Tag: टप न्यूज

  • घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिन म्याद थप

    घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिन म्याद थप

    काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ ।

    विभागले मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । यसअघि विभागले असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको थियो । घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने मालपोत ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम सरकारले राजपत्रमा सूचना प्रकाशित गरी घरजग्गा कारोबार गर्ने कम्पनीका हकमा कार्यक्षेत्र समेत तोकेको थियो ।

    विभागले पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिकालाई कार्यक्षेत्रका रूपमा परिभाषित गरेको थियो । एक पटकमा तीन करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाले आवेदन दिन सकिने प्रबन्ध गरेको थियो । घरजग्गाको व्यवसायलाई पारदर्शी, मर्यादित एवम् वैज्ञानिक बनाउने उद्देश्यका साथ कारोबारलाई व्यवस्थित गर्न लागेको जनाइएको छ ।

    विभागले गत शुक्रबारदेखि लागू हुने गरी आवेदनको म्याद थप गरिएको जनाएको हो । विभागले पहिलो चरणमा छ वटा महानगर र ११ उपमहानगपालिकामा घर जग्गा कारोबारलाई व्यवस्थित बनाउने उद्देश्यका साथ कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रकाशित सूचनाअनुसार न्यून सङ्ख्यामा आवेदन परेकाले म्याद थप गरिएको हो ।

    विभागका अनुसार कात्तिकमा घरजग्गा कारोबारबाट दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १ सय ९९ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । त्यसैगरी सेवा कर २१ करोड ३४ लाख ४७ हजार ४ सय १३ रुपैयाँ, रजिष्टे«शन शुल्क एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ रपैयाँ, पूँजीगत लाभकर ९९ करोड ७८ लाख ४४ हजार ३ सय ९२ रुपैयाँ बराबर सङ्कलन भएको थियो ।

  • सुदूरपश्चिममा प्रतिनिधि छनोट विवाद : दुई जिल्लामा दुई पक्षका फरक-फरक सूची

    सुदूरपश्चिममा प्रतिनिधि छनोट विवाद : दुई जिल्लामा दुई पक्षका फरक-फरक सूची

    कैलाली । ११ औँ महाधिवेशनको लागि सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा प्रतिनिधि छनोटको विवाद उत्कर्षमा पुगेको छ । बझाङ र डोटीमा प्रतिनिधिका दुई सूचि सार्वजनिक भएका छन् ।

    बझाङ र डोटीमा अध्यक्ष समूहले एउटा सूचि सार्वजनिक गर्दा इन्चार्ज र सचिव समूहले अर्को सूचि जारी गरेको छ ।

    बझाङमा सबैभन्दा पहिले सार्वजनिक गरिएको सूचिमा जिल्ला अध्यक्ष दिलबहादुर भण्डारी, संविधानसभा सदस्य लालबहादुर रावल, प्रदेशसभा सदस्य दमन भण्डारी लगायत ११ जनालाई महाधिवेशन प्रतिनिधि चयन गरिएको थियो।

    त्यसलगत्तै अर्को समूहले थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, केदारस्यूँ गाउँपालिकाकी पूर्व उपाध्यक्ष निशा धामीसहितको सूची सार्वजनिक गरेको हो ।

    एमालेको लेटर हेडमा प्रकाशित पहिलो सूचीमा प्रमुख निर्वाचन अधिकृत राजेन्द्रप्रसाद जोशीको दस्तखत छ भने अर्कोमा पनि लेटर हेडबिनै उनकै दस्तखत छ ।

    दोस्रो सूचीमा रहेकाहरूको नामावली राख्दै एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरवबहादुर सिंह, केन्द्रीय सदस्यहरू अफिलाल ओखेडा र आशा विकको समेत हस्ताक्षरमा छुट्टै सूचीसमेत प्रकाशित गरिएको छ ।

    ‘अध्यक्षलाई र इन्चार्जलाई नाम टुङ्गाउने जिम्मा दिइएको थियो । त्यो टुङ्गाइएको नाममा पदाधिकारीहरूले हस्तक्षेप गरेपछि दुई सूचि सार्वजनिक हुने परिस्थिति बनेको हो’ केन्द्रीय सदस्य अफिलाल ओखेडाले भने, ‘दुवै सूचीमा प्रमुख निर्वाचन अधिकृतको हस्ताक्षर छ । यो विषय अब केन्द्रले टुङ्गो लगाउँछ ।’

    केन्द्रीय सदस्य ऐन महर र भैरवबहादुर सिंहबीचको गुटबन्दीका कारण दुई फरक फरक सूचि सार्वजनिक भएको एक समूहले अर्को समूहलाई आरोप लगाइरहेको छ । महर जिल्लामा छैनन् तर, सिंह जिल्लामा बसेर गुटबन्दी गरिरहेको महर पक्षको आरोप छ ।

    जिल्ला अध्यक्ष दिलबहादुर भण्डारीसहितलाई सबै प्रक्रिया पुरा गरेर प्रतिनिधि बनाइएको भन्दै सोही सूचि आधिकारिक भएको पार्टी सचिव नैन बोहराले बताए । तर, अर्को समूहले गुटबन्दी गरेर अवैधानिक सूचि बाहिर ल्याएको उनको आरोप छ ।

    ‘हामीले सबै प्रक्रिया पुरा गरेर प्रतिनिधि चयन गरेका हौ तर उहाँहरूले अवैधानिक ढङ्गले पछि लेटरप्याड विनाको सूचि सार्वजनिक गर्नु भएको हो ’ सचिव बोहरा भन्छन्, ‘प्रमुख निर्वाचन अधिकृतलाई पनि दबाब दिएर हस्ताक्षर गर्न लगाउनु भएको रहेछ ,उहाँले सङ्गठन विभागलाई जानकारी गराइसक्नु भएको छ ।’

    उनले सबैभन्दा पहिलो लेटर प्याडसहित जारी गरिएको सूचिमा सबै पक्षलाई समेटिएको बताएका थिए । दुवै सूचिमा भागीरथी सिंहको नाम समावेश छ। उनी पार्टी इन्चार्ज भैरवसिंहको श्रीमती हुन् ।

    प्रदेश समितिमा समेत रहेकी उनलाई सङ्केत गर्दै पार्टी सचिव भन्छन्, ‘भागीरथी कमरेडलाई कसैको श्रीमतीको रूपमा चित्रण गर्नुभन्दा पनि उहाँको आफ्नै राजनीतिक इतिहास छ । गुटबन्दी भएको भए त उहाँ पनि छुट्नुहुन्थ्यो होला नि । लेटर प्याडसहित आएको सूचि कुनै गुटको भन्दा पनि सबै प्रक्रिया पुरा गरेर बझाङका सिनियर कमरेडहरू नछुटुन् भन्नका लागि तयार गरिएको हो । गुटको सूचि त अर्को हो ,जहाँ सबै सिनियरलाई छुटाइएको छ ।’

    उनले अर्को सूचिमा तीन केन्द्रीय सदस्यको हस्ताक्षर रहेको भन्दै भने ‘केन्द्रीय सदस्यले प्रतिनिधि चयन गर्ने होइन ,प्रक्रियाले हो । ’

    यता डोटीमा पनि चरम विवाद पछि दुई गुटका दुई सूचि बाहिरिएका छन् । दुवै पक्षले एकले अर्कालाई दोष थुपारिरहेका छन् ।
    ‘सबै उम्मेदवारले पदाधिकारी पाँच जनालाई जिम्मेवारी दिनुभएको थियो । सबै टुङ्गो लगाएर सर्वसम्मत ग¥यौं । निर्वाचन अधिकृत हस्ताक्षर गरेर प्रमाण पत्र समेत बाढिसकेका छौँ ’ जिल्ला अध्यक्ष मञ्जु मलासीले भनिन्, ‘सबै प्रक्रिया पुरा भइसकेपछि पनि खै कसलाई के पुगेन अर्को सूचि आयो । त्यो वैधानिक होइन । ’

    अध्यक्ष मलासीसहितको समर्थनमा जारी गरिएको सूचिका प्रदेश सभा सदस्य चक्र मल्ल, जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त जोशी स्वयं अध्यक्ष मलासीको नाम रहेको छ भने अर्को सूचिमा उनीहरूको नाम छैन । त्यसमा पार्टी सचिव पदमराज भट्ट, पूर्व गाउँपालिका अध्यक्ष दीर्घराज बोगटी लगायतको नाम छ ।

    सांसद र बहालवाला तथा पूर्व गाउँपालिका अध्यक्ष समेटिएका दुवै सूचिमा प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदको नाम छैन ।

    जिल्ला अध्यक्ष मलासी र सचिव पदमराज भट्टको सुरुबाटै प्रतिनिधिहरूको नाममा मतभेद थियो । अध्यक्षले आफू अनुकूल प्रतिनिधिहरू चयन गरेको सचिव भट्टको आरोप छ ।

    ‘अध्यक्षबाट एकलौटी नाम घोषणा गर्ने काम भयो, त्यसमा सुरुबाटै मैले विरोध जनाइरहेको थिए’ सचिव भट्टले भने, ‘मेरो असहमतिमा उपसचिवबाट माइनेट गर्न लगाएर एकलौटी प्रतिनिधि घोषणा गरिएको हो । मेरो हस्ताक्षर पनि छैन ,समर्थन पनि छैन । ’
    उनले दोस्रो पटक जारी गरिएको प्रतिनिधिको सूचि नै आधिकारिक भएको बताए ।

    डोटी र बझाङ जिल्लाबाट अहिले दुवै पक्षमा प्रतिनिधिहरूको सूचि प्रदेश कमिटीमा पुगेको छ । प्रदेश कमिटी सचिव रणबहादुर चन्दले दुवै सूचिहरू केन्द्रीय सङ्गठन विभागमा पठाउने र त्यहाँबाट हुने निर्णय नै अन्तिम हुने बताए ।

  • गैरआवासीय नेपालीमाथिको विभेद- न योगदानको कदर, न त अदालतको आदेशको कार्यान्वयन

    गैरआवासीय नेपालीमाथिको विभेद- न योगदानको कदर, न त अदालतको आदेशको कार्यान्वयन

    नेपाल हिमाल जस्तै उचाइमा उभिएको, परम्पराले सिँगारिएको र भावनाले बाँधिएको देश हो। यही माटोमा जन्मेका हाम्रा सन्तान जब आफ्नो कर्म र अवसरका लागि टाढा जान्छन्, तब उनीहरूले साथमा लैजान्छन्- आफ्नो पहिचान, संस्कार र सिंगो नेपाल। आज विश्वका कुनाकाप्चामा पुग्दा पनि ती नेपाली हृदय नेपालमै धड्किरहेको हुन्छन् । यही आत्मीय सम्बन्धले उनीहरूलाई गैरआवासी नेपाली बनाउँछ। भौगोलिक रूपमा टाढा, तर भावनात्मक रूपमा मातृभूमिसँग अटुट रूपमा बाँधिएका नेपाली।

    तर, यही सम्बन्ध कहिलेकाहीँ कानूनी व्याख्याको भुमरीमा पारेर कमजोर पारिन्छन्। दोहोरो नागरिकताको सीमित प्रावधान र कागजी प्रतिबन्धले कतिपय नेपालीलाई आफ्नै देशमा ‘पराई’ बनाइदिन्छ। यो केवल कानुनी प्रश्न होइन, यो अस्तित्व, पहिचान र आत्म सम्मानको प्रश्न हो। जन्मिँदा नेपाली भएर जन्मेको मान्छे, नेपाली नै भएर मर्न पाउनुपर्छ– यो केवल भावनात्मक नारा होइन, यो जन्मसिद्ध अधिकारको घोषणा हो।

    आमा–बुबा फेर्न नसकिने जस्तै, देश र वंशजको नाता पनि फेर्न सकिँदैन। जन्मको आधारमा नेपाली भएको सन्तानले विदेशमा कर्म गर्न गए पनि उसले आफ्नो नेपालीपन कायम राख्न पाउनुपर्छ। उसको पासपोर्ट बदलियो होला,उसको नागरिकता बदलियो होला तर उसको माटो र मन बदलिँदैन।

    आज विश्वमा लाखौँ नेपालीहरू विदेशमा छन्। कसैले आफ्ना बौद्धिक क्षमता लिएर, कसैले आफ्नो श्रम (मसल्स) लिएर। कतिले विश्वविद्यालयमा नेपाललाई गौरवान्वित बनाइरहेका छन्, कतिले निर्माण स्थलमा पसिना बगाएर नेपालको अर्थतन्त्र चलाइरहेका छन्। यही कारणले ‘ब्रेन ड्रेन’ र ‘मसल ड्रेन’ शब्द केवल पलायनका सूचक होइनन्, ती नेपालको अदृश्य शक्ति र समर्पणका प्रतीक हुन्।

    यदि ईगल आईबाट हेर्ने हो भने, यी गैरआवासीय नेपालीहरू नेपालको विकासका पाँच आधार स्तम्भ- शिक्षा, स्वास्थ्य, आय, वातावरण र सामाजिक सुरक्षा अर्थात् (फाइभ ह्युमन इन्डेक्स) का वास्तविक चालक हुन्। विदेशबाट पठाएको रकमले गाउँका विद्यालय बन्दछन्, विदेशमा सिकेको सिपले उद्योग चल्छ। र त्यही अनुभवले नेपालको नीति सुधारमा प्रेरणा दिन्छ। उनीहरूले आफ्नो जीवन विदेशमा बिताए पनि सपना भने नेपालकै देखेका हुन्छन्।

