Tag: जसपा नेपाल लोकतान्त्रिक

  • महन्थ ठाकुरको २४ सदस्यीय कार्यकारिणी समितिमा रेशम चौधरीसहित १३ सांसद (सूचीसहित)

    महन्थ ठाकुरको २४ सदस्यीय कार्यकारिणी समितिमा रेशम चौधरीसहित १३ सांसद (सूचीसहित)

    काठमाडौं । जसपाबाट विभाजित भएर जसपा नेपाल (लोकतान्त्रिक) दर्ताको प्रक्रियामा गएको महन्थ ठाकुर पक्षले ठाकुरको अध्यक्षमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन गरेको छ ।

    ठाकुर अध्यक्ष रहेको समितिमा राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् भने अरु सबै कार्यकारिणी सदस्य छन् । साविक जसपाका १६ जनासहित अरु नयाँ थपेर कार्यकारिणी समितिलाई आयोगमा पेस गरिएको छ । सदस्य सूचीमा रेशमलाल चौधरी पनि छन् । निर्वाचन आयोगको हेड काउन्टमा उनी तटस्ठ बसेका थिए ।

    ठाकुरको पक्षमा जसपाका प्रतिनिधिसभाका ३२ मध्ये १२ सांसद उभिएका छन् भने राष्ट्रियसभासहित संघीय संसदमा अब उनका १३ सांसद भएका छन् ।

  • अध्यादेशको उपयोग गरेर पार्टी फुटायौँ : राजेन्द्र महतो

    अध्यादेशको उपयोग गरेर पार्टी फुटायौँ : राजेन्द्र महतो

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ताका लागि आयोगमा निवेदन दिइएको छ । जसमा अध्यक्षमा ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको छ ।

    नयाँ दल दर्ताका लागि निवेदन बुझाएर फकिएपछि प्रस्तावित जसपा नेपाल लोकतान्त्रिकका वरिष्ठ नेता राजेन्द्र महतोले अध्यादेशको उपयोग गरेर पार्टी फुटाएको बताए ।

    ‘पार्टी फुट्यो र त नयाँ दल दर्ताको लागि निवेदन दिएका छौ । अध्यादेश आज आयो त्यसलाई उपयोग गर्यौ र दल दर्ता गर्‍यौँ’, महतोले भने ।
    उनले आफ्नो पार्टी तत्काल सत्तामा नजाने समेत स्पष्ट पारे ।