Tag: जीवन रक्षा

  • अनसनरत तारा बरालको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

    अनसनरत तारा बरालको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

    काठमाडौं । विभिन्न माग राख्दै आमरण अनसनरत तारा बरालको जीवन रक्ष गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ । आयोगको टोलीले स्थलगत अनुगमन गर्दै अनसनरत बरालको वीर अस्पतालमा उपचार भइरहेकोमा निजको स्वास्थ्य स्थिती थप जटिल अवस्थामा पुगेको आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।

    आयोगले अनसनरत बरालको जीवन रक्षाको लागि सम्बन्धित सबै पक्षसँग अपिल गर्नुका साथै जीवन जोखिममा राखेर अनसन नबसी आफ्ना मागलाई छलफलका माध्यमबाट सम्बोधन गर्ने वातावरण श्रृजना गर्न बराललाई पनि आग्रह गरेको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव लोकनाथ बास्तोलाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    गत कात्तीक ३० गतेदेखी सर्वोच्च अदालतलाई पूर्ण रुपमा तत्काल सुचारु गर्नुपर्ने, नेपाल बार एशोसिएशन कार्यालय अगाडी प्रदर्शन गर्दा महिला माथि र्दुव्यवहार गरी अपशब्द बोल्ने वकिललाई कारवाही गर्नुपर्ने, एमसीसी परियोजना खारेज गर्नुपर्ने र नागरिकता विधेयक पूर्ण रुपमा खारेज गर्नुपर्ने माग राख्दै बराल आमरण अनसनमा बसिरहेकी छन् ।

  • गंगामायाको जीवन रक्षाको माग गर्दै बालुवाटारअघि र्‍याली (भिडियो)

    गंगामायाको जीवन रक्षाको माग गर्दै बालुवाटारअघि र्‍याली (भिडियो)

    काठमाडौं । अनशनरत गंगामाया अधिकारीको जीवन रक्षा र न्यायका लागि सरकारलाई दबाब दिन बालुवाटारमा  प्रदर्शन गरिएको छ । प्रदर्शनको नेतृत्व नेपाल मानवअधिकार संगठनले गरेको छ ।

    मंगलबार बिहान १० बजे नक्सालको नारायणचौरबाट शुरू भएको र्‍याली प्रधानमन्त्री निवास बालुवाटार गेको थियो ।

    नारायण चौरबाट शुरू भएको र्‍याली प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेको छ।

    द्वन्द्वको समयमा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै गंगामाया लामो समयदेखि वीर अस्पतालमै अनशन बसिरहेकी छन् ।