
काठमाडौं । मूलतः तीन शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको बहिर्गमनको नारा लगाएको जेनजी पुस्ताको आन्दोलनबाट बनेकी प्रधानमन्त्री सुशीला कार्कीलाई तत्कालै ती नेतासँग संवादमा उत्साह वा रुचि छैन ।
शुक्रवार अपराह्न साढे ४ देखि साँझ करिब साढे ७ बजेसम्म प्रमुख सञ्चारमाध्यम (टेलिभिजन, अखबार र अनलाइन) का सम्पादकहरूसँग ३ घण्टा लामो छलफल र प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री कार्की निष्कपट र खुलस्तरुपमा प्रस्तुत भइन् ।
७३ वर्षीया कार्कीमा १६ देखि २८ वर्ष उमेर समूहका जेनजीका दुई दर्जनबढी गुटहरूदेखि परम्परागत राजनीतिक दलका नेताहरूसँगका चरणबद्ध छलफलबाट राजनीतिज्ञका रूपमा विकसित व्यक्तित्व पनि झल्कियो । कार्कीले आफू ‘एक्सिडेन्टल प्रधानमन्त्री’ बन्दाका क्षणहरू पनि सम्पादकहरूलाई सेन्सर नगरी सुनाइन्, बरु मन्त्रीहरू अलि धक मानिरहेका थिए ।
दिनभर बानेश्वरस्थित एउटा इन्जिनियरको अफिसमा भोकै बसेर धेरै अपिल गरेको बताउँदै कार्कीले जेनजीहरु र राष्ट्रपतिबाट प्रधानमन्त्री बन्न आग्रह आएपछि बाध्य भएको बताइन् । आफू र पति दुर्गा सुवेदीको असोज ४ गते लण्डन जाने टिकट काटिसकेको अवस्थामा प्रधानमन्त्री बन्न अफर आएको थियो उनलाई ।
विदेशीले बनाइदिएको सरकार भन्ने हल्लादेखि राजनीतिक दलका शीर्ष नेतालाई थुन्ने दबाबका किस्साहरुको पनि उनले पटाक्षेप गरिन् । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, कानूनमन्त्री अनिल सिन्हा, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेललाई साथमा राखेर प्रधानमन्त्रीले सरकार फागुन २१ को चुनावको डेडलाइनबाट तलमाथि नहुने प्रष्ट पार्न कुनै संशय बाँकी राखिनन् ।

फागुन २१ मा निर्धारित चुनाव गराउन अब सरकारलाई कुनै समस्या नरहेको प्रधानमन्त्री र मन्त्रीहरूले सम्पादकहरूलाई आश्वस्त पार्न खोजे । तर जेनजीका बग्रेल्ती समूहको बेमेल र एक अर्कालाई निषेध गर्ने प्रवृत्ति तथा राजनीतिक दलका शीर्ष नेतृत्वले विद्रोहको आवाज सुनेर स्वैच्छिक बहिर्गमन नहुनु कहीँ न कहीँ चुनावको लागि प्रतिकुलता प्रधानमन्त्रीले देखाइन् ।
एक्सिडेन्टल प्रधानमन्त्री
पूर्वप्रधानन्यायाधीश कार्की भदौ २३ को घटनाबाट विक्षिप्त थिइन् । भोलिपल्ट बिहानै गोविन्द केसी समूहका अभियन्ता डा.अभिशेष सिंहको आग्रहमा ओम प्रकाश अर्यालसहित सिभिल अस्पतालमा पुगेकी थिइन् । खासमा कोही आफन्त गोली लागेर त्यहाँ रहेको भन्ने जानकारीपछि भेट्न गएकी थिइन् ।
प्रधानमन्त्री कार्कीले अहिलेको सरकारका कोही पनि मन्त्री र आफू चुनाव नलड्ने भएकाले ढुक्क हुन आग्रह गरिन् । तर उनले छेउमै रहेका कुलमानतिर हेर्दै ‘उहाँको चाहिँ के हो कुन्नि,सोध्न त सोधिरहेको छु’ भनिन् । यो सरकारले निष्पक्ष चुनाव गराउने सन्दर्भमा उनको यस्तो कुरा आएको हो ।
