Tag: जसपा एकता

  • जसपा एकीकरण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट, राजपा र समाजवादी पार्टी कायम गर्न माग

    जसपा एकीकरण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट, राजपा र समाजवादी पार्टी कायम गर्न माग

    काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण प्रारम्भदेखिनै त्रुटीपूर्ण, कपटपर्ण र संविधान तथा कानूनविपरीत रहेको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    राजपाका तत्कालीन उपाध्यक्ष राजपकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रलेले दायर गरेको रिटमा जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न गराउन परमादेश माग गरिएको छ ।

    मुद्दाको अन्तिम टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप,सदस्य हेरफेर तथा अन्य सबै कामकारवाही यथास्थितिमा राख्न तथा राजनीतिक गतिविधिको सिलसिलामा हुने कुनै पनि निर्णयलाई रोक्नका लागि मुद्दालाई अग्राधिकार दिन माग गरिएको छ ।

    राजपा र समाजवादी पार्टी एकीकरणका बेला कुनै पनि संवैधानिक र कानूनी प्रक्रिया पूरा नभएको र कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य भनिएकोमा त्यो समेत नभएको लगायतका विभिन्न जिकिर रिटमा गरिएको छ ।

    रिटमा निर्वाचन आयोग र जसपालाई विपक्षी बनाइएको छ ।

  • पूर्वराजपाको समायोजन विवादले जसपा एकीकरणको बाँकी काम प्रभावित

    पूर्वराजपाको समायोजन विवादले जसपा एकीकरणको बाँकी काम प्रभावित

    काठमाडौं । पार्टी एकताको वर्षदिन बित्न लागिसक्दा पनि जनता समाजवादी पार्टी (जसपा) नेपालको समायोजन सकिएको छैन ।

    तत्कालीन राष्ट्रिय जनता पार्टीकै समायोजन नसकिएका कारण दुई पार्टीको समायोजनको प्रक्रिया अवरुद्ध भएको हो ।

    विभिन्न ६ पार्टी मिलेर बनेको तत्कालीन राजपाको समायोजन नसकिंदै समाजवादी पार्टीसँग एकता भएर जसपा बनेको थियो । अहिले राजपाभित्रकै समायोजन नसकी समाजवादीसँग समायोजन गर्न नहुने मत पूर्वराजपामा बढेको छ । यहीकारण पूर्व राजपाका नेताहरूले अधिवेशन सम्पन्न भएका ८ जिल्लाबाहेकमा आन्तरिक समायोजनको काम जारी राखेका छन् ।

    झापा, चितवन, नलवपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दियामा पूर्वराजपाको अधिवेशनबाट निर्वाचित जिल्ला समिति रहेका छन् । अन्य जिल्लामा पूर्वराजपाको संरचना नै पूर्ण भइनसकेका कारण समाजवादीसँगको समायोजनको काम रोकिएको हो ।

    जसपा नेता केशव झाका अनुसार पूर्वराजपाको समायोजन सकिनासाथ जसपा एकीकरणको बाँकी कामले तीब्रता पाउनेछ । कतिपय राजपा नेताहरुले भने समाजवादी पार्टीले एकतर्फी रूपमा समायोजनको काम अगाडि बढाएकोले त्यसलाई अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।