Tag: जोर बिजोर

  • सवारीसाधनमा जोर/बिजोर लागू नगर्न यातायात व्यवसायीको माग

    सवारीसाधनमा जोर/बिजोर लागू नगर्न यातायात व्यवसायीको माग

    काठमाडौं । यातायात व्यवसायीहरुले सवारी साधनमा जोर÷बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् ।

    शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो ।

    छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरुको भीड हुने भन्दै व्यवसायी जोर बिजोर प्रणालीको विपक्षमा रहेका हुन् । यद्यपी सरकारले गरेको निर्णय आफूहरुले मान्ने व्यवसायीको भनाई छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोरबिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताए । सार्वजनिक सवारीको साटो निजी सवारी साधनलाई रोक्नुपर्ने उनको भनाई छ ।

    जोरबिजोर चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने उनले बताए । यो प्रणालीले सवारी साधन जरिवानाको निशानामा पर्ने उनले उल्लेख गरे । त्यसैगरी व्यवसायीले ट्याक्सी र पर्यटकीय बसलाई पनि जोरबिजोर लागु गर्नु नहुने सुझाव दिएको महासचिव सिटौलाले बताए ।

  • जोर बिजोर कस-कसलाई लागू हुदैन ? (सूचीसहित)

    जोर बिजोर कस-कसलाई लागू हुदैन ? (सूचीसहित)

    काठमाडौं । काठमाडौं उपत्यकाभित्र शुक्रबार मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा शुक्रबार मध्यराति जिल्लाभित्र चल्ने सवारीसाधनमा जोर विजोर प्रणाली लागू गरिएको छ ।

    सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रे सहित) जिल्लाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्न पाइनेछ ।

    सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएपनि उपचार लगायत अत्यावश्यक सेवा प्रवाहका लागि भने समस्यामा नपार्ने तीनवटै जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

    औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ, पानी बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र)लाई भने जोर बिजोर प्रणाली लागू हुने छैन ।

    यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सक,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रको आधारमा बैक, बीमा, बित्तीय संस्था र वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा जाेर विजाेर प्रणाली लागू नहुने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएकाे छ ।

    यसैगरी सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास र परिचयपत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन, र कुटनैतिक नियोगका सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू नहुने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

     

  • हेटौंडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

    हेटौंडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

    हेटौंडा । हेटौंडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ ।

    हेटौंडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आइतबारबाट हेटौँडामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए।

    जिल्लाको हेटौंडामा कोरोना संक्रमण तीव्ररुपमा बढेसँगै संक्रमण बढ्न नदिन उक्त निर्णय लिइएको हो । उनका अनुसार आइतबारदेखि मकवानपुरभरको पर्यटकीय क्षेत्र पार्क तथा वनभोजस्थलसमेत बन्द गर्ने निर्णय गरिएको छ ।

    यस्तै सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने भएको छ । कोभिड-१९ सम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

  • भोलिदेखि सवारी साधनमा जोर बिजोर लागू नहुने

    भोलिदेखि सवारी साधनमा जोर बिजोर लागू नहुने

    काठमाडौं । उपत्यकामा तीन महिनादेखि लागू भएको सवारी साधनमाथिको जोर बिजोर प्रणाली भोलिदेखि हट्ने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्तिमार्फत जोर बिजोर हटाएकाे सूचना प्रकासित गरेको छ। ।

    जोर बिजोर लागू हुँदा सार्वजनिक यातायातमा बढी भीड बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले भोलि विहानदेखि जोरविजोर प्रणाली हटाउन लागिएको हो । उपत्यकामा निषेधाज्ञा हटाइएपनि सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थिएन ।

    सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले विभिन्न व्यवसायिक प्रतिष्ठान, उद्योग कारखानाहरुले जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्दा सार्वजनिक साधनको संख्या कम भई यात्रीहरुको चाप झनै बढेकाले यात्रुको सुविधाको लागि बढी सार्वजनिक यातायात सञ्चालन गर्दा कोभिडको जोखिम समेत कम हुने भएकाले भोलिदेखि उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटाइएको जानकारी दिए ।

    साथै मापदण्ड पालना नगरी सवारी साधन सञ्चालन गरेमा अनुगमन गरी संक्रामक रोग ऐन, २०२० बमोमि कारबाही गरिने बताइएको छ ।
    यसअघि यातायात व्यावसायीहरुले भोलिदेखि जोरबिजोर प्रणालीलाई नमान्ने बताएका थिए ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल मजदुर संघ, नेपाल यातायात स्वतन्त्र व्यावसायी संगठनको संयुक्त बैठकले शक्रबारबाट जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका थिए ।