Tag: टापनटिपन

  • नेपालको क्रिकेट म्याच चलिरहँदा होटल रुमबाट द्वीअर्थी स्टाटस लेख्दै इस्टु कार्कीले मच्चाइन् हंगामा

    नेपालको क्रिकेट म्याच चलिरहँदा होटल रुमबाट द्वीअर्थी स्टाटस लेख्दै इस्टु कार्कीले मच्चाइन् हंगामा

    काठमाडौं । माइपोखरी काण्डपछि केही सेलाएकी कन्टेन्ट क्रियटर इस्टु कार्कीले हिजो राति धारावाहिकरुपमा द्वीअर्थी स्टाटसहरू लेखेर फेरि हाइलाइटमा आउने प्रयास गरेकी छन् । नेपाल-ओमानबीच क्रिकेट म्याच चलिरहँदा फेसबुकमा ‘लाइभ कमेन्ट्री’ गरिरहेकी उनले खेलाडीहरूलाई जोडेर यौनजन्य आशयका शब्दहरू प्रयोग गरेकी थिइन् ।

    चितवनको एउटा होटल रुममा बसेकी इस्टुले म्याच अवधिभरि २७ वटा पोस्ट गर्न भ्याइन् । तीमध्ये उनले लेखेका ४ वटा स्टाटस दोहोरो अर्थ लाग्ने र अश्लिलता प्रेरित थिए । ती स्टाटसमा आएका अधिकांस कमेन्टहरु पनि अश्लील नै छन् ।

    सुरूमा सामान्यरूपमै लेखिरहेकी इस्टुले रात छिप्पिँदै गएपछि स्टाटसमा कामूकता प्रदर्शन गर्न थालिन् ।

    उनको पहिलो द्वीअर्थी स्टाटस थियो- सर्पले भ्यागुता समाए जस्तो समाउ न यार !

    समाउन पनि के सिकाउनु ।

    यसमा भक्कु प्रतिक्रियाहरू आएपछि इस्टु हौसिइन् । ती प्रतिक्रियाहरूबाट आफ्नै चरित्रको धज्जी उडिरहेको उनलाई मतलब भएन ।

    इस्टुले अर्को स्टाटस लेखिन्- नन्दु बिस्तारै !

    सायद उनले बलर नन्दन यादवलाई ईंगित गरेकी थिइन् । यसमा पनि उस्तै प्रतिक्रियाहरू आएपछि अझै उत्ताउलिएर लेखिन्- सोम झार्देको ?

    इस्टुको सबैभन्दा पछिल्लो स्टाटस छ- मज्जा नै आएन ।

    यी स्टाटसहरू अहिले पनि उनको टाइमलाइनमा यथावत छन् । प्रतिक्रियाहरू हेरिसक्नु छैनन् । कसैले लेखेका छन्- तिमीले क्रिकेट हेरेको कि सुहागरात मनाएको ? होटलको रुममा क्रिकेट हेरेर बस्दा के मज्जा आउँथ्यो ।

    धेरैले उनलाई आफ्नो चरित्र पतन गराएर भाइरल हुन खोजेको टिप्पणी गरेका छन् । इस्टु यसअघि इलामको माइपोखरीमा करिब अर्धनग्न फोटोसेसन गरेर भाइरल भएकी थिइन् । प्रतिभा हुँदाहुँदै पनि भाइरल हुने लोभले उनको छवि खस्किँदै गएको छ ।

  • आज सार्वजनिक गर्न लागिएको विपिनको ३० सेकेन्डको भिडिओ क्लीप कहिलेको हो ?

    आज सार्वजनिक गर्न लागिएको विपिनको ३० सेकेन्डको भिडिओ क्लीप कहिलेको हो ?

    काठमाडौं । गाजामा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको एउटा भिडिओ क्लीप आज सार्वजनिक हुँदैछ, जसलाई लिएर उनी जिवित रहेकोप्रति परिवारजन विश्वस्त बनेका छन् । यो भिडिओ ताजा भने होइन ।

    द टाइम्स अफ इजरायलका अनुसार अपहरण भएको केही हप्तापछिको भिडिओबाट लिइएको क्लीप सार्वजनिक गर्न लागिएको हो ।

    यो ३० सेकेन्ड लामो छ । इजरायली समय अनुसार यो भिडिओ राति ८ः५५ (नेपाली समय अनुसार राति करिब १०ः३५) बजे प्रसारण गरिने छ ।

    हामासको नेतृत्वमा अक्टोबर ७, २०२३ मा भएको आक्रमणका क्रममा आतंककारीहरूले गाजामा विपिनलाई अपहरण गरेका थिए । अपहरण भएको केही हप्तापछिको भिडियोबाट लिइएको एक स्थिर तस्वीर प्रकाशन गर्न परिवारले अनुमति दिएको द इजरायल टाइम्सले जनाएको छ ।

    ३० सेकेन्डको रेकर्डिङ भने सेनाले प्राप्त गरेको र गुप्तचर अधिकारीहरूले परिवारसँग सेयर गरेको बन्दी तथा हराइरहेका परिवार मञ्चले एक विज्ञप्तिमा जनाएको छ ।

    मञ्चले अमेरिकामा रहेका विपिनका परिवार सदस्य (आमा र छोरी)लाई उद्वृत गर्दै भनेको छ, ‘गाजामा प्राप्त यो जीवनको संकेत, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उनी जीवित छन् भन्ने बलियो विश्वास दिलाउँछ ।’

    विपिन जोशी ती दुई बन्दीहरूमध्ये एक हुन्, जसको बारेमा इजरायलले ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ, र सेनाले उनको मृत्यु भएको पुष्टि गरेको छैन ।