशाल साझेदारी

    काठमाडौं । टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्सविरुद्धको म्याचमा नेपालका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो ।

    भुर्तेललले ५७ बलमा शतक हान्दा १ छक्का र १३ चौका प्रहार गरे । सुरुदेखि आक्रामक अन्दाजमा पेश भएका उनले फिलिपिन्सका बलरहरुलाई कुनै मौका नदिइ आफ्ना शटहरु खेले । अन्तर्राष्ट्रिय टि–२० मा शतक प्रहार गर्ने उनी नेपालका तेस्रो ब्याट्सम्यान हुन् । यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले टि–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका थिए ।

    भुर्तेललाई मध्यक्रमका दिपेन्द्रसिंह ऐरीले बलियो साथ दिएका छन् । यो जोडीले तेस्रो विकेटका लागि विशाल साझेदारी गरेपछि नेपाल २ सयभन्दा माथिको स्कोरतर्फ लम्किएको छ । उत्कृष्ट फर्ममा रहेका ऐरीले पनि अर्धशतक प्रहार गरेका छन् ।