    विश्वका धेरै मुलुकहरू जस्तै अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत, फ्रान्स, जर्मनी, इटली, इजरायल, न्युजिल्यान्ड जस्ता देशले दोहोरो नागरिकताको नीति मार्फत आफ्ना नागरिकलाई विश्वव्यापी अवसरको ढोका खोलिदिएका छन् । तर, नेपालमा अझै पनि यस विषयमा बहस जारी छ । यो बहस केवल कानूनको होइन, हाम्रा सन्तानको आत्मसम्मानको बहस हो। किनकि, गैरआवासी नेपालीलाई नागरिकताको सहुलियत दिनु भनेको उनीहरुलाई देश प्रेमको मान्यता दिनु हो, उनीहरूलाई नेपालीपनको आशीर्वाद दिनु हो।

    यदि तिनै गैरआवासीय नेपालीहरूलाई नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा बोल्ने, खेल मैदानमा नेपालको झण्डा ओड्ने वा वैज्ञानिक सम्मेलनमा ‘म नेपाली हुँ’ भनेर चिनाउने अवसर दियो भने त्यो नेपालको लागि केवल गौरव होइन, विकासको ठूलो फड्को हुनेछ। उनीहरूको सीप, अनुभव र अन्तर्राष्ट्रिय पहुँचले नेपाललाई विश्व नक्सामा नयाँ उचाइमा पुर्‍याउने छ।

    नेपालले आफ्नो गैरआवासीय सन्तानलाई अँगालो हाल्न ढिलो गर्नु हुँदैन। किनकि उनीहरू पैसा पठाउने मात्र होइनन्, गर्व पठाउने नेपाली हुन्। उनीहरू आफ्नो मातृभूमिसँग जोडिएको बन्धन कहिले टुट्न नदिने बलियो बन्धन हो, चाहे दूरी जति नै लामो किन नहोस्।

    आज आवश्यकता छ, नागरिकता सम्बन्धी कानूनलाई समयानुकूल र संवेदनशील बनाउने। वंशजका रूपमा जन्मिएका सन्तानलाई मातृभूमिसँग जोड्ने कानूनी र भावनात्मक सेतु निर्माण गर्ने। जन्मिँदा नेपाली भएर जन्मेकाले मर्ने बेलामा पनि नेपालीको सम्मान पाउने अधिकार सुनिश्चित गर्ने।

    गैर आवासीय नेपाली हाम्रो राष्ट्रिय सम्पदा हुन्।, उनीहरू हाम्रो शक्ति हुन् र हाम्रो गौरव हुन्। जब नेपालले आफ्ना सन्तानलाई आत्मीयता र अधिकारसहित फर्काउन सक्नेछ, तब मात्र नेपाल साँच्चै समृद्धिको दिशामा अघि बढ्नेछ।

    गैर आवासीय नेपालीको मताधिकार

    जन्मिँदा नेपाली भएर जन्मिएको मान्छे नेपाली नै भएर मर्न पाउनुपर्छ। यो भावना केवल जन्मभूमि प्रतिको माया मात्र होइन। पहिचान, अधिकार र अस्तित्वको प्रतीक हो। तर विडम्बना यो छ कि आज हजारौँ नेपाली आफ्नै देशको लोकतान्त्रिक प्रक्रियाबाट टाढा परेका छन्।

    सर्वोच्च अदालतले करिब आठ वर्षअघि विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न आदेश जारी गरेको थियो। त्यो निर्णय ऐतिहासिक थियो, जसले नेपाललाई विश्व लोकतन्त्रको मूलधारमा उभ्याउने दिशामा एक ठूलो कदम चालेको थियो। तर त्यसपछि सरकार र नीति निर्माण गर्ने निकायहरू मौन रहे। निर्णय कार्यान्वयनको स्पष्ट नीति नबनाउँदा ती नागरिकहरू अझै पनि ‘मताधिकार विहीन नेपाली’ का रूपमा सीमित भएका छन्।

    नेपालका हजारौँ युवा, श्रमिक, विद्यार्थी र व्यवसायी विभिन्न कारणले विदेशमा छन्। उनीहरूले आफ्नो पसिना र श्रमले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेका छन्। तर जब देशको भविष्य तय गर्ने बेला आउँछ, उनीहरूको आवाज मौन गरिन्छ। यो लोकतन्त्रको आत्मा माथिको अन्याय हो।

    सम्मानित सर्वोच्च अदालतले नै विदेशमा रहने नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा भाग लिन पाउने अधिकार देउ भनेको छ, तर योजना, प्रविधि र इच्छा शक्तिको कमीले यो अधिकार केवल कागजमा सीमित रहेको छ। सरकारको ढिलासुस्तीले उनीहरूलाई राजनीतिक प्रतिनिधित्वबाट टाढा राख्ने मात्र होइन, मातृभूमिसँगको सम्बन्ध पनि बिस्तारै कमजोर बनाइरहेको छ।

    अब समय आएको छ, सरकारले सर्वोच्च अदालतको आदेशलाई केवल कागजी निर्देशिकाको रूपमा होइन, व्यवहारमा उतार्ने प्रतिबद्धता देखाओस्। प्रविधिको युगमा अनलाइन मतदान प्रणाली वा सुरक्षित दूतावास केन्द्रित मतदान प्रक्रिया कार्यान्वयन गर्न असम्भव छैन। प्रश्न केवल चाहना र प्राथमिकताको हो

    विदेशमा रहेका नेपालीहरूलाई मताधिकार दिलाउनु भनेको उनीहरूको अधिकार मात्र होइन, नेपालको लोकतन्त्रप्रति सम्मान र राष्ट्रिय एकताको पुन: स्थापना हो। जुन दिन विदेशमा बसेको नेपालीले गर्वका साथ भन्न सक्नेछ, ‘जन्मिँदा नेपाली भएर जन्मे, र नेपाली नै भएर मेरो देशमा मत दिए।’ त्यस दिन नेपालको लोकतन्त्र साँच्चिकै परिपक्व हुनेछ।

    जन्मिँदा नेपाली भएर जन्मेको मान्छे, नेपाली नै भएर मर्न पाउनुपर्छ– यही चेतना, यही आत्मीयता र यही नीति नै समृद्ध नेपालको आत्मा बन्नुपर्छ।

  • विशेष महाधिवेशनको प्रस्ताव फिर्ता भएको छैन, हुँदैन : महामन्त्री थापा

    विशेष महाधिवेशनको प्रस्ताव फिर्ता भएको छैन, हुँदैन : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउने सहमति भएको चर्चा चुलिँदा महामन्त्री गगन थापाले भने विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नहुने स्पष्ट पारेका छन् ।

    पार्टीभित्र विधानसम्मत ढंगले विशेष महाधिवेशनको माग भइसकेको हुँदा नियमित महाधिवेशनको तालिकाले मात्रै त्यसलाई निष्क्रिय पार्न नसक्ने महामन्त्री थापाको भनाई छ ।

    ‘विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरूलाई महाधिवेशन चाहिएको हो, तालिका होइन । नियमित महाधिवेशनको तालिका आउने तर महाधिवेशन नहुने स्थिति बन्यो भने विशेष महाधिवेशन हुन्छ’, थापाले नेपाल प्रेससँग भने ।

    उनले पुसभित्र नियमित महाधिवेशन गर्ने तालिका बने पनि महाधिवेशन हुने नहुने कुराको टुंगो पुसको पहिलो हप्ता नै लागिसक्ने भन्दै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन आयोजना हुने बताए ।

    ‘एउटा कुराको हेक्का राख्नुपर्छ विशेष महाधिवेशनको प्रस्ताव फिर्ता भएको छैन, हुँदैन । महाधिवेशनको तालिका बनाउने तर नगर्ने नियत हो भने अहिले भनेको सहमति पनि ५-७ दिनमा फुस्स हुन्छ’, थापाले भने ।

    आइतबार सभापति शेरबहादुरसँग आफ्नो कुनै संवाद नभएको भन्दै थापाले अबको संवाद कार्यवाहक सभापतिसँग हुने बताए । ‘सभापतिले छलफल त सबैसँग गर्नुभयो । अब के गर्ने भन्ने त कार्यवाहक सभापतिको कुरा हो । उहाँले बैठकमा कस्तो प्रस्ताव ल्याउनुहुन्छ हेर्छौ । अब सभापतिसँग हैन कार्यवाहक सभापतिसँग मात्रै कुरा हुन्छ’, थापाले भने ।

    कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्दैछ । सोमबारको बैठकमा पुसभित्र नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका पेश गर्ने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तयारी छ ।

  • प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल

    प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल गरेकी छन् ।

    आज सिंहदरबारमा सहिद परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलसँग भएको छलफलका क्रममा सरकारले प्रदर्शनको ‘म्यान्डेट’अनुरुप गरेका कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सहिद परिवारका भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो ।

    यस्तै, यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने र पुनः आन्दोलनमा जान सक्ने अवस्था आउन नदिनेबारे पनि सचेत गराइएको जनाइको छ ।

    प्रधानमन्त्री कार्की र मन्त्री गुप्ताले आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागप्रति सरकार गम्भीर र इमानदार रहेको बताए । छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति रहेको थियो ।

  • एनपीएल-२ : काठमाण्डुको चौथो जित, कर्णालीको चौथो हार

    एनपीएल-२ : काठमाण्डुको चौथो जित, कर्णालीको चौथो हार

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमान्डु गोर्खाजले चौथो जित निकालेको छ । आफ्नो छैटौं खेलमा काठमाण्डुले कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्‍यो ।

    कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । काठमाण्डुको जितमा विदेशी ब्याटरले संयमित ब्याटिङ गरे । जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाण्डुलाई जितको बाटो देखाए । जोन ४१ रनमा आउट हुँदा जेरार्ड ४३ रनमा अविजित रहे । वेन चाल्र्सवर्थ ३४, मिलिन्द कुमार १५, आकाश त्रिपाठी ८ र रसिद खान ० रनमा आउट भए । बलिङमा कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर १४९ रन बनाएको थियो ।

    कर्णालीका लागि गुल्सन झाले आक्रामक ब्याटिङ गरे । उनले २२ बलमा अविजित ४९ रन बनाए ।मार्क वाट ३०, पवन सर्राफ ३५, नाजिबुल्लह जाद्रान १२, प्रियान्क पञ्चाल ०, विलियम बोसिष्टो १, कप्तान सोमपाल कामी ६, दीपक डुम्रे १० रनमा आउट भए ।बलिङमा काठमान्डुका रशिद खानले २, कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक÷एक विकेट लिए ।

    योसँगै एनपीएलमा काठमाण्डुले ६ खेलमा चौथो जित दर्ता गरेको छ । कर्णालीले भने चौथो हार बेहोरेको छ । ५ खेलमा कर्णालीले एकमात्र जित निकालेको छ ।

  • घनश्याम भुसालको ठहर- एमालेमा असामान्य मनोकांक्षा, माओवादी अविश्वसनीय (पूर्णपाठ)

    घनश्याम भुसालको ठहर- एमालेमा असामान्य मनोकांक्षा, माओवादी अविश्वसनीय (पूर्णपाठ)

    काठमाडौं । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेतृत्वको असामान्य महत्वाकाङ्क्षाका लागि नेकपा एमाले अराजनीतिकरण हुँदै गएको ठहर गरेका छन् ।

    माओवादी सुखसयलमा फसेको ठहर गर्दै उनले आम मानिसका दिमागबाट जनयुद्धका सम्झना मेटाइदिनु नै सजिलो बाटोका रूपमा अख्तियारी गरेको उल्लेख गरेका छन् ।

    पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपछि बसेको पहिलो बैठकमा भुसालले त्यस्तो धारणा राखेका हुन् । उनले राजनीतिक पार्टीहरूमा सुधारको कुनै लक्षण नदेखिएको अवस्थामा दलाल पुँजीपति बिचौलिया, राज्यका स्थायी संयन्त्रहरूले पनि सुरक्षित महसुस गरेको निष्कर्ष पेश गरेका छन् । आफ्नो दस्ताबेजमा लेखेका छन्, ‘पुराना पार्टीहरूमा सुधारको गुञ्जायस हुन्थ्यो भने नयाँ पुस्ताले सजिलै बाटो भेटाउँथ्यो ।’ त्यसको अभावमा अभावमा अहिले जेन–जीका नाममा दर्जनौँ सञ्जाल बन्दै गएको र जिल्लाहरूमा पनि अनेक समूहहरू देखिएको उल्लेख गरेका छन् ।

    मुलुकको राजनीतिक वृत्तमा देखिको विचलनलाई संश्लेष्ण गर्दै भुसालले लेखका छन्, ‘सबैजसो पार्टीको मुख्य नेतृत्व राज्यदोहन र भ्रष्टाचारमा लाग्यो । पार्टीका धेरैजसो गुटबन्दी पनि कमाउने प्रतिष्पर्धामा भागबण्डा नमिलेपछि हुन थाले । नीति, विधि, सिद्धान्तजस्ता विषय किनारा लगाइए, बदनाम गरिए । राजनीतिको कारोवारीकरण, भ्रष्टीकरण र गुण्डाकरणले पार्टीका असल मानिसहरु किनारा लाग्दै गए । यसरी पुराना भनिएका पार्टीहरु आफैभित्र कमजोर हुँदै गए र जनताको नजरमा पनि गिर्दै गए ।’

