Tag: टान

  • टान अध्यक्षमा सापकोटाको उम्मेदवारी घोषणा, यस्ता छन् व्यवसायी र मजदुरपक्षीय एजेण्डा

    टान अध्यक्षमा सापकोटाको उम्मेदवारी घोषणा, यस्ता छन् व्यवसायी र मजदुरपक्षीय एजेण्डा

    काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

    आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाले ठमेलमा पर्यटकीय होटल समेत संचालन गर्छन् ।

    नेपाल पर्यटन बोर्डका पूर्वसदस्य समेत रहिसकेका सापकोटाले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले स्थापना भएको नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायीलाई नोकरको रूपमा मात्र व्यवहार गरेको बताए ।

    पर्यटन क्षेत्रको प्रवर्द्धन कमजोर बन्दै गएको भन्दै उनले टानको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बनेको बताए । उनले व्यवसायीलाई नोकरको व्यवहार गरेर पर्यटन बोर्ड साहु बन्ने गरेको भन्दै व्यवसायीको हितका लागि नेतृत्वमा आउन चाहेको बताए ।

    सापकोटले भने, ‘टानको अस्तित्व निमट्यान्न हुने अवस्थामा पुगेको छ, निजी क्षेत्रबाट सञ्चालित टान र नेपाल पर्यटन बोर्डबीच सम्बन्ध यस्तै भइरहनु आम व्यवसायी र देशकै हितमा छैन । मालिक बनेर बोर्डले व्यवसायीलाई नोकर बनाउने भन्दा पनि सहकार्य गरेर प्रवर्द्धनात्मक काम अघि बढाउनु जरुरी छ ।’

    व्यवसायीले मेहनत गरेर पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बेचेर बोर्डलाई पैसा बुझाउनु पर्ने तर टिम्सको उदेश्य अनुसार बोर्डले कुनै काम नगरेका कारण हाल व्यवसायी र मजदुर पलायन हुने अवस्थामा पुगेको सापकोटाले बताए ।

    एक हजार आठ सयभन्दा बढी पर्यटन व्यवसायीहरूको संलग्नता रहेको टान पछिल्लो समय विवादित बन्दै गएकाले संस्थागत हितबिना व्यवसाय अघि बढ्न नसक्ने र व्यावसाय बचाउन नसके पर्यटन क्षेत्र अघि नबढ्ने उनको भनाइ छ ।

    सुरूआतमा टिम्सको शुल्क टानसँग सहकार्य गरेर पर्यटन क्षेत्रमा कार्यन्वयन गर्ने र १० प्रतिशत रकम पर्यटन मजदुरको हितमा खर्च गर्ने सम्झौता भए पनि बोर्डका सीमित कर्मचारीले आफूखुसी काम गर्दै आएको आरोप छ । टानको नेतृत्वले यो लडाइ लड्नुको विकल्प नभएको व्यवसायीह बताउँछन् ।

    पदयात्राको कानुनी आधार भएको बील- भरपाइ नभएको भन्दै टानलाई अख्तियार र महालेखाबाट पत्र काटेको छ । तर, विकट क्षेत्रबाट काम गर्दा बील भरपाइ दुरुस्त नहुने व्यवसायीहरूको भनाइ छ ।

    पर्यटन बोर्डकै केही कर्मचारीको संलग्नतामा पत्र काट्न लगाउने गरेको आरोप व्यवसायीहरूको छ । यही कारण वषौंदेखि टान नवीकरण हुन सकेको छैन । तर, ट्रेकिङ व्यवसायी र समग्र टानको मुद्दालाई उठान गर्न सक्ने सक्षम नेतृत्वको जरुरी भएको व्यवसायी वाङछु शेर्पा बताउँछन् ।

    पदयात्रामा दुर्गम क्षेत्रबाट बील र भरपाईको आधारहरू प्रष्ट नभएको जस्ता सानातिना कामले टानलाई वदनाम गराएको उनको दाबी छ । यस्तै आर्थिक कारण देखाउँदै यूएनडीपीबाट टानलाई प्रदान गर्ने २२ करोड रूपैयाँ बोर्डले लिएर पर्यटन क्षेत्रमा भन्दा पनि आफूखुसी खर्चेको आरोप छ ।

    सापकोटाले भने, ‘पदयात्रामा सम्भावना रहेका क्षेत्रहरू गुमाउँदै गएको अवस्थामा टानलाई पुनर्जीवन दिन आफू नेतृत्वमा आउन चाहेको सापकोटाले बताए । पदयात्राका बढी सम्भावना रहेका अल्टरनेटिभ ट्रेकिङ ट्राइलको प्रवर्द्धन हुनुपर्छ । पर्यटन क्षेत्रमा भावनात्मक प्रतिनिधित्व हुने गरी जिम्मेवार नेतृत्व खाँचो छ ।

  • ‘टान’को ४३ औँ अधिवेशन आगामी माघ २८ मा

    ‘टान’को ४३ औँ अधिवेशन आगामी माघ २८ मा

    काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)को ४३ औँ वार्षिक साधारणसभा एवं अधिवेशन आगामी माघ २८ गते हुने भएको छ ।

    सस्थाका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाका कारण रोकिएको ४२ तथा ४३औँ साधारणसभा तथा अधिवेशन माघ २८ गते गर्न लागिएको जानकारी दिनुभयो । विसं २०३५ मा स्थापना भएको सस्थामा हाल देशभर दुई हजारका हाराहारीमा पर्यटन व्यवसायी आवद्ध छन् ।

    पदयात्रा तथा पर्वतारोहणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको टानले कोरोनाका समयमा सरकार र निजी क्षेत्रबीच सहजीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

    कोरोनाका बीच विभिन्न पर्यटन ऐनलगायत विदेशी पर्यटकलाई सहजीकरणको भूमिका प्रदान, टान फुड बैंक स्थापना, पर्यटन श्रमिकलाई पर्यटन वोर्डमार्फत रोजगारी सिर्जाना, व्यवसायी तथा ट्रेकिङ गाइडलाई क्रेडिट कार्डको सुविधालगायतका कार्य गरेको थियो ।

  • कोरोनाभाइरसले भुटानमा पहिलो मृत्यु

    कोरोनाभाइरसले भुटानमा पहिलो मृत्यु

    थिम्पु । महामारी विश्वभर फैलिएको दस महिनपछि कोभिड–१९ को कारण हिमाली राष्ट्र भुटानमा पहिलो मृत्यु भएको छ ।

    भुटानी स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो लकडाउनकै क्रममा शनिबार पहिलोपटक मृत्युको केस पुष्टि भएको हो ।

    भुटानमा अहिलेसम्म ८१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित संख्या ३४३ छ । भुटानले अहिले दोस्रो चरणको देशव्यापी लकडाउन गरिरहेको छ ।