Tag: जिल्ला अदालत

  • बलात्कृत राउटे युवतीको पहिचान खुलाएको आरोपमा जेल सजाय पाएका पत्रकार माफी मागेर उम्किए

    बलात्कृत राउटे युवतीको पहिचान खुलाएको आरोपमा जेल सजाय पाएका पत्रकार माफी मागेर उम्किए

    काठमाडौं । सुर्खेत जिल्ला अदालतले गत जेठमा बलात्कृत बनेकी युवतीको पहिचान खुलाएको समाचार प्रकाशित गरेको आरोमा एक पत्रकारलाई सजाय सुनाएको छ । राप्ती पहिचान डटकमका सञ्चालकसमेत रहेका पत्रकार एग्गेबहादुर बुढामगरलाई पाँच महिना कैद र पाँच हजार जरिवाना तोकिएको हो ।

    न्यायाधीश राजेन्द्रकुमार अर्यालको एकल इजलासले उनलाई २४ घन्टाभित्र क्षमायाचना गरेको खण्डमा जेल बस्नु नपर्ने विकल्प पनि दिएको थियो । त्यसअनुसार बुढामगरले आफ्नै अनलाइनमा क्षमायाचना गरेका छन् । आफ्नो फेसबुक पेज र राप्ती पहिचान डट कममा उनले क्षमायाचना गरेका हुन् । त्यसको स्क्रिनसट उनले अदालतमा बुझाएका छन् । २४ घन्टाभित्र क्षमायाचना गरेर त्यो सामग्री ६ महिनासम्म हटाउन नहुने अदालतको सर्त थियो ।

    क्षमायाचनापछि बुढामगरले कैदसजाय माफी पाएको अदालत स्रोतले जनाएको छ । जरीवाना भने उनले बुझाइसकेका छन् । अदालतमा पनि उनले माफी मागेका छन् ।

    बुढामगरले युवतीको नामथर र तस्बिरसहित समाचार प्रकाशित गरेका थिए । पिडितको तर्फबाट बहस गरेका वकिलहरुविरुद्ध फेसबुकमा समेत उनले स्टाटस लेखेका थिए ।

    पीडकका तर्फबाट वकालत गर्ने वकिलहरू मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले बलात्मकार पीडित युवतीको पहिचान खुल्नेगरी अनलाइनमा समाचार प्रकाशन गरेको तथा आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।

    बुढामगरले फेसबुकमा लेखेका थिए, ‘अदालतभित्र राउटे युवतीलाई बलात्कार गर्ने राक्षसबाट मोटो रकम लिएर ती राक्षसको पक्षमा बहस पैरवी गर्न पुगेका तीनजना कालो कोट लगाउने प्रमाणपत्रधारीबाट तीन घण्टा टर्चर भयो । निजहरूको जिरहलाई निरह पार्नेगरी सवालको जवाफ दिएको छु ।’

    अदालतको फैसलामा संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशन/प्रशारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको उल्लेख छ ।

    गत जेठ २१ गते राउटे समुदायका दुई युवती सामान किन्न गएका बेला केही युवाले होटलमा उनीहरुलाई मापसे गराएर यौनसम्वन्ध राखेका थिए । त्यसको भिडियोसमेत सामाजिक सञ्जालमा लिक भएको थियो । युवतीमाथि यस्तो हर्कत गर्ने गुर्भाकोटका चमन घर्ती, भुपेन्द्र बुढा र विनाद पुन अदालतको फैसलाबाट जेल चलान गरिएका छन् ।

  • प्रधानन्यायाधीशको राजीनामा माग्दै कैलाली जिल्ला अदालत अघि धर्ना

    प्रधानन्यायाधीशको राजीनामा माग्दै कैलाली जिल्ला अदालत अघि धर्ना

    कैलाली । बार एसोसिएसनले कैलालीले कैलाली जिल्ला अदालत अघि धर्ना दिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको राजीनामा मात्र गर्दै अदालत अगाडि धर्ना दिएको बारका अध्यक्ष शिद्धराज ओझाले बताए ।

    बारका पदाधिकारी तथा अधिवक्ताले हातमा कालो पट्टी बाँधेर अदालत अगाडि एक घण्टा धर्ना दिएका हुन् । ‘केन्द्रीय तालिकाअनुसार प्रधान न्यायाधीशको राजीनामा माग गर्दै एक घण्टा धर्ना दिएका हौँ’ अध्यक्ष ओझाले भने, ‘भोलि र पर्सि पनि हामी त्यही विरोधलाई निरन्तरता दिन्छौँ ।’

    बुधबारबाट केन्द्रीय निर्णय अनुसार आन्दोलनको स्वरूप फेरिन सक्ने उनले बताए ।

  • २५ हजार धरौटी बुझाएर छुटे विप्लवका दाजु वीरजंग

    २५ हजार धरौटी बुझाएर छुटे विप्लवका दाजु वीरजंग

    रुपन्देही । लामो समयदेखि कारागारमा रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता तथा विप्लवका सहोदर दाजु चन्द्रबहादुर चन्द (वीरजंग) पश्चिम नवलपरासी जिल्ला अदालतबाट आज धरौटीमा छुटेका छन् ।

    उनी २५ हजार धरौटी बुझाएर रिहा भएका हु्न् । विगतमा पटक–पटक अदालतबाट छुटे पनि प्रहरीले पक्राउ गर्दै आएको थियो । तर, आज भने प्रहरीले कुनै धरपकड गरेन ।

    चन्द पहिलोपटक २०७६ असोज ३० मा विप्लवका २१ जना नेता तथा कार्यकर्तासहित दाङबाट पक्राउ परेका थिए । त्यसबेला उनी विप्लव समूहको मध्यपश्चिम कमाण्डका इन्चार्ज थिए । नवलपरासीको बर्दघाटस्थित धनेवामा रहेको एनसेल टावरमा बम विष्फोट गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

    कपिलवस्तु शिवराज नगरपालिका–९ शिवपुरगढी घर भएका चन्द्रबहादुर विप्लवका जेठा दाजु हुन् । आफूलाई अहिलेसम्म विभिन्न ८ जिल्लामा अड्डा सार गर्दै कारागार पठाइएको चन्द्रबहादुरले बताए । २०७७ असोज २१ गते उनलाई रुपन्देहीबाट नवलपरासी ल्याइएको थियो ।

    त्यतिबेला अदालतले उनलाई २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । धरौटी नबुझाएपछि उनी कारागार चलान भएका थिए । पछि स्वास्थ्यमा समस्या आएपछि चन्द्रबहादुरलाई असोज २८ गते चितवन अस्पताल पठाइयो । उनी त्यहीँको कारागारमा थिए ।

    चितवनबाट शुक्रबार नवलपरासी ल्याइएका उनले २५ हजार धरौटी बुझाएपछि अदालतले छाडेको हो । रिहा भएपछि पत्रकारहरुसँग प्रतिकृया दिँदै चन्द्रबहादुरले पार्टीसँग भएको ३ बुँदे सहमति सरकारले कार्यान्वन नगरेको गुनासो गरे ।

    सहमति कार्यान्वयन नभए देश फेरि अनपेक्षित ढंगले अघि बढ्नसक्ने उनको भनाइ थियो । वीरजंगले भने, ‘सहमति राजनीति निकासका लागि आवश्यक थियो तर अहिलेसम्म पनि मुद्दा फिर्ता र कार्यकर्ताहरुलाई नछाडेकाले अपेक्षाकृत काम भएको छैन ।’