    हेर्नुहोस्, पूर्णपाठ–

  • हाम्रो पार्टी जेन-जीको आकर्षणको केन्द्र बनेको छ : माधव नेपाल

    हाम्रो पार्टी जेन-जीको आकर्षणको केन्द्र बनेको छ : माधव नेपाल

    पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले नेकपा जेन–जीको आकर्षणको केन्द्र बनेको दाबी गरेका छन् ।

    पोखरामा आयोजित एकता सन्देश कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले जेन-जीका युवाहरुले दिनदिन पार्टीमा आएको दाबी गरेका हुन् ।

    ‘विरगञ्जकी मुस्कान खातुनसहित वार्तामा बसेका जेन-जीका युवाहरु हाम्रो पार्टीमा आएका छन् । जेन-जीको आकर्षणको केन्द्र बनेको छ । त्यसो हुनाले जेन-जीको भावनालाई हामीले सम्मान गर्नुपर्छ,’ उनले भने । पूर्वप्रधानमन्त्री नेपालले जेन-जीको नाममा कुकर्म गर्नेहरुलाई भने दण्डित गर्नुपर्ने बताए ।

  • एनपीएल-२ : गुल्सनको आक्रामक ब्याटिङमा कर्णालीले दियो १५० रनको लक्ष्य

    एनपीएल-२ : गुल्सनको आक्रामक ब्याटिङमा कर्णालीले दियो १५० रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।

    टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर १४९ रन बनायो । कर्णालीका लागि गुल्सन झाले आक्रामक ब्याटिङ गरे । उनले २२ बला अविजित ४९ रन बनाए ।

    मार्क वाट ३०, पवन सर्राफ ३५, नाजिबुल्लह जाद्रान १२, प्रियान्क पञ्चाल ०, विलियम बोसिष्टो १, कप्तान सोमपाल कामी ६, दीपक डुम्रे १० रनमा आउट भए ।

    बलिङमा काठमान्डुका रशिद खानले २, कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक/एक विकेट लिए ।

  • फागुन २१ को निर्वाचनमा ७५ वटा मतदान स्थल थपिँदै, संख्या १० हजार ९६७ पुग्ने

    फागुन २१ को निर्वाचनमा ७५ वटा मतदान स्थल थपिँदै, संख्या १० हजार ९६७ पुग्ने

    काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा ७५ वटा मतदान स्थल थपिने भएका छन् ।

    निर्वाचन आयोग उच्च स्रोतका अनुसार २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता हुँदा १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र रहेका थिए ।

    अहिले करिब ८ लाख मतदाता थपिएसँगै ७५ वटा मतदान स्थल र थपिएका मतदान स्थलको करिब दोब्बरदेखि तेब्बर मतदान केन्द्र थप हुने अनुमान गरिएको छ ।

    आयोगका अनुसार एउटा मतदान स्थलमा एउटादेखि ८ वटासम्म मतदान केन्द्र रहँदै आएका छन् । जसमा एउटा मतदान केन्द्रमा १०६४ जना मतदाताले एक दिनमा मतदान गर्ने गरी मतदान केन्द्र स्थापना गरिँदै आएको छ । आयोगका अनुसार मतदान स्थल ७५ वटा थपिने भए पनि मतदान केन्द्र भने कति हुने भन्ने आगामी २० गतेसम्म मात्रै निर्क्यौल हुने जनाइएको छ ।

    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । यसमा निर्वाचन कार्यालय पुगेर बायोमेट्रिक दिने मतदाताको संख्या ३ लाख ४४ हजार ९ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत दर्ता हुनेको संख्या ४ लाख ९२ हजार १८० गरेर ८ लाख भन्दा बढी मतदाता थपिएका हुन् ।

    थपिएको मतदाता सबै कायम भएको अवस्थामा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा मतदाताको संख्या १ करोड ९० लाख ५ हजार ३ सय १४ पुग्नेछ । आयोगका अनुसार पछिल्लो पटक मतदाता नामावली दर्ता खुलाउनुअघि कात्तिक १६ सम्म १ करोड ८१ लाख ६८ हजार २ सय ३० मतदाता थिए ।

  • विभाजनउन्मुख कांग्रेसलाई रमेश लेखकको मध्यमार्गी प्रस्तावले डोर्‍यायो महाधिवेशनतर्फ

    विभाजनउन्मुख कांग्रेसलाई रमेश लेखकको मध्यमार्गी प्रस्तावले डोर्‍यायो महाधिवेशनतर्फ

    काठमाडौं । नेपाली कांग्रेसमा १५ औं महाधिवेशन आगामी पुस मसान्तसम्म गर्ने गरी कार्यतालिका ल्याउने सहमति जुटेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य रमेश लेखकले डेढ महिनाअघि प्रस्तुत गरेको महाधिवेशन सम्बन्धि प्रस्तावको वरिपरि नै मोटामोटी सहमति जुटेको हो ।

    शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले लेखकको प्रस्तावको वरिपरि सहमति खोज्न सुझाएपछि पार्टीमा देखिएको महाधिवेशन सम्बन्धि विवादले निकास पाउने भएको छ । गत असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक आगामी फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि भन्नेमै अल्झियो ।

    महामन्त्रीहरुले निर्वाचनअघि कुनै पनि नेतृत्व परिवर्तन गरेर चुनावमा जाने पक्षमा उभिँदा संस्थापन पक्षका कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रकाशशरण महत, एनपी साउद लगायतका नेताहरु कुनै पनि हालतमा चुनावअघि महाधिवेशन गर्न नहुने पक्षका थिए ।

    त्यही अनुसार निर्वाचनअघि महाधिवेशन चाहने पक्षले विशेष महाधिवेशनको अस्त्र फ्याक्दा अर्काे पक्ष निर्वाचनपछि नियमित महाधिवेशनभन्दै प्रतिवाद उत्रियो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा थालिएको विशेष महाधिवेशनको प्रस्ताव असोज २९ गते पार्टी कार्यालयमा दर्ता भयो । त्यसपछि विभिन्न होटेलदेखि राष्ट्रिय सभागृहसम्म विशेष महाधिवेशन पक्षधरले दबाबमुलक भेला राखे ।

    त्यसको काउन्टरमा सात भाइको नामले परिचित नेताहरुको अगुवाइमा नियमित महाधिवेशन भन्दै भेला र छलफल भए ।

    उक्त गतिविधिले पार्टी विभाजन हुने होकी भन्ने कांग्रेसजनमा चिन्ता थियो । दुबै पक्ष आरोप– प्रत्यारोपमा उत्रिँदा पार्टीमा विभाजनको रेखा कोरिरँदा नेता लेखक मध्यमार्गी बाटोमा सबैलाई उभ्याउन तल्लीन थिए ।

    आमाको काजकिरिया सकेर राजनीतिक गतिविधिमा सक्रिय भएपछि लेखकको ध्यान र ध्येय पार्टीमा उत्पन्न विवादको निकासमा केन्द्रित रह्यो । असोज २२ मा सभापति देउवासँगको भेटपछि नेताहरूसँग आन्तरिक छलफल थालेका लेखकले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै १५ औं महाधिवेशनको व्यवहारिक कार्यतालिका निर्माणको काम थालेका थिए ।

    उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएर सभापति देउवा उपचारका लागि सिंगापुर जाँदा नियमित महाधिवेशनको वातावरण बनाएर निकास खोज्न लेखकले नेताहरूसँग भेटघाट बाक्लो पारे ।

    कार्यवाहक सभापति खड्का, नेता शेखर कोइरला, महामन्त्रीद्वय थापा र शर्माका साथै विशेष महाधिवेशन र निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने मत राख्ने नेताहरू लेखकले निरन्तर भेटवार्ता गरे । अन्ततः कार्तिक २६ गतेको केन्द्रीय कार्यसमिति बैठकमा आफूले राखेको औपचारिक प्रस्तावमा सबैलाई उभ्याएका छन् ।

    तर, सुरुमा संस्थापन पक्षभित्र पुसभित्र नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा लेखक एक्लो थिए । पार्टीलाई विभाजनको जोखिमबाट बचाउन पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने लेखकको प्रस्ताव थियो ।

    ‘विधानले चालीस प्रतिशतले विशेष अधिवेशन बोलाउने भनेको छ । तर यसको कार्यविधि र गर्न पाउने क्षेत्राधिकारको विषय अन्योल छ,’ लेखकले भने, ‘विशेष महाधिवेशनमा जाने भनेको कांग्रेस निस्किने बाटो नभएको जंगलभित्र प्रवेश गर्नु हो । सबले आ–आफ्नो बाटो देखाउँछन् । त्यसले पार्टी विभाजन हुन्छ,’ लेखकको मत थियो ।

    लेखकको प्रस्ताव संस्थापनपक्षभित्रकै सात पूर्व पदाधिकारीले नमानेका कारण रोकिएको थियो । लेखकको प्रस्ताव अनुसार नै महाधिवेशनको कार्यतालिका तोकेर क्रियाशीलको काममा लाग्ने सहमति भएको छ । विधान संशोधन र महाधिवेशनका लागि विभिन्न समिति निर्माण गरिने भएको छ ।

    पार्टीका एक पदाधिकाले भने, ‘गतअसोज अन्तिम साता रमेश लेखकले राख्नु भएको महाधिवेशन सम्बन्धि प्रस्ताव वरिपरि नै सहमति हुन पुगेको छ । उहाँको प्रस्तावमा सुरुमा संस्थापन पक्षबाट विरोध र अर्काे पक्षबाट अविश्वास गरिएको थियो । तर, अहिले आएर उहाँको प्रस्ताव नै मध्यमार्गी बाटो बन्न पुग्यो । पुसभित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने मोडामोटी सहमति भएको छ।’

    विभाजनउन्मुख कांग्रेसलाई लेखकको प्रस्तावले महाधिवेशनतर्फ डोर्‍याएको ती पदाधिकारीको बुझाइ छ ।

  • घण्टी बजाउँदै रञ्जु दर्शनाले भनिन्- हामी बिलाउन होइन, मिलाउन आएका हौँ

    घण्टी बजाउँदै रञ्जु दर्शनाले भनिन्- हामी बिलाउन होइन, मिलाउन आएका हौँ

    काठमाडौं । रास्वपामा प्रवेश गरेकी विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले आफूहरू बिलाउन नभएर मिलाउन आएको बताएकी छन् । आज एकता घोषणा कार्यक्रममा बोल्दै उनले रास्वपामा आएर भाँडभैलो नगर्ने प्रतिबद्धता जनाइन् ।

    आफूहरूले टुटफुटबाट ठूलो पाठ सिकेर आएको दर्शनाको भनाइ छ । अबको राजनीति टुटेर होइन जुटेर हुनुपर्ने उनले बताइन् । आउँदो निर्वाचनबाट रास्वपाले बहुमत ल्याउनै पर्ने भन्दै उनले त्यसपछि मात्रै देशले आर्थिक उन्नतिको बाटो समात्ने दाबी गरिन् ।

    उनको अभिव्यक्तिका प्रमुख अंशः

    यिनीहरूले रास्वपामा आउनेवित्तिकै भाँडभैलो मच्चाउँछन् कि भनेर कतिपयलाई आशंका छ । हामीले टुटफुटबाट ठूलो पाठ सिकेका छौँ । टुटेर होइन, जुटेर हुन्छ भनेर हामीले सिक्यौँ । त्यसैले अबको राजनीति जुट्ने हुनुपर्छ । अब आउने निर्वाचनबाट यो पार्टीले बहुमत ल्याउनै पर्छ । तब मात्रै हामी एक दशकमा आर्थिक उन्नतिमा पुग्न सक्छौँ । त्यही लोभले पनि मिल्नैपर्छ भन्ने जोड आएकै हो ।

    १७ वर्षको उमेरमा राजनीतिमा लागेको म । १२ वर्षपछि यस्तो अवस्था व्यहोर्छुहोला भन्ने कल्पना गरेको थिइनँ । विवेकशील नेपालीको जग बनाउँदै गर्दा त्यही जगमा टेकेर रास्वपाले यति ज्वलन्तरुपमा संसदमा हस्तक्षेपकारी भूमिका खेल्छ भन्ने पनि त लागेको थिएन । रवि लामिछानेले छोटो समयमै देशका सार्प ब्रेनहरूलाई एउटा प्लेटफर्ममा कलेक्ट गरेर संसदमा पठाउनुभयो । त्यो कुरा गर्न ठूला पार्टीसँग धेरै समय थियो नि, उहाँहरूले गर्नुभएन, रास्वपाले गर्‍यो । त्यसको प्रशंसा सधैँ गरिरहनेछु ।

    हामीले स्वतन्त्र उम्मेदवार पनि धेरै देखेउँ । स्वतन्त्र हुन्छु भन्ने साथीहरूलाई भन्न चाहन्छु, संगठनमै भएर काम गर्नुभयो भने एकताको बल बलियो हुन्छ, आउनुस् मिलेर काम गरौँ । मिलेर गरे मात्रै केही रिजल्ट देखाउन सकिन्छ । म विश्वास दिलाउन चाहन्छु, भाँडभैलो हुँदैन । भाँडभैलो गर्न आएको होइन । टुटफुटबाट राम्रै पाठ सिकिसकेका छौँ ।

