Tag: टिपर दुर्घटना

  • टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु

    टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु

    काठमाडौं । काठमाडौंको नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    मेलम्चीबाट आउँदै गरेको बा४ख ६३७९ नं को टिपर शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो ।

    टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् । चालक फरार रहेका छन् ।

  • सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटनाः दुई जनाको मृत्यु, २४ जना घाइते

    सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटनाः दुई जनाको मृत्यु, २४ जना घाइते

    सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ती सवार टिपर अनियन्त्रित भएर पल्टिदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।

    घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको टिपर अनियन्त्रित भइ सडकमा पल्टिएको थियो ।

    गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।

    गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेहरुको बिराटनगर, कटारी र सिन्धुलीका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ । बेहुला बेहुली भने अर्कै गाडीमा सवार रहेको खुलेको छ ।

     

     

     

  • पाल्पाको रिब्दीकोट जोर्तेमा दुई वटा टिपर खस्दा एक जनाको मृत्यु

    पाल्पाको रिब्दीकोट जोर्तेमा दुई वटा टिपर खस्दा एक जनाको मृत्यु

    पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवा जोर्तेमा दुई वटा टिपर एकै ठाउँबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्युु हुने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२ का ४५ वर्षका टंकबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    यसैगरी घाइते सोही गाउँकै टिपर चालक ३८ वर्षका अशोक कुँवर, ४२ वर्षका रमा कुँवर, ललितपुरका २६ वर्षका टिपर चालक राजेन्द्र बजगाई, नवलपरासी सुनवल–९, का २२ वर्षका किसन कुँवर रहेको प्रहरीले जनाएको छ । घाइते चार जनाकै अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक (डीएसपए) रामेश्वर त्वातीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते सबैको पाल्पा तानसेनको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

    बुटवलबाट गुल्मी जाँदै गरेका बा ४ ख ७३२० र प्रदेश ३–०२, ००१ क ०२५० नम्बरको टिपर दुर्घटनामा परेका हुन् । बा ४ ख ७३२० नम्बरको टिपरले अर्काे टिपरलाई ठक्कर दिँदा दुवै टिपर भीरबाट खसेका थिए । दुवै टिप्परले सिमन्ट बोकेर गुल्मी जाँदै थिए ।

  • दैलेखको राकममा टिपर दुर्घटना

    दैलेखको राकममा टिपर दुर्घटना

    सुर्खेत । कणरली राजमार्ग अन्तर्गत दैलेखको आठबीस नगरपालिका-४ राकम, कोटेसल्लामा मंगलबार राती टिपर दुर्घटना भएको छ ।

    टिपर कोटेसल्लाबाट झण्डै दुई सय मिटर तल कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    बा५ख २१८३ नम्बरको टिप्पर दाङ लमहीबाट जुम्ला जाँदै थियो । दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठका अनुसार दुर्घटनाग्रस्ट्ट टिपर नदीभित्र रहेकाले  उद्धारमा समस्या भएको हो ।

    टिपरमा के ल्याइएकाे थियाे र कतिजना सवार थिए भन्नेबारे कुनै जानकारी नआएकाे डीएसपी श्रेष्ठले जनाएका छन् ।