Tag: जसपा र एमाले

  • बाबुरामकाे गृहनगर पालुङटारमा पाँच दलीय गठबन्धन तोड्दै जसपा र एमालेबीच तालमेल

    बाबुरामकाे गृहनगर पालुङटारमा पाँच दलीय गठबन्धन तोड्दै जसपा र एमालेबीच तालमेल

    गोरखा ।सत्ता पक्षीय पाँच दलीय गठबन्धन तोड्दै जनता समाजवादी पार्टीले गोरखा पालुङटार नगरपालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ ।

    यहाँ नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ भने उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको छ ।

    नेकपा एमाले र जनता समाजवादीले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै एक आपसमा सहयोग गर्ने उल्लेख गरेका छन् ।

    विज्ञप्ति अनुसार वडा नम्बर ६, ७ र १० मा नेकपा एमालेलाई सहयोग गर्ने र वडा नम्बर ४ र ५ मा जनता समाजवदीलाई सघाउने छन् । साथै, जिल्लाको अन्य पालिका र वडामा पनि एकआपसमा सहमति गरी निर्वाचनमा जाने निर्णय भएको छ ।