    म १७ वर्षको कलिलो उमेरमा राजनीति गरेको, १२ वर्षपछि एउटा सशक्त पार्टीमा आउन पाउँदा निकै हर्षित महसुस भएको छ । यो क्षण निकै भावनात्मकरुपमा भारी क्षण पनि हो । आफैँले बनाएको घर, आफैँले बोकेको तराजु… केही परिवर्तन भएका छन् । तर यो विवेकशील राजनीतिको निरन्तरता हो ।

    भोलि अरू कुनै पार्टीले नेपाल बन्द गर्‍यो भने हामीले नेपाल खुल्ला छ भनेर र्‍याली निकाल्दा रास्वपामा कारबाही हुँदैन होला । हामी एजेन्डालाई मिलाउन अगाडि आएका छौ । पद गौण हो । पदका लागि साथीहरू क्यापेबल हुनुहुन्छ । महाधिवेशन आउँदैछ । महाधिवेशनमा ल्याकत देखाऊँ । अहिलेका लागि चुनाव केन्द्रित होऊँ ।

  • प्रभु बैंकका सीईओ शेरचन पक्राउ

    प्रभु बैंकका सीईओ शेरचन पक्राउ

    काठमाडौं । आर्थिक अपचलनको आरोप लागेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत ( सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।
    प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले उनलाई नियन्त्रणमा लिएको प्रवक्ता एसएसपी शिव श्रेष्ठले बताए ।

    यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका थिए । उनीविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।

    भट्टचनमाथि अनुसन्धानका क्रममा बैंकका सीईओ शेरचनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने कारण पक्राउ गरिएको प्रहरीस्रोतले जनाएको छ ।

  • डा. भीम रावललाई एमालेको धङधङी ! नेकपाको सन्देश सभामा जिभ्रो चिप्लियो (भिडिओ)

    डा. भीम रावललाई एमालेको धङधङी ! नेकपाको सन्देश सभामा जिभ्रो चिप्लियो (भिडिओ)

    काठमाडौंनेपाली कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशमा आयोजित एकता सन्देश सभामा आज जनसमुदायको बाक्लो उपस्थिति थियो । १५ भन्दा बढी कम्युनिस्ट घटक एक ठाउँमा उभिएको सन्देश दिन मञ्च सजिएको थियो, नारा तयार थियो, ङ्कल्प मजबुत थियोतर, सम्बोधनका अन्तिम वाक्यमा नेकपाका शीर्ष नेता डा. भी रावल भने झुक्किन पुगे

    ङ्‍कल्पभावुकताले भरिएको आफ्नो लामो सम्बोधनको अन्तिमतिर पुग्दै गर्दा, उनले अनायसै बोले, ‘आउने निर्वाचनमा नेकपा (एमाले) को बहुमतको यात्रालाई कसैले रोक्न सक्ने छैन’ । सभा हल एकाएक अचम्मित भयोकार्यक्रमस्थल हाँसोमय भयोमञ्चबाट कार्यक्रम सञ्चालकले तुरुन्तै माइकमै सङ्‍केत गरे, ‘नेपाली कम्युनिस्ट पार्टी भन्नुहोस् न, नेकपा (एमाले) भन्नुभयो’।

     नेता रावलले तत्कालै आफ्नो बोली सच्याए ।

    रावलले अक्मकिदैँ आफ्नो भनालाई सच्याएर भने, ‘नेपाली कम्युनिस्ट पार्टीको यात्रालाई कसैले रोक्न र छेक्न सक्ने छैन ।’ त्यसपछि उनले उपस्थित भीडलाई नारामा जोड्न हात उठाए । ‘एक पटक सबैले नारा घन्काऔँ, नेपाली कम्युनिस्ट पार्टी जिन्दावाद, नेपाली कम्युनिस्ट पार्टी जिन्दावाद ।’ कार्यक्रमस्थल नारामा गुन्जियो ।

    रावल नेकपा (एमाले) का पूर्व उपाध्यक्षसमेत हुन् ।


    यस्तो थियो रावलको मन्तव्यको अन्तिम अंश

    ‘विगतका १५ वटा कम्युनिष्ट पार्टी एक ठाउँमा आइसकेपछि अब हाम्रो सङ्‍कल्प छ, आदरणीय नेपाली दिदी बहिनी तथा दाजुभाइ, हामीले विगतमा कहीँ गल्ती गरेको छ भने, हामीलाई क्षमा गर्नुहोस्, अब एउटा स्वाधीन, समृद्ध नेपाली युवालाई यही देशमा रोजगारी दिलाउने हाम्रा जग्गा, जमिन, जलस्रोतलाई नेपाली जनताको सर्वोपरी हितमा उपयोग गर्ने हामी त्यो दिशामा अगाडि बढ्छौं ।

    चाहे त्यो आउने निर्वाचनमा होस्, चाहे राजनीतिक जुनसुकै मोर्चामा होस्, हामीलाई साथ दिनुहोस्हामीलाई त्यो समृद्ध नेपाल निर्माणको दिशामा दृढतापूर्वक नेतृत्व गर्छौ भनेर आज मलाई विश्वास छ, हामी सबैले सङ्‍कल्प गरेका छौ, यो पोखराको चिप्ले ढुङ्‍गामा म तपाईंको बीचमा धेरै वर्षपछि उपस्थित हुन पाउँदा जुन मैले धनगढीमा, देउखुरीमा, आज यत्रो विशाल जनसभा देखें, मलाई पूरा विश्वास छ, आउने निर्वाचनमा नेकपा एमालेको बहुमतलाई नेकपा एमालेको यात्रालाई कसैले रोक्न र छेक्न सक्ने छैन् ।’

    त्यसपछि कार्यक्रम सञ्चालकले नेपाली कम्युनिष्ट पार्टी भन्नुहोस् न, नेकपा एमाले भन्नुभयो भनेर सचेत गराए । त्यसपछि रावलले सच्याउँदै भने, ‘नेपाली कम्युनिष्ट पार्टीको यात्रालाई कसैले रोक्न र छेक्न सक्ने छैन, त्यसै कारण एक पटक सबैले नारा घन्काउ, नेपाली कम्युनिष्ट पार्टी जिन्दावाद, नेपाली कम्युनिष्ट पार्टी जिन्दावाद । धन्यवाद नमस्कार अभिवादन ।’

  • एनपिएल-२ : काठमाडौँ गोर्खाज विरुद्ध टस जितेर पहिले ब्याटिङ्ग गर्दै कर्णाली याक्स

    एनपिएल-२ : काठमाडौँ गोर्खाज विरुद्ध टस जितेर पहिले ब्याटिङ्ग गर्दै कर्णाली याक्स

    काठमाडौं । टीयु अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ अन्तर्गत आइतबारको खेलमा काठमाडौँ गोर्खाज विरुद्ध टस जितेर कर्णाली याक्सले ब्याटिङ सुरु गरेको छ ।

    सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई जित्नैपर्ने बाध्यता छ ।

    करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

  • ओलीले भने- भन्दै गर्छन् एमालेमा डेमोक्रेसी छैन, सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम हुँदैन

    ओलीले भने- भन्दै गर्छन् एमालेमा डेमोक्रेसी छैन, सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम हुँदैन

    काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा मतदात हुने बताएका छन्

    एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित लोगो सार्वजनिक कार्यक्रममा ओलीले महाधिवेशनमा प्रतिस्पर्धा हुने बताए

    सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम हुँदैनरोक्ने सोक्ने काम हुँदैनप्रतिस्पर्धा हुन्छ,’ ओलीले भने, ‘एमालेमा डेमोक्रेसी छैनचुनावै लडेन कसैलाई चुनाव लड्न दिएन भन्दै गर्लान्नदिइएको होइन, मेरो आग्रहएकताबद्ध भएर जाऔं, एकअर्कामा टिकाटिप्पणी गर्ने खुइल्याउने, होच्याउने, अपमान गर्ने जस्ता काम किन गर्ने ? त्यस्तो नगरौं

    अध्यक्ष ओलीले सहमतिका साथ लड्न र सहमतिका साथ अघि बढ्न आग्रह गरे । उनले केन्द्रीय सदस्य पनि सार्वभौम हुने भएकाले उनीहरुको आकांक्षालाई समेत रोक्न नसकिने ओलीको भनाइ थियो ।

    उनले पार्टी पुनर्गठन, हस्तान्तरण पुस्तान्तरणको आवाज उठिरहेको बताउँदै आवश्यकता अनुसार हुने बताए । ओलीले भने, त्यसैका लागि हो अधिवेशन चाहिने ।

  • स्व. उज्ज्वल थापालाई सम्झिँदै तोसिमाले भनिन्- वैकल्पिक राजनीतिका पिता

    स्व. उज्ज्वल थापालाई सम्झिँदै तोसिमाले भनिन्- वैकल्पिक राजनीतिका पिता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । अहिले घोषणा कार्यक्रम राष्ट्रिय सभागृहमा चलिरहेको छ ।

    घोषणा कार्यक्रममा बोल्दै रास्वपा नेतृ तोसिमा कार्कीले विवेकशीलका संस्थापन उज्ववल थापालाई सम्झिइन् । उनले थापालाई ‘बैकल्पिक राजनीतिक शक्तिका पिता’ सम्वोधन गरिन् । पुराना पार्टीबाट अब यो देशको निकास सम्भव नरहेको र नयाँ बैकल्पिक शक्तिहरु मिल्नैपर्ने मा जोड दिइन् ।

    ‘दाइ तपाईंको सपनाको र सुरु गर्नुभएको सुसंस्कृत राजनीतिले आज देशलाई नयाँ कोल्टे फेर्न संघारमा पुर्याएको छ । अब सम्पूर्ण बैकल्पिक शक्तिहरुलाई नयाँ धु्रविकरणका लागि रास्वपाले सहकार्यको हात अघि बढाइसकेको छ । रास्वपाको खुल्ला आकाशमा यहाँहरुलाई स्वागत छ,’ कार्कीले भनिन् ।

  • एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

    एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

    काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ ।

    एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रमम अध्यक्ष  केपी शर्मा ओलीले सो लोगो सार्वजनिक गरेका हुन् ।
    पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताए । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।
    कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति थियो । सोही अवसरमा  महाधिवेशनकेन्द्रित जिङ्गल पनि सार्वजनिक गरियो । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि यही मङ्सिर १३ गते मातहतका कमिटीमा प्रतिनिधि छनोट सकिएको छ ।
  • खेलकुदमन्त्रीको कार्यकक्षमा दुई जेनजीको लफडा, महतो भन्छन्- मन्त्रीको अफर इन्कार गरेको मान्छे हुँ

    खेलकुदमन्त्रीको कार्यकक्षमा दुई जेनजीको लफडा, महतो भन्छन्- मन्त्रीको अफर इन्कार गरेको मान्छे हुँ

    काठमाडौं । गत मंसिर ८ गते खेलकुद मन्त्रालयभित्रै जेनजी युवाहरुबीच लफडा भयो । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताकै अगाडि ‘काउन्सिल अफ जेनजी’का मधेश प्रदेश संयोजक शिव यादव र जनकपुरका जितेन्द्रकुमार महतो वादविवादमा उत्रिएका थिए । उनीहरूलाई मन्त्री गुप्ताले थामथुम पारे ।

    यादवका अनुसार महतोको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न नपाएपछि आक्रोशित हुँदै खेलकुद मन्त्रालयमा आइपुगेका थिए । उनीहरूलाई शान्त हुन अनुरोध गर्दा सामान्य भनाभन भएको यादवले बताए । उनले भने, ‘सामान्य विवाद, भनाभन त भइरहेकै हुन्छ । फरक फरक विचार बोकेर हिँडेपछि असहमतिहरू भइहाल्छन् । तर, मिडियामा आएजस्तो कुटाकुट नै भएको चाहिँ होइन ।’

    हात हालाहाल भएको चर्चालाई महतोले पनि इन्कार गरे । मिडियामा आएजस्तो मुक्कामुक्की नभएको उनले बताए । महतोले भने, ‘हामीहरुबीच भनाभन मात्रै भएको हो । मेरा जेनजी भाइहरूलाई शिव यादवले होच्याइरहेको थियो । त्यसो गर्नु हुँदैन भनेर मैले उसलाई गाली गरेको हो ।’

    आफूहरूको टोली यो सरकारले किन जेनजीको मागहरू पूरा गरिदिँदैन भन्नलाई सिंहदरबार गएको महतोले बताए । यो सरकारले केही काम नगरेको, विदेशीको इशारामा चलेको उनको आरोप छ । ‘विदेशीको इशारामा यो सरकार चलिरहेको छ । यो सरकारले विस्थापित भएका पुराना पार्टीहरूलाई पुनर्स्थापित गर्नु बाहेक कोही काम गरेन । जेनजीको मागहरू केही पनि पूरा गरेन,’ महतोले भने ।

    आफूलाई पनि मन्त्री बन्ने अफर आएको आफूले अस्वीकार गरिदिएको महतोको दाबी छ । ‘सुरुवातमा मलाई पनि मन्त्री हुने अफर आएको थियो । वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपक्षी मन्त्रालयको मन्त्री हुनुस् भनेर प्रस्ताव आएको थियो । मैले यो सरकारको भविष्य राम्रो देखेको थिइनँ, त्यही भएर अस्वीकार गरेँ ।’

    ‘तपाईँलाई कसले प्रस्ताव गर्‍यो त ?’ भन्ने प्रश्नमा महतोको जवाफ छ, ‘प्रधानमन्त्रीकै सचिवालयबाट प्रस्ताव आएको थियो । सुधन गुरुङले पनि मन्त्री बन्नलाई रिक्वेस्ट गरेका थिए । मैले मानिनँ ।’