तर ती आफन्त सिभिलमा नभएर केएमसीमा रहेछन् । सिभिलका घाइते देखेर बाहिर निस्कँदा मिडियाले घेरेपछि आफूले संयम रहनै नसकी मनको बह पोखेको कार्कीले बताइन् । अर्को अर्थ नलागेमा ‘त्यस्तो अवस्था देख्दा बन्दुक भए मै गोली हान्थेँ तिनीहरूलाई (दमनकारीलाई)’ जस्तो भएको उनले सुनाइन् ।
त्यस दिनभर बानेश्वरस्थित एउटा इन्जिनियरको अफिसमा भोकै बसेर धेरै अपिल गरेको बताउँदै कार्कीले जेनजीहरु र राष्ट्रपतिबाट प्रधानमन्त्री बन्न आग्रह आएपछि बाध्य भएको बताइन् । आफू र पति दुर्गा सुवेदीको असोज ४ गते लण्डन जाने टिकट काटिसकेको अवस्थामा प्रधानमन्त्री बन्न अफर आएको थियो उनलाई ।

शुरुमा हुन्छ भने पनि अनेक कुरा आएपछि बन्दिन भनेर जाँदा राष्ट्रपतिले गाली गर्दै तिमी राष्ट्रघाती,देशद्रोही हौ भनेर मिडिया बोलाएर भन्दिन्छु भनेपछि प्रधानमन्त्री स्वीकार गर्न बाध्य भएको समेत सम्पादकहरूमाझ कार्कीले खुलस्त सुनाइन् ।
यो जेनजीले जितेको आन्दोलन होइन
प्रधानमन्त्री कार्की जेनजीका विभिन्न समूहको दबाबमा छिन् । कोही केपी शर्मा ओली र रमेश लेखकलाई आजै समात भन्छन् । नाकमै औँलो घोचेर दबाब दिइरहन्छन् । कोही शीर्ष नेतालाई भ्रष्टाचारमा जेल कोचिहाल भन्छन् । तर सरकार त्यो अवस्थामा छैन ।
प्रधानमन्त्रीले भनिन्- उनीहरुको भावना र आक्रोश हामी बुझ्छौँ तर कानूनले हामीलाई पनि बाँधेको छ । भ्रष्टाचारका चाङ मैले देखेकी छु,तर ५ दिनमै रोकिन्छ भनेको सन्दर्भ फरक हो । यो आन्दोलनमा एउटाले अर्कोलाई पराजित गरेको भए अर्को कुरा हुन्थ्यो होला तर यहाँ त जेनजीले जितेको र दलहरू हारेको पनि होइन । जेन्टलमेन सम्झौताबाट अहिलेको अवस्था आएको हो ।
यद्यपि प्रधानमन्त्रीले सुरुका जेनजीभन्दा अहिले उनीहरू निकै परिपक्व र राजनीतिक भएर आएको समेत बताइन् ।
हामी कोही चुनाव लड्दैनौँ, कुलमानजीको खोइ के हो ?
प्रधानमन्त्री कार्कीले अहिलेको सरकारका कोही पनि मन्त्री र आफू चुनाव नलड्ने भएकाले ढुक्क हुन आग्रह गरिन् । तर उनले छेउमै रहेका कुलमानतिर हेर्दै ‘उहाँको चाहिँ के हो कुन्नि,सोध्न त सोधिरहेको छु’ भनिन् । यो सरकारले निष्पक्ष चुनाव गराउने सन्दर्भमा उनको यस्तो कुरा आएको हो ।
जेनजीको एउटा समूहले अर्कोलाई स्वीकार नगर्ने अवस्था रहेको र समय बित्दै जाँदा मागहरू समेत थपिँदै गएको प्रधानमन्त्रीले बताइन् । भ्रष्टाचार नियन्त्रण,सुशासन र सामाजिक संजाल खुला गर्न माग गरेर उठेको जेनजी आन्दोलनको एजेण्डाविपरीत अहिले आएर विभिन्न समूहले फरक राजनीतिक माग राखेपछि अप्ठेरो परेको उनको भनाइ छ ।
उनले भनिन्- हामी मन्त्रिपरिषदमा रहेका कोही पनि चुनाव लड्दैनौँ । कुलमानजीको चाहिँ के हो थाहा छैन । हामीलाई कुनै माया मोह छैन । अब म बुढी भइसकेँ के चुनाव लड्छु ? गृहमन्त्री ओप्रकाशजी कहिले चुनाव गराएर वकालतमा जाऊँ भन्दै हुनुहुन्छ ।
जेनजीका नयाँ समूह र नयाँ सर्तले हैरान
प्रधानमन्त्री आफू नेतृत्वको सरकार जेनजी र राजनीतिक दलबीचको मध्यस्थकर्ता रहेको भन्दै दुवै पक्षलाई भड्किन नदिन प्रयास भइरहेको सम्पादकहरूलाई बताइन् । उनले सुरुका केही साता जेनजी समूहलाई बुझाउन र उनीहरूलाई चिन्न समय बितेको भन्दै अब त्रिपक्षीय छलफलको वातावरण बनेको प्रष्ट पारिन् ।
