Tag: जुवा

  • जुवाखालबाट वडाध्यक्ष र निमित्त प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

    जुवाखालबाट वडाध्यक्ष र निमित्त प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

    सुर्खेत । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

    जाजरकोट सदरमुकामनजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    जुवा खालबाट भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका नेपाली कांग्रेस भेरी नगरपालिका सभापति सशी बुढा पनि पक्राउ परेको एक प्रहरी अधिकृतले बताए ।

    ती प्रहरी अधिकृतअनुसार उनीहरूको साथबाट दुई लाख नगद पनि बरामद भएको छ । जुवा खेलमा मोबाइल बैकिङको प्रयोग गरेका कारणले थप रकम बरामद नभएको प्रहरीले बतायो । जुवाखालबाट नियन्त्रणमा लिइएका अन्यको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

    – न्यूज कारखानाबाट

  • करिब २ लाख रकमसहित बर्दियामा ९ जुवाडे पक्राउ

    करिब २ लाख रकमसहित बर्दियामा ९ जुवाडे पक्राउ

    बर्दिया । बर्दियामा करिब २ लाख रकमसहित ९ जना जुवाडे पक्राउ परेका छन् ।

    गुलरिया नगरपालिका- ७ गुलरियागाउँस्थित रमेश यादवको घरको कोठामा जुवातास खेलिरहेको सूचनाको आधारमा घरधनीसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    उनीहरूको साथबाट एक लाख अन्ठानब्बे हजार पाँच सय नगद र तास बरामद गरिएको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

    प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा रमेश यादव, रतिराम चौधरी, श्यामु यादव, गुमानबहादुर मल्ल, तेजकुमार चौधरी, सुरेश वली, टेकेन्द्र साउद, नारायण क्षेत्री र पदमबहादुर सुनार छन् । जुवासम्बन्धी कसुरमा म्याद थप गरी उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

  • काँडाघारीमा जुवाको खालबाट साढे १९ लाख नगदसहित १३ पक्राउ

    काँडाघारीमा जुवाको खालबाट साढे १९ लाख नगदसहित १३ पक्राउ

    काठमाडौं । प्रहरीले  १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा आज बिहान १३ जनालाई पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १३ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए।

    पक्राउ व्यक्तिसँग प्रहरीले नगद, सात बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।