    सुधन गुरुङले मन्त्री बन्न प्रस्ताव गरे पनि आफू गुरुङको समूहमा नरहेको उनले बताए । आफ्नो कुनै बेग्लै समूह पनि नरहेको उनको भनाइ छ । अहिले देखिएका जेनजीका विभिन्न समूहहरू सरकारमा भाग खोज्नलाई बनेको भन्दै आफूलाई गुट, उपगुटमा रुचि नभएको टिप्पणी गर्दै उनले अब मिराज ढुंगानाको समूहमा मिल्ने बताए ।

    प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्रीदेखि २०४५ सालदेखि यताको सम्पत्ति शुद्धीकरणको मागसम्ममा आफूहरू एक ठाउँमा उभिएको र संविधान संशोधन पनि आफूहरूको मूल एजेन्डा भएको उनले बताए । उनले भने, ‘अब मिराज ढुंगानासँग मिलेर हामी ठूलो आन्दोलन गर्छौं ।’

  • एमाले प्रतिनिधि छनौट : ओखलढुङ्गा र धनकुटामा दुई गुटकाे विवादपछि मतगणना स्थगित

    एमाले प्रतिनिधि छनौट : ओखलढुङ्गा र धनकुटामा दुई गुटकाे विवादपछि मतगणना स्थगित

    विराटनगर । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि भएको प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित गरिएको छ । ओखलढुङ्गा र धनकुटामा हिजो भएको निर्वाचन नै बहिस्कार भएको थियो ।

    बहिस्कारका बावजुद पनि निर्वाचन भएकाले अहिलेलाई मतगणना रोकिएको नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले बताए । उनका अनुसार ती जिल्लाको प्रतिनिधि छनौटका लागि भएको निर्वाचनका विषयमा छानबिन आवश्यक देखिएको छ । खतिवडाले भने, हामी अहिले ती जिल्लामा के गर्न भन्ने विषयमा छलफलकै क्रममा रहेका छौ ।

    ओखालढुङ्गामा प्रतिनिधि चयनका विषयमा दुईवटा समूह तयार भएका थिए । एउटा समूहको नेतृत्व यज्ञराज सुनुवारले र अर्को समूहका नेतृत्व अम्बिरबाबु गुरुङले गरेका थिए । ओखलढुङ्गामा अम्बिर बाबु समूहले एकलौटी हिसाबले निर्वाचन गराएको सुनुवार समूहले आरोप लगाएको छ ।

    सो समूहका अनुसार जिल्ला भरीका मतदाताहरूका लागि सदरमुकाम ओखलढुङ्गामा मात्र मतदान केन्द्र बनाएकाले निर्वाचन बहिस्कार गर्नु परेको दाबी गरेको छ । अम्बिरबावु समूहले भने निर्वाचन सम्पन्न भएको भन्दै प्रतिनिधिमा विजयी भएकाहरूको नाम सार्वजनिक गरेको छ । ओखलढुंगाबाट महाधिवेशनमा १२ जना प्रतिनिधि महधिवेशनमा जाने छन् ।

    अम्बिर बाबु समूहले खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञान बहादुर खड्का, कमल प्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत विजयी भएको दाबी गरेको छ । यस्तै, महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ निर्वाचित भएको दाबी गरेको छ । यस्तै युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे महाधिवेशन प्रतिनिधि चयन भएको सो समूहले जनाएको छ ।

    धनकुटामा भनेर राजेन्द्र राई र इन्द्रमणि पराजुली समूहका बिचमा विवाद भएको हो । विवादपछि इन्द्रमणी समूहले निर्वाचन बहिस्कार गरेको छ । राजेन्द्र समूहले निर्वाचन सम्पन्न भएकाले मतगणना हुनु पर्ने बताउँदै आएको छ ।

    कोशी प्रदेशमा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, खोटाङ र सोलुखुम्बु जिल्लामा भने सर्वसम्मत प्रतिनिधि चयन भएको छ । निर्वाचन भएका मध्ये मोरङ ३ झापा २ र सुनसरी २ मा भने मतगणना जारी रहेको छ । अन्य निर्वाचन क्षेत्रमा भने मतगणना सकिएको एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले बताए ।

  • रास्वपा र उज्यालो नेपालको एकता टर्‍यो, कसले अर्घेलो गर्‍यो ?

    रास्वपा र उज्यालो नेपालको एकता टर्‍यो, कसले अर्घेलो गर्‍यो ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच एकता प्रयास असफल भएको छ । आज पार्टी दर्ता गर्ने अन्तिम दिनसम्म पनि कुरा मिलाउन सकिन्छ कि भनेर नेताहरू लागिरहेका थिए ।

    रास्वपा उच्च स्रोतले एकता प्रयास टरेको र अब चुनावी तालमेल हुन सक्ने बतायो । कुलमान घिसिङले कार्यवाहक सभापतिमा अडान नछोडेपछि एकता हुन नसकेको रास्वपा स्रोतको दाबी छ ।

    ‘कुलमानजीलाई उपसभापति दिन पहिल्यैबाट तयार थियौँ । तर उहाँहरूबाट केही समयका लागि भए पनि कार्यवाहक नै चाहिन्छ भन्ने खालको कुरा आयो । एकताका नाममा पार्टी बुझाउन हामी तयार भएनौँ,’ स्रोतले भन्यो ।

    यता, उज्यालो पार्टीका एक नेताले भने योभन्दा फरक दाबी गरे । उनको भनाइ अनुसार रवि लामिछानेलाई नै सभापति मानेर पार्टी एकता गर्न कुलमान तयार भएका थिए ।

    ती नेताले भने, ‘कुलमानजी हदैसम्म लचक हुनुभएको थियो । रविजीलाई सभापति स्वीकार गरेर आफू सहसंयोजक बस्न तयार हुनुभएको हो । रविजी सभापति र कुलमानजी भावी प्रधानमन्त्री बन्ने गरी एकता गर्न रास्वपाकै थुप्रै साथीहरू पनि तयार हुनुहुन्थ्यो । तर, सहमति नजिक पुगेर पनि रास्वपाभित्रैबाट बिथोल्ने काम भयो ।’

    रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले एकता गर्न नचाहेको ती नेताको आरोप छ । एकता गर्दा कुलमान हाबी हुने र आफू ओझेलमा पर्ने चिन्ताले गर्दा उनले सहमति अड्काएको उनले दाबी गरे ।

    ‘एकताका लागि रविजी पनि सकारात्मक हुनुहुन्थ्यो । दुई शक्ति मिल्दा आगामी चुनावमा बहुमत ल्याउन सकिन्छ र आफूले पनि न्याय पाउने वातावरण बन्छ भन्ने उहाँको धारणा हामीले पायौँ । तर, डीपी अर्यालजीले आफ्नो स्थान गुम्ने चिन्ताले गर्दा नयाँ नयाँ कुराहरू ल्याएर एकताको वातावरण बिगारेको हाम्रो बुझाइ छ,’ ती नेताले भने ।

    घण्टी चुनावचिन्ह लिएर लड्न पनि कुलमान तयार थिए । पार्टीको नामकरणमा चाहिँ ‘उज्यालो’ पनि कतै मिसाउन पाए हुन्थ्यो भन्नेमा उनको जोड थियो ।

    रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उज्यालो नेपालसँग वार्ता अघि बढाइरहेको थियो । वाग्लेले सुरुबाटै घिसिङलाई उपसभापतिमा स्वागत गर्न तयार रहेको बताएका थिए । तर, कुलमानले पार्टीको बागडोर नै खोजेपछि सहमति जुट्न नसकेको रास्वपाका एक पदाधिकारीले दाबी गरे ।

    ‘चुनावसम्मका लागि भए पनि पार्टीको कमान्ड कुलमानले पाउनुपर्छ भन्ने उहाँहरूको पछिल्लो शर्त थियो, यसमा सहमति जुट्न सकेन,’ ती नेताले भने, ‘तर, चुनावमा मिलेर अघि बढ्न हामी सहमत छौँ । सम्भवतः चुनावी तालमेल हुन सक्छ ।’

  • समिक्षा र रञ्जु दर्शनालाई ‘संघीय नेतृत्व मञ्च’मा समेट्दै रास्वपा, केन्द्रीय सदस्यसरह हैसियत

    समिक्षा र रञ्जु दर्शनालाई ‘संघीय नेतृत्व मञ्च’मा समेट्दै रास्वपा, केन्द्रीय सदस्यसरह हैसियत

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज एकता घोषणा हुँदैछ । कुनै पनि पदीय बार्गेनिङबिना निशर्तरुपमा विवेकशीलको नेतृत्व रास्वपामा समाहित हुन लागेको दुवै पक्षका नेताहरुले बताएका छन् ।

    आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम हुन लागेको हो । एकताका लागि लामो समयदेखि विभिन्न चरणमा वार्ता र छलफलहरु भएका थिए । तर, विवेकशीलको नेतृत्व रास्वपामा कसरी मर्ज हुन्छ भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन । रास्वपामा समाहित भएसँगै विवेकशीलको अस्तित्व भने मेटिने छ ।

    रास्वपाले गत १२ मंसिरमा भर्चुअल बैठक गरेर विवेकशील साझासँग एकीकरण प्रस्तावलाई अनुमोदन गरेको थियो । त्यससँगै पार्टीले ‘संघीय नेतृत्व मञ्च’ नामक एउटा नयाँ संयन्त्र निर्माण गर्ने प्रस्ताव पनि सो बैठकले गरेको थियो । रास्वपामा समाहित हुन आउने वैकल्पिक धारका नेताहरुलाई यो मञ्चमा समेट्ने रणनीति रास्वपाले बनाएको छ । पार्टीका प्रवक्ता मनिष झाका अनुसार यो संरचना अस्थाइ हो, जुन पार्टीको आगामी महाधिवेशनसम्म मात्रै कायम रहनेछ ।

    रास्वपामा १२१ सदस्यीय केन्द्रीय समिति रहने विधानमा व्यवस्था छ । तर, अहिले केन्द्रीय सदस्य ५८ जना मात्रै छन् । महाधिवेशनअघि केन्द्रीय सदस्य थप्नु वाञ्छनीय नहुने भएकाले नयाँ संरचना निर्माण गरिएको प्रवक्ता झा बताउँछन् ।

    उनले भने, ‘अब हामी महाधिवेशनसम्म नयाँ केन्द्रीय सदस्य थप्दैनौं । रास्वपामा आउने वैकल्पिक धारका नेताहरुलाई संघीय मञ्चमा समेटिने छ भने पार्टीभित्रैका केन्द्रीय सदस्य बन्न योग्य नयाँ साथीहरुलाई पनि यसमा राखिने छ ।’

    संघीय नेतृत्व समितिका सदस्यहरुको केन्द्रीय सदस्य बराबर नै राजनीतिक हैसियत रहने छ । समितिमा रहेका नेताहरुले रास्वपामा आवश्यकता अनुसार विभिन्न जिम्मेवारी र भूमिका पाउन सक्नेछन् ।

    स्रोतका अनुसार विवेकशील साझाबाट रास्वपामा आउने प्रमुख नेताहरुलाई संघीय नेतृत्व समितिमा स्थान दिने तयारी छ । विवेकशील साझाकी अध्यक्ष समिक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना यसै समितिमा रहने छन् । अरु कोको नेताहरुलाई स्थान दिने भन्ने टुंगो लागिसकेको छैन ।

    संघीय नेतृत्व समितिमा ५१ जनाको आसपासमा सदस्य रहने बुझिएको छ । रास्वपाका केन्द्रीय सदस्यहरु यो समितिमा रहने छैनन् । पार्टी पदाधिकारीमध्ये एक जनालाई संयोजकको जिम्मेवारी दिइने छ ।

    विवेकशीलले आफूहरुलाई यति नै भाग चाहिन्छ भनेर मागदावी गरेको छैन । यद्यपि, विवेकशीलका नेतृत्वपंतिलाई उनीहरुको क्षमता, अनुभव हेरेर सम्मानजनक स्थान दिइने रास्वपा नेताहरुले बताएका छन् । यो विषयमा तत्काल छलफल र सहमति भने हुने छैन ।

    निशर्त एकता भनिएकाले तत्काली विवेकशीललाई पार्टीभित्र दिने हिस्साबारे कुनै सहमति नगरिने एक पदाधिकारीले जानकारी दिए । विवेकशीलका नेताहरुलाई तत्काल केन्द्रीय सदस्यमा मनोनित गरिने छैन ।

  • लुम्बिनीबाट एमालेका प्रतिनिधि– निर्वाचन भन्दा सर्वसम्मत भएका ठाउँमा असन्तुष्टि, संस्थापन पक्षकै वर्चश्व

    लुम्बिनीबाट एमालेका प्रतिनिधि– निर्वाचन भन्दा सर्वसम्मत भएका ठाउँमा असन्तुष्टि, संस्थापन पक्षकै वर्चश्व

    रुपन्देही । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये ११ मा शनिवारै प्रतिनिधि छनौट भएका छन् भने रोल्पामा आज निर्वाचन भइरहेको छ ।

    मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने एघारौँ महाधिवेशनका लागि प्रदेशबाट १९० जना प्रतिनिधि छनौटमध्ये रोल्पाको बाहेक सबै क्षेत्रको टुंगो लागेको हो । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले रोल्पाका केही क्लष्टरमा अहिले निर्वाचन भइरहेको र अन्य सबै स्थानमा सकिएको जानकारी दिए ।

    लुम्बिनी प्रदेशमा एमालेका ८२ हजार १ सय ३५ सङ्गठित सदस्य छन्। तीमध्येबाट भूगोल, कमिटी र जनसङ्गठनबाट गरी १ सय ९० जना प्रतिनिधि छनौटका लागि केन्द्रबाट दिइएको समयमा नै सबै स्थानमा सकिएको र रोल्पामा मात्रै बाँकी रहेको कँडेलले जनाए ।

    धेरै स्थानमा सर्वसम्मत र केही स्थानमा निर्वाचन भएको भए पनि सर्वसम्मत प्रतिनिधि चयन गरिएका दाङ र बाँकेमा विवाद बढेपछि केन्द्रमा नै उजुरी परेको छ । ती जिल्लामा प्रतिनिधि छनौटको क्षेत्राधिकार नै मिचेर गरिएकाले उजुरी दिइएको असन्तुष्ट पक्षले जनाएका छन् ।

    एमालेको केन्द्रीय कमिटीमै सात जना पदाधिकारी रहेको लुम्बिनी प्रदेशमा प्रतिनिधि चयनको विषय सबैका लागि चासोको विषय बनेको हो ।
    लुम्बिनीमा अहिले केन्द्रमा देखिएजस्तै गरी ओली पक्ष र ईश्वर पक्ष कसका प्रतिनिधि कति भन्ने प्रष्ट नभए पनि अधिकांश जिल्लामा धेरै प्रतिनिधि अध्यक्ष केपी ओली पक्षकै वर्चस्व देखिएको छ ।

    तर, पहिले संस्थापन पक्षमा देखिएर प्रतिनिधि छानिए पनि पछि केन्द्रीय समीकरणअनुसार फेरिन सक्ने आङ्कलन पनि केही नेताहरूले गरेका छन्। पहिले एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको नाममा जिल्ला तहका कार्यकर्ताहरू भने समूह बनाएरै विभाजित बन्दै आएकोमा अहिले केन्द्रमै एकै समूहमा रहेकाले जिल्लामा गुट बनाउन ती पक्षका नेता कार्यकर्ताहरूलाई सङ्कट आइलागेको हो ।

    लुम्बिनी प्रदेशबाट एमालेका उपाध्यक्ष विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र टोपबहादुर रायमाझी (निलम्बित) रहेकाले उनीहरूमध्ये अधिकांश संस्थापन पक्षमै देखिएकाले प्रतिनिधिहरू पनि त्यही पक्षबाट धेरै आएका हुन् । तर संस्थापन पक्षले अपेक्षा गरेअनुसार सबै क्षेत्रमा कमजोर बनाउन भने नसकेका हुन्।

    लुम्बिनी प्रदेश कमिटी, मजदुर, दाङ, पाल्पा, रुपन्देहीबाट अपेक्षा गरेभन्दा धेरै प्रतिनिधि आफ्नो पक्षमा आएको ईश्वर पक्षमा बोल्ने नेताहरूको आङ्कलन छ । संस्थापन पक्षमा असन्तुष्ट भएकाहरू पनि उपाध्यक्ष विष्णु पौडेलको पक्षमा रहेकाले ईश्वर पक्षमा कति खुले अझै पुष्टि नभएको उनीहरुको भनाइ छ ।

    एमालेको केन्द्रीय सङ्गठन विभागले जारी गरेको सर्कुलर अनुसार लुम्बिनी प्रदेशका लागि खुलाबाट ८० जना, महिला ५३, युवा २६, दलितबाट १९, मजदुरबाट ७ र प्रदेश कमिटीबाट ५ जना गरी १ सय ९० जना प्रतिनिधि तोकिएको छ। महाधिवेशन प्रतिनिधिका लागि बिहीबार उम्मेदवारी दर्ता भएको थियो। कतिपय जिल्ला र क्षेत्रमा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भए पनि सहमति जुट्न नसकेका जिल्ला र क्षेत्रमा निर्वाचन भएको हो।

    १२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ५ जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन्। सर्वसम्मत हुन नसकेका ४ जिल्लामा निर्वाचनबाट प्रतिनिधि छनोट गरिएको छ भने रोल्पामा अहिले निर्वाचन हुँदै छ।

    प्रदेशका अध्यक्ष कँडेलका अनुसार पूर्वी रुकुम, प्युठान, बर्दिया, कपिलवस्तु र गुल्मीमा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका हुन्। सर्वसम्मत प्रतिनिधि चयन गरिएको भनिएको दाङ र बाँकेमा विवाद निम्तिएको छ। दाङमा निर्वाचनको प्रक्रियामै नगई विधि विपरीत एकलौटी ढङ्गले प्रतिनिधि चयन गरिएको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले पार्टीको केन्द्रीय सङ्गठन विभागमा उजुरी हालेका छन्।

    प्रतिनिधि चयनका लागि केन्द्रीय सङ्गठन विभागले जारी गरेको सर्कुलर विपरीत मतदाता नामावली र निर्वाचन कार्य तालिका नै प्रकाशित नगरी प्रतिनिधि छानिएको भन्दै भुसालले उजुरी हालेका हुन्। यहाँको विषयमा अरू धेरै प्रदेश कमिटी र जिल्ला कमिटीमै रहेका नेताहरूले असन्तुष्टि जनाएका छन् ।

    प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग उपप्रमुख सरिता सुवेदीले प्रतिनिधि छनौटको मापदण्ड बाहिर गएर गरिएकोले समस्या आएको जनाइन् । एमाले प्रदेश अध्यक्ष कँडेलले पनि प्रतिनिधि चयनको विषयमा दाङ र बाँकेमा विवाद देखिएकाले त्यो विषयमा तत्कालै केन्द्रमा जानकारी दिएका जनाए ।

    ‘बाँके र दाङको समस्याका विषयमा मैले तत्कालै केन्द्रमा जानकारी गराएको छु, कम्तीमा ती जिल्लाको नेतृत्व र त्यहाँ रहेको निर्वाचन समितिले प्रतिनिधि छनौटका आधारभूत विषयमा बुझ्नुपर्ने थियो’ उनले नेपाल प्रेससँग भने –कति वर्ष सदस्यताको समय भयो हेर्नुपर्थ्यो, प्रक्रियामै नगई प्रतिनिधि चयन गरिएको भए सङ्गठन विभागले रद्द गर्छ र समयमा भए त्यो स्थानमा अर्को प्रतिनिधि चयन हुनेछ ।’

    दाङबाट २३ जना र बाँकेबाट १५ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको त्यहाँको निर्वाचन समितिले रिपोर्ट सार्वजनिक गरेको छ । रोल्पामा भने युवा र दलित प्रतिनिधि सर्वसम्मत चयन भए पनि खुला र महिला प्रतिनिधिमा सहमति नजुटेपछि अहिले निर्वाचन हुँदै छ। रोल्पाबाट खुला २, महिला २, युवा १ र दलित १ गरी ६ जना प्रतिनिधि चयन हुनेछन्।

    दुई जना खुला प्रतिनिधिका लागि तीन जना र दुई जना महिलाका लागि चार जनाको उम्मेदवारी परेपछि अहिले निर्वाचनको प्रक्रिया अगाडि बढाइएको एमाले रोल्पाका अध्यक्ष अमृत बुढाले बताए। यस्तै रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा र अर्घाखाँचीमा भने शनिवार निर्वाचनबाट प्रतिनिधि चयन गरिएको छ।

    लुम्बिनीमा सबैभन्दा बढी रुपन्देहीबाट ३४ जना प्रतिनिधि चयन भएका छन्। रुपन्देहीका क्षेत्र नं। ३ र ५ मा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भए पनि क्षेत्र नं। १, २ र ४ मा भने निर्वाचनबाट छनोट गरिएको हो। त्यस्तै गुल्मीबाट २०, बर्दियाबाट १५, कपिलवस्तुबाट १५, पाल्पाबाट १४, अर्घाखाँचीबाट १३, पश्चिम नवलपरासीबाट ११, प्युठानबाट ८ र पूर्वी रुकुमबाट ५ जना प्रतिनिधि चयन भएका हुन्।

     

  • यी हुन् सुदूरपश्चिमबाट एमालेका महाधिवेशन प्रतिनिधि,डोटीबाहेक सबै जिल्लामा टुंगियो (सूचीसहित)

    यी हुन् सुदूरपश्चिमबाट एमालेका महाधिवेशन प्रतिनिधि,डोटीबाहेक सबै जिल्लामा टुंगियो (सूचीसहित)

    कैलाली । नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि सुदूरपश्चिम प्रदेशका १५ निर्वाचनबाट ११७ प्रतिनिधि चयन भएका छन् । एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई एउटा क्षेत्र बनाएर प्रतिनिधि चयन गरिरहेको छ ।

    सुदूरपश्चिममा १६ प्रतिनिधि सभा छन् । एउटा निर्वाचन क्षेत्र रहेको डोटी बाहेकका सबै क्षेत्रबाट प्रतिनिधि चयन भइसकेका छन् ।

    कैलालीको १, ४ र ५ कञ्चनपुरको १ र ३ बाहेकका सबै क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । कैलालीमा तीन जना दलित क्लस्टरमा प्रतिनिधि र प्रदेशमा कमिटीबाट प्रतिनिधि चयन भएको छैन ।

    कहाँबाट को भए प्रतिनिधि ? 

    कैलाली

    क्षेत्र नम्बर-१ 

    खुला: द्वारिका न्यौपाने र धुव्र खत्री,
    महिलाः  कमला शाही
    युवाः लक्ष्मी आचार्य

    क्षेत्र नम्बर-२
    खुलाः  कर्णबहादुर कुँवर, डेजी पाण्डे र नरबहादुर खड्का
    महिला: ममता रावल र लक्ष्मी शाही
    युवा:  पवित्राकुमारी माझी

    क्षेत्र नम्बर-३ 
    खुलाः  चुलराम चौधरी र करुण बम
    महिलाः इच्छाकुमारी चौधरी
    युवाः  राजबहादुर बुढा

    क्षेत्र नम्बर- ४ 
    खुलाः चक्रबहादुर बोहरा, नरबहादुर तामाङ र भीमबहादुर देउवा
    महिलाः  रत्ना कुँवर जोशी र शान्तिदेवी सिंह
    युवाः शुद्धिराम चौधरी

    क्षेत्र नम्बर- ५
    खुला: धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुङ्गाना
    महिलाः अम्बिका विष्ट र रुकमणी देवकोटा
    युवाः  तीर्थराज भट्टराई

    कञ्चनपुर
    क्षेत्र नम्बर-१ 
    खुलाः पल्लबराज भट्ट र वीरबहादुर थापा
    महिलाः  कमला चौधरी र कल्पना गिरी
    युवाः काशीराम बोहरा

    क्षेत्र नम्बर-२
    खुलाः रणबहादुर महरा र बचनबहादुर सिंह
    महिलाः  लक्ष्मी बुढा र पार्वती जोशी
    युवाः प्रविन बोगटी

    क्षेत्र नम्बर-३
    खुलाः डा. दीपकप्रकाश भट्ट र जनकराज अवस्थी
    महिलाः  कल्पना गिरी
    दलितः  आरपी सार्की
    युवा: ओम बस्नेत

    अछाममा 
    क्षेत्र नम्बर-१
    खुलाः केशरबहादुर साउँद, मीनबहादुर कुँवर र रामबहादुर बुढा
    महिलाः बिन्दु कुँवर र अनिता खड्का
    युवाः डिबी साउँद

    क्षेत्र नम्बर- २ 
    खुलाः चन्द्रबहादुर बोहरा, यमबहादुर बिसी, बलबहादुर कुँवर र भीमबहादुर रावल
    महिलाः सरिता उपाध्याय र निर्मलाकुमारी धमाला
    युवा: टोपबहादुर शाही

    बाजुरा
    खुलाः लालबहादुर ओली, जनककुमार बोहरा, बलदेव रेग्मी, गगन रावल, भरत थापा, मनलाल विष्ट र मेघराज शाही
    महिला:  सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र वसन्ती गुरुङ
    दलितः काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्की
    युवाः नरेश रोकाया

    बझाङ
    खुल्लाः दिलबहादुर भण्डारी, एलबी रावल, दमन भण्डारी,लालबहादुर खड्का, जनकराज जोशी
    महिलाः जानकी बोहरा, डोल्मा तामाङ, भागरथी सिंह
    दलितः आनन्दलाल विक, शङ्कर रसाइदी
    युवाः पङ्कज भण्डारी

    डडेल्धुरा
    खुलाः गजेन्द्रबहादुर शाही र गजेन्द्र शाही,
    दलितः  चक्रप्रसाद स्नेही,
    महिला: कृष्णा ओझा
    युवा: ज्ञानेन्द्रसिंह भाट

    बैतडी
    खुलाः  सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र विष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारा
    महिलाः धाना धामी, सकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोली
    दलितः नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्की
    युवाः गोविन्द गिरी

    दार्चुला
    खुलाः  ज्ञानेन्द्र घर्ती, कृष्ण धामी, रामदत्त जोशी, जनकसिंह ठगुन्ना, धर्मानन्दसिंह मन्याल र रणबहादुर पाल
    महिलाः  माधवी जोशी, ताराकेशरी कुँवर र निर्मला धामी
    दलितः  लालबहादुर विक र मुरारीलाल टमटा
    युवाः उमेशराज जोशी