जेनजीका कति समूह छन् भन्ने पनि आफूहरूलाई थाहा नभएको पनि उनले स्वीकार गरिन् । प्रधानमन्त्रीका अनुसार अहिलेसम्म जेनजीका २० देखि २५ समूहसँग सरकारले संवाद गरेको छ ।

जेनजीको एउटा समूहले अर्कोलाई स्वीकार नगर्ने अवस्था रहेको र समय बित्दै जाँदा मागहरू समेत थपिँदै गएको प्रधानमन्त्रीले बताइन् । भ्रष्टाचार नियन्त्रण,सुशासन र सामाजिक संजाल खुला गर्न माग गरेर उठेको जेनजी आन्दोलनको एजेण्डाविपरीत अहिले आएर विभिन्न समूहले फरक राजनीतिक माग राखेपछि अप्ठेरो परेको उनको भनाइ छ ।
प्रधानमन्त्री बन्दै गर्दा तीन शीर्ष नेताको अनुहार हेर्न मन छैन भनेकी कार्की करिब २ महिनापछि पनि उस्तै मुडमा देखिइन् । उनले आन्दोलनको आवाज बुझेर ओली,प्रचण्ड र देउवाले स्वैच्छिक बहिर्गमन लिएर दलभित्र निकास दिए हुन्थ्यो भन्ने आशय व्यक्त गरिन् । उनले अर्कोतिर तीन नेतालाई भेट्न आफूमाथि जेनजीले पनि अंशुक लगाएको खुलासा गरिन् ।
प्रधानमन्त्रीका अनुसार जेनजीका विभिन्न समूहले अन्तरिम संविधान,प्रत्यक्ष निर्वाचित कार्यकारी,अन्तरिम सरकार र संविधान खारेजीजस्ता माग अघि सारिरहेका छन् ।
प्रधानमन्त्रीले भनिन्- जेनजी कति छन् भन्ने पनि थाहा छैन । २०,२५ समूह आइसकेका छन् । अनेक माग थपेर हैरान छ । नौलो नौलो कुराहरु ल्याएका छन् । एउटालाई मन्त्री बनाउन खोज्यो अर्कोले आएर यो हुँदैन भनेर काट्छ ।
तीन शीर्ष नेतासँग भेट्न जेनजीको अंकुश
प्रधानमन्त्री बन्दै गर्दा तीन शीर्ष नेताको अनुहार हेर्न मन छैन भनेकी कार्की करिब २ महिनापछि पनि उस्तै मुडमा देखिइन् । उनले आन्दोलनको आवाज बुझेर ओली,प्रचण्ड र देउवाले स्वैच्छिक बहिर्गमन लिएर दलभित्र निकास दिए हुन्थ्यो भन्ने आशय व्यक्त गरिन् । उनले अर्कोतिर तीन नेतालाई भेट्न आफूमाथि जेनजीले पनि अंशुक लगाएको खुलासा गरिन् ।
उनले भनिन्- केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड कति धेरै वर्ष शक्तिमा रहनुभयो । जेनजी युवाहरूले दलभित्र उनीहरूको विकल्पमा आउने नेताहरूसँग कुरा हुनुपर्छ भन्ने ठानेका छन् । अस्ति यहाँ वार्तामा बस्दा पनि जेनजीले दलहरूलाई २३ र २४ भदौको संहारमा ती नेताहरूको भूमिकाबारे प्रश्न उठाए । यहाँ ईश्वर पोखरेल, पूर्णबहादुर खड्काहरू आइराख्नुभएकै छ । शंकर पोखरेल प्रदीप ज्ञवाली गगन थापा आदि आउनुहुन्छ । दलहरूसँग हाम्रो कुरा भइराख्छ । जेनजीले पनि दलसँग कुरा गर्नेबारे आपत्ति गरेका छैनन् । नियम कानुन संविधान राम्रोसँग बुझ्छन् जेनजीले । सरुमा जस्तो कडा कुरा छैन । तर मलाई चाहिँ उहाँहरूसँग (ओली, देउवा, प्रचण्ड) सँग कुरा गर्ने इच्छा । अब गर्नैपर्ने अवस्था आयो भने कुरा गर्न पनि सकिन्छ । तर एउटै लिडरसिप कति हेर्नु ।
प्रधानमन्त्री र यो सरकारको चाहना फागुन २१ चुनावअघि नै यी नेताले बिदा लिइदिए चुनावी वातावरण सहज बन्नेथियो भन्ने देखिन्छ ।