Tag: जिम्बावे ‘ए’

  • जिम्बावे ‘ए’ को ब्याटिङ चलेनः नेपाललाई ८८ रनको लक्ष्य

    जिम्बावे ‘ए’ को ब्याटिङ चलेनः नेपाललाई ८८ रनको लक्ष्य

    काठमाडौं । करण केसी र सोमपाल कामीको कसिलो बलिङमा टिक्न नसकेको जिम्बावे ‘ए’ ले नेपाललाई ८८ रनको समान्य लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा जारी एकदिवसीय श्रृङखलाको दोस्रो खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले सुरुवात देखिनै बलिङमा राम्रो प्रदर्शन गरेको थियो ।

    जिम्बावे ३१.५ ओभरमा ८७ रन बनाएर अलआउट भयो ।पहिलो बलमै ओपनर इन्नोसेन्ट कियालाई गुमाएको जिम्बावेका लागि जोनाथान काम्पवेलले सर्वाधिक २७ रन, ब्राड इभान्स २० र चेफास जुवावो १० बाहेक कुनै पनि ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

    नेपालको वलिङमा करण केसी र सोमपाल कामीले सर्वाधिक तीन तीन विकेट लिए । भने, सागर ढकाल १ र कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।

  • जिम्बावे ‘ए’ लाई नेपालको १ सय ३७ रनको सामान्य लक्ष्य

    जिम्बावे ‘ए’ लाई नेपालको १ सय ३७ रनको सामान्य लक्ष्य

    काठमाडौं । जिम्बावे ‘ए’ लाई नेपालले पहिलो एकलिदवसिय खेलमा १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारे पहिला ब्याटिङको निम्तो पाएको नेपालले सुरुवात देखि नै खराब प्रदर्शन गरि रहेको थियो । नेपाल ३१.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३६ रनको योगफल तयार गर्न सफल भयो ।

    ओपनर कुशल भुर्तेल १९ रन बनाएर आउट हुँदा अर्का ओपनर आसिफ शेख ५ रनमै आउट भए । तेस्रो नम्बरमा क्रिजमा आएका आरिफ शेख पनि ५ रनमै आउट भए । नेपालको सुरुवाती क्रम धरापमा पर्दा मध्य क्रमका ब्याटर दिपेन्द्र सिंह एरीले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । उनी १८ रनमा पभेलियन फर्किए ।

    तल्लो क्रमका ब्याटर सोम्पाल कामीले नेपाललाई स्कोर बोर्डमा सय रन पुराउन सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान गरे । करण केसीले २५ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

    जिम्बावे एको वलिङमा ब्राड इभान्सले सर्वाधिक ४ विकेट लिए । उनले ८.३ ओभर वलिङ गर्दै २७ रन खर्चिए । भिक्टर न्याउची, ब्रान्डन माभुटा र चेपास जुवावोले समान २ विकेट लिए ।

  • जिम्बावे ‘ए’ विरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपालः बसिरको सिनियर टिममा डेब्यु

    जिम्बावे ‘ए’ विरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपालः बसिरको सिनियर टिममा डेब्यु

    काठमाडौं। जिम्बावे‘ए’विरुद्धको पहिलो टी–२० खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
    त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलमा जिम्बावेका कप्तान टोनी मुन्योङेले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्याय गरेका हुन् ।

    नेपालबाट बसिर अहमदले सिनियर टिममा डेब्यु गरेका छन् । यसअघि पहिला शनिबारदेखि एकदिवसिय खेल हुने तालिका थियो ।

    तर, वर्षाका कारण पहिलो खेल स्थगित भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार खेलतालिका फेरबदल गर्दै पहिला टी–२० खेल हुने जानकारी दिएको थियो । जिम्बावे ‘ए’ सँग तीन टी–२० खेलपछि नेपालले तीन एकदिवसिय सिरिज पनि खेल्नेछ ।

    नेपालको प्लेइङ ११

    सन्दीप लामिछाने, आसिफ शेख, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, मोहमद आदिल आलम, करण केसी, सोम्पाल कामी, कुशल भुर्तेल, अविनास बोहरा, बसिर अहमद