  • नेकपा संयुक्त बैठक- चन्द्रदेव जोशी सम्मानित नेता, घनश्याम भुसाल कार्यवाहक अध्यक्ष बन्दै

    नेकपा संयुक्त बैठक- चन्द्रदेव जोशी सम्मानित नेता, घनश्याम भुसाल कार्यवाहक अध्यक्ष बन्दै

    काठमाडौं । चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) र घनश्याम भुसाल नेतृत्वको नेकपा एस पुनर्गठन अभियानको एकता बैठक आइतबार बस्दैछ ।

    पत्रकार सम्मेलनमार्फत एकता घोषणा गरेका दुई घटकबीचको एकताका काम सम्पन्न गर्न बैठक बस्ने भएको नेता दामोदर अर्यालले बताए । पार्टीको नाम नेकपा (संयुक्त) र चुनाव चिह्न हसिया नै रहने सहमति यसअघि नै भइसकेका कारण वैचारिक, राजनीतिक र साङ्घठनिक विषय निरुपण गरिने उनले बताए ।

    हालका अध्यक्ष एवं वयोवृद्ध नेता चन्द्रदेव जोशीलाई सम्मानित नेता वा कुनै किसिमको अभिभावकीय भूमिका दिएर घनश्याम भुसाललाई पार्टीको कार्यवाहक अध्यक्ष तोक्ने तयारी रहेको पार्टीका एक नेताले बताए ।

    उक्त कमिटीमा २०२८ सालको झापा आन्दोलनका नेतासमेत रहेका घनेन्द्र बस्नेतलाई पनि सम्मानित भूमिका दिइने भएको छ । त्यससँगै महाधिवेशनको मिति पनि तय गरिने भएको छ ।

    बैठक सोमबारसम्म चल्ने नेता अर्यालले बताए ।

  • डु प्लेसिस एनपीएल खेल्न भोलि आउँदै, आइपीएलबाट नाम फिर्ता लिए

    डु प्लेसिस एनपीएल खेल्न भोलि आउँदै, आइपीएलबाट नाम फिर्ता लिए

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा अनुबन्ध हुने ठूलो नाममध्येका एक हुन् दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस ।

    उनलाई विराटनगर किंग्सले अनुबन्ध गरेको हो । विराटनगरले हालम्म ५ खेल खेलिसक्यो । तर, डु प्लेसिस विराटनगरको खेलमा उपस्थित भएका छैनन् ।

    डु प्लेसिसले इन्डियन प्रिमियर लिग (आइपीएल) को आगामी सिजनको अक्सनमा सहभागी नहुने निर्णय गरेसँगै एनपीएल खेल्न पनि नआउने हो कि भन्ने आशंका समर्थकमाझ परेको छ ।

    डु प्लेसिसले अबुधाबी टी–१० लिग खेलिरहेका छन् । लिगमा उनी सम्मेलित टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । विराटनगरका म्यानेजर विजय धितालका अनुसार डु प्लेसिस विराटनगरको आगामी खेलमा उपस्थित हुनेछन् ।

    एनपीएल खेल्न उनी सोमबार नेपाल आउने धितालले बताए । विराटनगरले आगामी खेल बुधबार लुम्बिनी लायन्ससँग खेल्नेछ । सम्भवतः उक्त खेलमा डु प्लेसिसले खेल्नेछन् ।

    योसँगै घाइते भएका मार्टिन गप्टिलमा पनि आगामी खेलमा उपस्थित हुनेछ । सुरुआति ३ खेल खेलेका मार्टिन घाइते हुँदा त्यसपछिका दुई खेल गुमाएका थिए । मार्टिनको रेष्ट पुगेको र आगामी खेलमा सहभागी हुने विराटनगरका म्यानेजर धितालले जानकारी दिए ।

    विराटनगर किंग्स ५ खेलबाट ८ अंक जोड्दै प्लेअफ नजिक छ ।

  • एमालेमा विधान संशोधनको बहस– केन्द्रीय कमिटीमा युवा क्लस्टर थप्ने, पदाधिकारी संख्या बढाउने !

    एमालेमा विधान संशोधनको बहस– केन्द्रीय कमिटीमा युवा क्लस्टर थप्ने, पदाधिकारी संख्या बढाउने !

    काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाउने र स्थायी कमिटीको संरचना कायम राख्नेगरी विधान संशोधन प्रस्ताव लैजान दबाब बढेको छ ।

    गत भदौ तेस्रो साता सम्पन्न विधान महाधिवेशनले केन्द्रीय कमिटीको संख्या ३०१ बाट घटाएर २५१ सदस्यीय बनाएको थियो । तर जेनजी आन्दोलनपछि भएको महाधिवेशन प्रतिनिधि छनौटमा एमालेले ४० वर्षमुनीका युवाको क्लस्टर बनाएरै प्रतिनिधि छनौट गरेको छ ।

    यस हिसाबले देशभरका १६५ निर्वाचन क्षेत्रका क्लस्टर र अन्य संगठन र क्लस्टरका समेत गर्दा ४० वर्षमुनीका युवाको प्रतिनिधित्व महाधिवेशनमा २० प्रतिशत हाराहारीमा हुने अनुमान छ । सो समूहको प्रतिनिधित्व केन्द्रीय कमिटीमा पनि गराउनेगरी विधान संशोधन हुने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ ।

    विधान महाधिवेशनको बेला मस्यौदा कार्यदलमा रहेका एक नेताले भने–हामीले महाधिवेशन प्रतिनिधिमै ४० वर्षमुनीको युवा प्रतिनिधिको लागि निर्वाचन क्षेत्र नै तोकिसकेको अवस्थामा उनीहरुको क्लस्टर केन्द्रीय कमिटी निर्वाचनमा पनि अनिवार्य भयो ।

    त्यसो हुँदा केन्द्रीय कमिटीको आकार पहिलेकै जस्तो हुनसक्छ । अहिले पार्टीमा सबैको व्यवस्थापन गरेर जानुपर्ने दबाब बढिरहेको हुनाले पदाधिकारी पनि १९ नै पुग्ने र स्थायी कमिटी ४५ सदस्यीय कायम गर्नेगरी विधान संशोधन प्रस्तावको अनौपचारिक छलफल चलिरहेको छ ।

    महाधिवेशनले विधान संशोधन गर्ने अधिकार रहेकाले अवश्य पनि हलमा गइसकेपछि पहिलेकै संरचनामा फर्किने सम्भावना देखिन्छ ।
    विधान महाधिवेशनले बरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष रहेकोमा त्यसलाई घटाएर ३ जना उपाध्यक्ष राखेको थियो ।

    केही नेताले बरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ६ वा ७ बनाउन सुझाव दिएका छन् । सचिवको संख्या ७ र उपमहासचिवको संख्या ३ कायम राखेर उपाध्यक्षमात्र बढाउने र युवा क्लस्टरको केन्द्रीय कमिटीमा प्रतिनिधित्व सुनिश्चित गर्न शीर्ष नेतृत्वलाई दबाब बढेको छ ।

    अहिले विधानले हटाएको स्थायी कमिटी पुनस्र्थापित गर्दा धेरै नेताको सम्मानजनक व्यवस्थापन हुने तर्क नेताहरुले गरेका छन् । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विधान संशोधन आवश्यक भएमा कमिटीले निर्णय गरेर महाधिवेशन हलमा लैजान सक्ने बताए । अहिलेसम्म त्यो ढंगले निर्णय नभएको उनको भनाइ छ ।

  • साविक विजेता जनकपुर बोल्ट्सको बिर्सनलायक प्रदर्शन, समूह चरणबाटै बाहिरिने संघारमा  

    साविक विजेता जनकपुर बोल्ट्सको बिर्सनलायक प्रदर्शन, समूह चरणबाटै बाहिरिने संघारमा  

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनको विजेता जनकपुर बोल्ट्स दोस्रो सिजन भने नराम्ररी लड्खडाएको छ । टीयु मैदानमा जारी प्रतियोगितामा जनकपुरले हिजो लगातार चौथो हार व्यहोर्दै समूह चरणबाटै बाहिरने संघारमा पुग्यो ।

    जनकपुरले अब प्लेअफमा स्थान बनाउन बाँकी सबै तीन खेल जितेर मात्रै पुग्ने छैन । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ । पहिलो सिजनमा सुरुआतदेखि नै विजय यात्रामा रहेको टिम दोस्रो सिजनमा यो स्थितिमा पुगने अपेक्षित होइन । आखिर किन जनकपुर यस्तो दलदलमा पर्यो त ?

    जनकपुरलाई पहिलो सिजनमा विजेता बनाउन विदेशी खेलाडीहरुको अहम् भूमिका थियो । तीमध्ये एक थिए न्यूजिल्यान्डका जिम्मी निसम । आइसीसीको नियमका कारण निसमलाई चाहेर पनि जनकपुरले रिटेन गर्न सकेन । उनी दोस्रो सिजनमा पोखरा एभेन्जर्समा आवद्ध भएका छन् । पहिला सिजनमा लयमा रहेका हर्ष थाकरलाई पनि जनकपुरले रिटेन गरेन । निशम र हर्षले ब्याटिङ र बलिङ दुवैबाट जनकपुरलाई योगदान दिएका थिए ।

    पहिलो सिजनमा सर्वाधिक रन बनाएका जनकपुरका ओपनर लाहिरु मिलान्था यसपटक खासै चल्न सकेका छैनन् । पहिलो खेलमा काठमाण्डु गोर्खाजविरुद्ध ७ रन बनाएका उनी दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध २३ रनमा आउट भए । दुवै खेलमा जनकपुर पराजित भयो । त्यसपछि उनी बाँकी दुई खेलमा प्लेइङ–११ मा अटाएनन् । जनकपुरले अनुबन्ध गरेका दक्षिण अफ्रिकाका अनुभवी बलर इमरान ताहिर अहिलेसम्म पनि आइपुगेका छैनन् ।

    दोस्रो सिजनको सुरुआती चार खेल हेर्दा जनकपुरको समस्या टपअर्डर ब्याटिङमै देखिन्छ । जनकपुरले कुनै पनि खेलमा राम्रो सुरुआत गर्न सकेको छैन । पहिलो खेलमा ३४ रनमा पहिलो विकेट गुमाएको जनकपुरले त्यसपछि थप १२ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमायो । दोस्रो खेलमा १९ रनमा पहिलो विकेट गुमाएको जनकपुरले त्यसपछि पनि विकेट सम्हाल्न सकेन । तेस्रो खेलमा ७ रन जोड्दा पहिलो विकेट गुमाएको जनकपुरले ४३ रन जोड्दा ६ विकेट गुमाउन पुग्यो । चौथो खेलमा पनि विकेट जाने क्रम रोकिएन । ५ रन जोड्दा पहिलो विकेट गुमाएको जनकपुरले ३५ रन जोड्दा ३ विकेट गुमाउन पुग्यो ।

    पावर प्लेमा रन बनाउन सकेमा त्यसपछि आउने ब्याटरलाई खुलेर खेल्न सजिलो हुन्छ । तर, जनकपुरले पावर प्लेमा धेरै विकेट गुमाइरहेको छ । ४ खेलको पावर प्लेमा मात्रै १० विकेट गुमाएको अवस्था छ । जनकपुरको टप अर्डर यसपटक फ्लप भएको छ । ओपनर आसिफ शेख एउटा खेलमाबाहेक चल्न सकेका छैनन् । अनिलको ब्याटबाट कुनै पनि खेलमा रन आउन सकेको छैन । खराब प्रदर्शनका कारण अघिल्लो म्याचमा उनी स्वयम् टिममा अटाएनन् ।

    ओपनिङसहित टपअर्डर चल्न नसक्दा जनकपुरले विभिन्न प्रयोग गरिरहेको छ । तर, सफल हुन सकेको छैन । पहिलो र दोस्रो खेलमा लाहिरु मिलान्था र आसिफ शेखले ओपनिङ गरे । तेस्रो नम्बरमा कप्तान अनिलकुमार साह आए । तेस्रो र चौथो खेलमा लाहिरुलाई बेन्चमा राख्दै जनकपुरले आसिफ र माज सदाकतलाई ओपनिङमा पठायो । त्यो पनि सफल हुन सकेन । तेस्रो खेलमा तेस्रो स्थानमा शुभ कंशाकारलाई पठायो । त्यो रणनीति पनि काम लागेन । चौंथो खेलमा कप्तान अनिललाई बेन्चमा राख्दै वायन पार्नेललाई कप्तानको जिम्मेवारी दियो । चौथो खेलमा तेस्रो नम्बर पुनः परिवर्तन गर्दै मयन यादवलाई पठायो । तर हारको श्रृंखला टरेन ।

    मिडल अर्डरमा कुनै खेलाडीले विकेट होल्ड गर्न कोसिस गरेपनि अन्य खेलाडीले साथ नदिँदा टोलीले ठूलो स्कोर बनाउन चुकिरहेको छ । पहिलो खेलमा ओपनर आसिफ शेखले ५४ रन बनाए । दोस्रो खेलमा मिडलअर्डरमा आएर जोन निकोल लोफ्टी इटोनले ४१ रन बनाए । तेस्रो खेलमा लोअर्डरमा आएर वायन पार्नेल चम्किए । उनले ३८ बलमा ५० रन बनाए । चौथो खेलमा सञ्जयले ३८ बलमा ५० रन बनाए । तर, लामो साझेदारी हुन नसक्दा स्कोर ठूलो बन्न सकेन । हालसम्मका कुनै पनि खेलमा जनकपुरका ब्याटरले लामो साझेदारी गर्न सकेका छैनन् । चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध सञ्जय र आदित्य मेहताले गरेको ५५ रनको साझेदारी नै जनकपुरको सर्वाधिक ठूलो साझेदारी हो ।

    जनपकुरलाई च्याम्पियन बनाउँदा उत्कृष्ट प्रदर्शन गरेका ललित राजवंशी र किशोर महतो यसपटक चल्न सकेका छैनन् । पहिलो सिजनमा ललित सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दुई र किशोर शीर्ष ४ मा थिए । मोहम्मद मोहसिन र हर्ष थाकर पनि शीर्ष १० मा अटाएका थिए । नेपाली राष्ट्रिय टिमकै भरपर्दा स्पिनर ललित यसपटक फिका देखिएका छन् । पहिलो सिजनमा १० खेलबाट १७ विकेट लिएका ललितले यसपटक पहिलो ४ खेलमा मात्र २ विकेट लिए । दुई खेलमा एकएक विकेट लिँदा दुई खेलमा उनी विकेटविहीन छन् ।

    यस्तै पहिलो सिजनमा १० खेलमा १४ विकेट लिएका किशोर पनि यसपटक महंगो बनेका छन् । ४ खेलमा किशोरले मात्र एक विकेट लिए । ३ खेलमा न विकेट लिन सके न रन गतिमा नियन्त्रण गर्न । ललित र किशोर नचल्दा विदेशी बलरको अवस्था पनि त्यस्तै छ । तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सञ्जय कृष्णमूर्तिले ३ विकेट लिनुबाहेक अन्य बलरको प्रदर्शन खासै देखिँदैन । ब्याटरको रुपमा रहेका अनिल र अलराउन्डर रुपेश सिंहले बरु विकेट लिइरहेका छन् । जनकपुरले कुनै पनि खेलमा कडा चुनौति दिन सकेको छैन । जनकपुरविरुद्ध सबै टिमले एकपक्षीयरूपमा जितिरहेका छन् ।

    यो बिन्दूबाट जनकपुरले कमब्याक गरेर प्ले अफमा स्थान बनाउन चमत्कार नै हुनुपर्छ । दक्षिण अफ्रिकाका इमरान ताहिर आइनपुग्दै उनको सान्दर्भिकता समाप्त हुन लागेको देखिन्छ ।

  • देउवाले बोलाए दिउँसो १ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

    देउवाले बोलाए दिउँसो १ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार दिउँसो पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने भएका छन् ।

    उनले पार्टीभित्र चर्किएको नियमित महाधिवेशन र विशेष महाधिवेशनको मितिलाई लिएर छलफल गर्न लागेका हुन् । उपसभापति पूर्णबहादुर खड्काले गरेको प्रयास सार्थक नभएपछि सभापति देउवा आफैँले बैठक आह्वान गरेका हुन् ।

    दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा उनले छलफलका लागि पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएका छन् ।

    बैठकमा नेता डा. शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पनि बोलाइएको छ ।

    सभापति देउवा नै छलफलमा जुटेपछि महाधिवेशनबारे टुंगो लाग्ने अपेक्षा छ । सहमति नबन्दा कांग्रेसको बैठक पटकपटक सरिरहेको छ ।

  • भारतले नदिने भयो पानी, गहुँकिसानलाई हैरानी

    भारतले नदिने भयो पानी, गहुँकिसानलाई हैरानी

    वीरगंज । गहुँ बालीको सिजन नजिकिँदै गर्दा भारतले यस वर्ष नहरमा पानी दिन नसक्ने बताएपछि किसान हैरानीमा परेका छन् ।

    भारतीय पक्षले नहरमा पानी नदिँदा नहर प्रणालीमा आश्रित पर्सा, बारा र रौतहटका किसान गहुँ बालीमा सिँचाइबाट वञ्चित हुनेछन् । यसले गहुँको उत्पादन घट्ने भन्दै नेपाली किसान चिन्तित भएका छन् ।

    नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगंजका सूचना अधिकारी इञ्जिनियर सुरेशप्रसाद साहले कार्यालयले संघीय सिँचाइ विभागलाई भारतीय पक्षले यस वर्ष गहुँ बाली सिजनमा पानी दिन असमर्थता जनाएकोबारे जानकारी गराउन पत्राचार गरिसकेको बताए ।

    नवलपरासीको त्रिवेणी भैसालोटनस्थित नेपाल भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमि यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाबाट नेपाल प्रवेश गर्छ ।

    पर्सा, बारा र रौतहटमा १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ भने ८१ किलोमिटर छ ।

  • चिसो बढ्दै जाँदा घटेन सर्पदंश, देशैभर आगलागी अत्यधिक

    चिसो बढ्दै जाँदा घटेन सर्पदंश, देशैभर आगलागी अत्यधिक

    काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ लाख १८ हजार पाँच सय रुपैयाँ बराबरको क्षति भयो ।

    कूल विपदका घटनामध्ये सबैभन्दा बढी १४ आगलागीका घटना थिए । त्यसदिन झापा जिल्लामा मात्रै चार आगलागीका घटना भएका थिए । कैलालीमा दुई तथा मोरङ, सङ्खुवासभा, रौतहट, बारा, काठमाडौँ, नवलपरासी पश्चिम, जुम्ला र कञ्चनपुरमा एक–एक आगलागीका घटना भएका थिए । चिसो बढ्दै गए पनि आगलागीका घटनामा बृद्धि भएको छ ।

    प्राधिकरणका अनुसार, मंसिर १० गते बिहान १० बजेदेखि ११ गतेको बिहानसम्म कूल १७ वटा विपदमा घटना भए । त्यस दिन पनि १३ वटा आगलागीका घटना भएका थिए भने सप्तरी, बर्दियामा सर्पदंश र मोरङमा दुई वटा जनावर आक्रमणका घटना भएका थिए । मोरङमा तीन, सिरहा, सर्लाही, ललितपुर,कास्की, बाग्लुङ,पर्वत, कपिलवस्तु र रुपन्देहीमा आगलागीका घटना भए । त्यसदिन कूल १९ लाख ९६ हजार रुपैयाँ बराबरको क्षति भयो ।

    प्राधिकरणका अनुसार, मङ्सिर नौ गते बिहान १० बजेदेखि १० गते बिहानसम्म कूल १३ विपदमा घटना भए । त्यसमा १० वटा आगलागीका मात्रै घटना भए । सोलुखुम्बुमा डढेलो, कञ्चनपुरमा सर्पदंश र पाँचथर र ताप्लेजुङमा जनावर आक्रमणका घटना भए । मोरङ, सुनसरी, दुई, झापा, ताप्लेजुङ, कास्की, दाङ र कञ्चनपुरमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, विपदका कारण १८ लाख ४३ हजार रुपैयाँ बराबरको क्षति भयो ।

    यस्तै, मङ्सिर ७ गते बिहानदेखि आठ गते बिहानसम्म कूल १८ वटा विपदका घटना भए । त्यसदिन झापामा सर्पदंश, सिन्धुपाल्चोक र हुम्लामा जनावर आक्रमणको घटना भएका थिए । सर्लाहीमा तीन, गुल्मीमा दुई तथा मोरङ, रौतहट, बारा, काठमाडौँ, कास्की, बाग्लुङ, कपिलवस्तु, बाँके र कैलालीमा एक एक आगलागीका घटना भए । त्यसदिन ५० लाख आठ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

    सुक्खा मौसम शुरु भए लगत्तै देशव्यापी रुपमा आगलागीका घटनामा वृद्धि भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ । छिट्टै आगो टिप्ने सामग्री नराख्न, ज्वलनशील पदार्थको पहुँचबाट टाढा रहन र आगजनीबाट जोगिन प्राधिकरणले सबैलाई आग्रह गरेको छ ।

  • आज नेकपाको एकता सन्देश सभा पोखरामा

    आज नेकपाको एकता सन्देश सभा पोखरामा

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज आइतबार गण्डकी प्रदेशलाई लक्ष्यित गरेर कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताले सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

    नेकपाले यस्तै, भोलि सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेशको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्ने मिति सार्वजनिक गरेको छ ।

    मङ्सिर २९ गते देशभरका पालिकामा एकता सन्देश सभाको तयारी नेकपाको छ ।

    यसअघि नेकपाले शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेर प्रदेशस्तरमा पार्टीको सन्देश प्रवाह गरेको छ ।

  • रास्वपा र विवेकशीलको आज एकता घोषणा

    रास्वपा र विवेकशीलको आज एकता घोषणा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आइतबार दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

    असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःशर्त एकतामा जाने निर्णय गरेको थियो ।

    विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान शुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।

  • एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

    एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।

    सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई जित्नैपर्ने बाध्यता छ ।

    करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

  • एमाले प्रतिनिधि छनोट : सुदूरपश्चिमका ६ क्षेत्रमा सर्वसम्मत हुँदा ५ क्षेत्रमा निर्वाचन

    एमाले प्रतिनिधि छनोट : सुदूरपश्चिमका ६ क्षेत्रमा सर्वसम्मत हुँदा ५ क्षेत्रमा निर्वाचन

    धनगढी । नेकपा एमालेको ११ औँ  महाधिवेशनका लागि सुदूरपश्चिमका केही जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् भने केही जिल्लाहरूमा निर्वाचन भएको छ ।
     दार्चुला, बैतडी, डडेल्धुरा र बाजुरामा सर्वसम्मतिले प्रतिनिधि चयन भएका छन् । अछाम–२ र कैलाली–२ मा पनि सर्वसम्मति जुटेको छ ।
    सर्वसम्मत हुन नसकेको क्षेत्रमा निर्वाचन मार्फत प्रतिनिधि चयन गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ ।
    एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन गरिरहेको हो । कैलालीका ५ निर्वाचन क्षेत्रमध्ये १, ४ र ५ मा मतदान भएको छ । कञ्चनपुर–१ र ३ मा मतदान भएको छ । कैलालीको २ मा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् भने ३ मा सर्वसम्मतको अन्तिम प्रयास जारी छ ।
     कञ्चनपुर–२, अछाम–१, बझाङ र डोटीमा पनि  नेताहरूले सर्वसम्मतिबाट प्रतिनिधि चयन गर्ने प्रयास गरिरहेका छन् ।
    कुन क्षेत्रमा को–को भए सर्वसम्मत ?
    दार्चुला
    खुलातर्फ
    १. ज्ञानेन्द्र घर्ती
    २. कृष्ण धामी
    ३. रामदत्त जोशी
    ४. जनक सिंह ठगुन्ना
    ५. धर्मानन्द सिंह मन्याल
    ६. रण बहादुर पाल
    महिलातर्फ
    १. माधवी जोशी
    २. ताराकेशरी कुँवर
    ३. निर्मला धामी
    दलिततर्फ
    १. लाल बहादुर बि।क
    २. मुरारी लाल टमटा
    युवातर्फ
    १.उमेशराज जोशी
    बैतडी 
    खुला
    १. सुरेन्द्र बहादुर पाल
    २. चक बहादुर कार्की
    ३. नरेन्द्र विष्ट
    ४. पुष्करराज जोशी
    ५. लोकेन्द्र भण्डारी
    ६. राम सिंह पुजारा
    महिलातर्फ
    १. धाना धामी
    २. शकुन्तला साउद
    ३. पार्वती कार्की
    ४. सरस्वती कोली
    दलित
    १. नरेश कुमार विश्वकर्मा
    २. सरस्वती नेपाली
    ३. बलभद्र दयाल
    ४. कालुराम सार्की ९कमल०
    युवातर्फ
    १. गोविन्द गिरी
    डडेल्धुरा
    खुला
    १. गजेन्द्र बहादुर शाही
    २. गजेन्द्र शाही अध्यक्ष
    दलित
    १. चक्र प्रसाद स्नेही
    महिला
    १. कृष्णा ओझा
    युवा
    १. ज्ञानेन्द्र भाट
    बाजुरा
    खुला
    १. लालबहादुर ओली
    २. जनक कुमार बोहरा
    ३. बल्देव रेग्मी
    ४. भरत थापा
    ५. गगन रावल
    ६. मनलाल विष्ट
    ७. मेघराज शाही
    महिला
    १. सीता कुमारी रोकाया (थापा)
    २. देवु खाती
    ३० पार्वती थापा विष्ट
    ४.बसन्ती गुरुङ
    दलित
    १. काँशी वि.क.
    २. अमर वि।क।
    ३.गौरी सार्की
    ४. राजकला सार्की
    युवा
    १. नरेश कुमार रोकाया
    कैलाली–२
    खुला
    १. कर्ण बहादुर कुवर
    २. डेजि पाण्डे
    ३. नरबहादुर खड्का
    महिला
    १. ममता रावल
    २. लक्ष्मी शाही
    युवा
    १. पवित्रा कुमारी माझी
    अछाम–२
    खुला
    १. चन्द्र बहादुर बोहरा
    २. यम बहादुर वि सी
    ३. बल बहादुर कुँवर
    ४० भीम बहादुर रावल (कालोटोपी)
    महिला
    १. सरिता उपाध्याय
    २. निर्मला कुमारी धमला
    युवा
    १. टोप बहादुर शाही